"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

सा (+)
विकिपिडियन साथीहरू, विकिपिडियामा नेपाल सम्बन्धी लेखहरूको सङ्ख्या तथा स्तर बृद्धि तथा कमन्समा चित्रहरू अपलोड गर्ने उद्देश्यले निकट भविष्यमा [[meta:Wiki Loves Nepal|Wiki Loves Nepal]]को आयोजना गर्ने तथा यसको लागि हाल म ([[प्रयोगकर्ता: Nirmal Dulal|Nirmal Dulal]]) र [[प्रयोगकर्ता: Biplab Anand|Biplab Anand]] मिलेर नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको सूची निर्माण गर्ने कार्यको थालनी गरेका छौं। साथै यस सूचीमा हुने शीर्षकहरूको लेख लागि आवश्यक सन्दर्भ सामग्रीहरू समेत सूचीकृत गर्ने उद्देश्यले Wikicite project पनि सञ्चालन गर्न गइरहेका छौं। यसरी दस्तावेजीकरण भएपछि लेखको वास्तविक स्थिति र भोलीका दिनमा कुनै प्रयोगकर्ताले लेख बनाउन चाहेमा सो दस्तावेज (सूची)को आधारमा पृष्ठ समेत निर्माण गर्न सहज हुनेछ। यसबारे कुनै सल्लाह सुझाब तथा आफ्नो विचार व्यक्त गर्नु हुन सबैमा अनुरोध छ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:१२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
* यस परियोजना अन्तर्गत हामीले नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको नेपाली नाम तथा सो को बारेमा अन्य जानकारीहरू विकिडेटामा प्रविष्टि गर्ने लक्ष्य राखेका छौँ साथै हामीले विकिडेटामा गर्ने कामलाई बोट लगाएर नेपाली विकिपिडियामा सूची बनाइ सूचीवद्ध गर्नेछौँ। हामीले पहिलो चरणमा उपरोक्त विषयसँग सम्बन्धित लगभग १,००० विकिडेटा आइटमको लेबललाई सम्पादन गरेर यहाँ नेपाली विकिपिडियाको सूचीमा सन्दर्भ सामग्री थप गर्नेछौँ जसले गर्दा भविष्यमा कुनै प्रयोगकर्तालाई सो विषयमा लेख बनाउनु परेमा सजिलै सो सन्दर्भ सामग्री प्रयोग गरेर लेखलाई विस्तार गर्न सक्नेछन्। यो परियोजनाको मुख्य उद्देश्य '''[[meta:Wiki Loves Nepal|विकी लभ्स नेपाल]]'''को लागि आधार तयारी गर्नु रहेको सबैमा जानकारी गराउन चाहन्छु। थप कुनै जानकारीको आवश्यकता भएमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:३२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
 
== सम्पदा फोटो‍-सम्पादनथन प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा ==
 
नेपालमा बोलिने भाषाका विकिपिडियाहरूमा विभिन्न समयमा सम्पादनथनहरू आयोजना हुँदै आइरहेका छन्। जसमा मुख्यत: लेख सम्पादनथनहरू आयोजना हुँदै आएको देखिन्छ। लेखहरू चित्र (तस्वीर) बिना अपुरो नै लाग्छन्। '''विकि लभ्स मोनुमेन्ट्स''' प्रतियोगिता अन्तर्गत नेपालका सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा स्मृति सम्पदाहरूको तस्वीरहरू योगदानकर्ताहरूले कमन्समा हरेक प्रतियोगितामा योगदान गरेका छन्। तर यी तस्वीरहरू '''मोनुमेन्ट'''को सