"इक्वेडर राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''इक्वेडर राष्ट्रिय फुटबल टिम''' अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इक्वेडरलाई प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इक्वेडर फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
{{Infobox national football team
| Name = इक्वेडर
Line ४१ ⟶ ४०:
| 2ndRegional cup best = समूह चरण, [[2002 CONCACAF Gold Cup|२००२]]
}}
 
'''इक्वेडर राष्ट्रिय फुटबल टोली''' ({{भाषा-स्पेनी|Selección nacional de fútbol de Ecuador}}) (उच्चारण:सेलेक्स्योन नास्योनाल दे फुटबोल दे एक्वादोर) ले सन् १९३८ देखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा [[इक्वेडर]]को प्रतिनिधित्व गर्दछ। यो इक्वेडर फुटबल सङ्घ ('''Federación Ecuatoriana de Fútbol'''
(उच्चारण: फेदेरास्योन एक्वातोरियाना दे फुतबोल) को नियन्त्रणमा रहेको छ। यो सन् १९२६ मा, फिफा र पछि [[दक्षिण अमेरिकी फुटबल सङ्घ]]मा आबद्ध भएको थियो। हालसम्म, यस राष्ट्रिय टोलीका अन्तर्राष्ट्रिय खेलहरूमा सर्वाधिक धेरै उपस्थिति जनाएका खेलाडी इबान उर्तादो हुन् जसले हालसम्म १६८ पटक राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन्।
 
उरुग्वेमा सम्पन्न [[१९३० फिफा विश्वकप|प्रथम फिफा विश्वकप]]को उद्घाटनमा भाग लिन आमन्त्रित गर्दा अस्वीकार गरेको इक्वेडरले सन् २००२ सम्म प्रतियोगितामा प्रवेश पाउन सकेको थिएन। ब्राजिल र उरुग्वेलाई पछि पार्दा, विश्वकप छनोट अभियानमा आगुस्तिन देलादो , आलेक्स आगिनागा, इबान उर्तादो , उलिसेस दे ला क्रुस र इबान काबिएदेस जस्ता खेलाडीहरू अगाडि आएका थिए जसले अर्को दशकमा इक्वेडर गरेको उपलब्धिहरूका लागि भागिदार थिए। सन् २००६ को यादगार विश्वकप अभियानमा दोस्रो चरणमा पुगेको टोलीलाई सन् २००७ को कोपा अमेरिकामा राम्रो प्रदर्शनको अपेक्षा गरिएको थियो तथापि, टोली समूह चरणबाटै बाहिरिएको थियो। भेनेजुएलाको साथ, टोलीले हालसम्म कुनैपनि महाद्वीपीय प्रतियोगिता जित्न सकेको छैन।उनीहरूको सबैभन्दा राम्रो प्रदर्शन सन् १९५९ र सन् १९९३ को दक्षिण अमेरिकी फुटबल प्रतियोगिताको चौथो स्थान सम्म पुग्नु थियो जहाँ उनीहरूले दुबै प्रतियोगिताहरू आफ्नै देशमा आयोजना गरेका थिए। इक्वेडरको राष्ट्रिय फुटबल टोलीले, उनीहरूको अधिकांश खेल, राजधानी क्वेतो स्थिति एस्तादियो ओलिम्पिको आतावाल्पामा खेल्दछ जसको स्थापना सन् १९५१ मा भएको थियो। यसको प्रारम्भिक दर्शक क्षमता ४५,००० रहेता पनि यसलाई पछि, ३५,७२४ मा, घटाइएको थियो।
 
सन् १९८८ मा, दुसान द्रास्कोभिच राष्ट्रिय टोलीमा आबद्ध भएसँगै टोली सुधार तर्फ उन्मुख भएको थियो जहाँ यसले सन् १९९३ को कोपा अमेरिकामा चौथो स्थान हासिल गर्न सफल भएको थियो। यो दक्षिण अमेरिकी छनोट खेलमा, दोस्रो स्थान प्राप्त गरेसँगै टोली, सन् २००२ मा पहिलोपटक [[२००२ फिफा विश्वकप|फिफा विश्वकप]]मा सहभागी भएको थियो।
 
विश्वकपामा, प्रदर्शन गरेको टोलीले समूह चरणको दोस्रो खेल गुमाउन पुगेको थियो जहाँ यसले पहिलो खेल इटाली र दोस्रो खेल मेक्सिकोको विरुद्धमा खेलेको थियो। टोलीले एदिसोन मेन्देसको गोलमा, क्रोएसिया विरुद्ध जित दर्ता गरेको थियो। सन् २००६ को विश्वकपको लागि छनोट चरणमा, यसले पोल्यान्ड र कोस्ता रिकालाई पराजित गरेको थियो। विश्वकपमा छनोट भएको टोली दोस्रो चरण सम्म पुगेको थियो जहाँ यसले अत्यन्तै विवादास्पद खेलमा, इङ्ल्यान्ड विरुद्ध खेल गुमाउन पुगेको थियो
 
== इतिहास ==
 
ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने इक्वेडर दक्षिण अमेरिकामा धेरै सङ्घर्ष गरिरहेका फुटबल राष्ट्रहरू मध्ये एक हो। विगतका अनियमितताहरूको बाबजुद, इक्वेडर हालका वर्षहरूमा गम्भीर दक्षिण अमेरिकी प्रतिस्पर्धी हुन पुगेको छ।
 
इक्वेडरमा फुटबल हुआन आल्फ्रेदोले सुरुवात गरेका थिए जसले इङ्ल्यान्डबाट शिक्षा हासिल गरेर फर्किएका थिए। २३ अप्रिल १८९९ मा, उनी र उनका भाइ रोबेर्तोले इक्वेडरमा पहिलो फुटबल क्लब, ग्वाकिल खेलकुद क्लबको स्थापना गरेका थिए। देशमा फुटबलको लोकप्रिय बढेसँगै, देशमा विभिन्न खेलकुद क्लबहरू स्थापना भएका थिए। स्थ
३० मे १९२५ मा, फेदेरेस्योन दिपोर्तिभन नास्योनाल देल एक्वादोरको स्थापना भएको थियो। सन् १९३० मा, विश्व फुटबलको सर्वोच्च निकाय [[फिफा]]ले यस राष्ट्रिय टोलीलाई प्रथम विश्वकप खेल्नका लागि आमन्त्रित गरेको थियो
यद्यपि सामाजिक सुरक्षा तथा खेलकुद मन्त्रीहरूले आर्थिक आबश्यकतालाई स्वीकृति नदिएको कारण प्रस्ताव अस्वीकार गरिएको थियो।
 
सन् १९३८ मा, बोलिबार खेलको आयोजना गरिएको थियो जहाँ यसले उक्त फुटबल प्रतियोगितामा यसले सहभागिता दर्ता गरेको थियो जहाँ यसले पहिलो खेल १–१ को बराबरीमा बोलिभिया विरुद्ध खेलेको थियो।
यसले अर्को खेलमा, २–१ गोल अन्तरले कोलोम्बियाको विरुद्ध खेल जितेको थियो।
९-१ को भारि गोल अन्तरको साथ पेरूसँग पराजित भएको टोलीले, भेनेजुएलालाई ५-२ गोल अन्तरले पराजित गरेको थियो जहाँ यसले बोलिभियासँग काँस्य पदकको लागि बराबरी गरेको थियो। खेलको उपधि, बोलिभियाले जितेको थियो जहाँ इक्वेडर उप विजेता बनेको थियो।
 
सन् १९५९ दक्षिण अमेरिकी च्याम्पियनसिपमा, चौथो स्थानमा आएसँगै, टोली इतिहासमै पहिलो पटक फिफा विश्वकपको छनोट खेलका लागि योग्य भएको थियो जहाँ टोली अर्जेन्टिनासँग पराजित हुँदै [[१९६२ फिफा विश्वकप]]मा सामेल हुने अवसर गुमाउन पुगेको थियो। सन् १९९८ को फिफा विश्वकपको छनोट खेलले, [[दक्षिण अमेरिकी फुटबल सङ्घ]]को ढाँचा घरेलु मैदान र बाहिरी मैदान (घरेलु मैदान बाहिर) अन्तर्गत प्रतियोगितालाई स्थापित गरेको थियो। यस ढाँचा अन्तर्गत सञ्चालन गरिएको खेलले टोलीमा धेरै परिवर्तन ल्याएको थियो जहाँ टोलीले आफ्नो घरेलु मैदान उत्कृष्ट प्रदर्शन गर्दै धेरै जितहरू दर्ता गरेको थियो। अन्ततोगत्वा, टोलीले छनोट खेलमा अर्को दक्षिण अमेरिकी देश पेरू र चिले पछि, छैटौँ स्थान बनाउन सफल भएको थियो।
प्रमुख प्रशिक्षकको रूपमा एर्नान दारिओ ग‍ोमेसको नियुक्तिसँगै सन् २००२ को फिफा विश्वकपको छनोट खेलहरूमा, इक्वेडरको राष्ट्रिय फुटबल टोलीले प्रमुख प्रतिद्वन्दी ब्राजिलको विरुद्ध १–० को ऐतिहासिक तथा महत्त्वपूर्ण जित दर्ता गरेको थियो। बोलिभियालाई ५–१ गोल अन्तरले पराजित गरेसँगै टोली, सन् [[२००२ फिफा विश्वकप]]को लागि थप हौसला मिलेको थियो।
टोलीले, उरुग्वेसँग प्रतिस्पर्धा गरेको थियो जहाँ उक्त खेल १–१ को बराबरीमा टुङ्गिएको थियो। खेल बराबरी गरेको टोली विश्वकपका लागि आधिकारिक रूपमा योग्य भएको थियो।
 
इक्वेडरले फिफा विश्वकप अन्तर्गतको पहिलो खेल इटालीको विरुद्धमा खेलेको थियो जहाँ टोली इटालीसँग २–० ले स्तब्ध भएको थियो।
आगुस्तिन देलेगादोले टोलीका लागि महत्त्वपूर्ण एक गोल, मेक्सिकोको विरुद्धमा गरेका थिए, यद्यपि, टोली मेक्सिकोसँग २–१ गोल अन्तरले पराजित भएको थियो। प्रतियोगिता दौरान, समूह छ मा, रहेको टोली प्रतियोगिताको अन्त्यमा, २४औँ स्थानमा रहेको थियो जहाँ यस अघि टोलीले आफ्नो पहिलो जित पछिल्लो प्रतियोगितामा, तेस्रो स्थानमा रहेको टोली क्रोएसियाको विरुद्ध दर्ता गरेको थियो।
 
सन् २००४ को कोपा अमेरिकामा, टोलीले राम्रो प्रदर्शन गर्न असफल भएसँगै, गोमेसले राजिनामा दिएका थिए जहाँ उनको पदमा पछि, लुइस फेर्नान्दो स्वारेस नियुक्त भएका थिए। उनले टोलीको नेतृत्व सम्हाल्दै टोलीलाई सन् [[२००६ फिफा विश्वकप]]को छनोट खेलमा, सफलतापूर्वक प्रवेश गराएका थिए। टोली अन्ततोगत्वा, यस संस्करणको फिफा विश्वकपमा पनि सहभागी भएको थियो।
जर्मनीमा भएको विश्वकपमा, टोली आयोजक राष्ट्र जर्मनीको समूह, समूह "क" अन्तर्गत परेको थियो। टोलीले पोल्यान्ड र कोस्ता रिकालाई पराजित गरेसँगै, टोली पहिलोपटक दोस्रो चरणमा पदोन्नति भएको थियो।
 
सन् [[२०१४ फिफा विश्वकप]]मा छनोट नहुनु र [[कोपा अमेरिका]]को समूह चरणबाट अघि बढ्न नसक्नु वा एक असफलताको शृङ्खला पश्चात्, गुस्ताभो क्विन्तेरोसलाई राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो जसले यसको पुनर्निर्माणमा सहयोग पुर्‍याएका थिए। क्विन्तिरोसले इक्वेडरलाई कोपा अमेरिका सेन्तेनारियोको सेमिफाइनल सम्मको यात्रा तय गर्न मद्दत गरेका थिए।
 
८ अक्टोबर २०१५ मा, २०१८ इक्वेडरले फिफा विश्वकपको लागि छनोट खेलमा, अर्जेन्टिनाको राजधानी [[बुयेनोस आइरेस|बुएनोस आइरेस]]मा, अर्जेन्टिनालाई ०-२ को शानदार जित दर्ता गरेको थियो जहाँ यसका लागि दुई महत्त्वपूर्ण गोलहरू फ्रिक्सोन एरासो र फेलिपे काइसेदोले गरेका थिए। सन् २०१८ को फिफा विश्वकपको छनोट खेलमा यसलाई, एक सवल टोलीको रूपमा हेरिएको थियो जहाँ टोली उरुग्वेसँग पराजित हुँदै दौडमा, आठौँ स्थानमा रहँदै छनोट हुन असफल भएको थियो। क्विन्तेरोस पश्चात्, सन् २०१९ कोपा अमेरिकाको लागि गो‍मेसलाई प्रमुख प्रशिक्षकको पदमा पुन: नियुक्त गरिएको तथापि, टोलीको प्रदर्शन झन् खस्किँदै प्रतियोगितामा मात्र एक अङ्क ल्याएको थियो। प्रतियोगितामा असफल भएपछि, उनलाई पद मुक्त गरिएको थियो।
 
==सन्दर्भ सामाग्री==
==बाह्य कडिहरु==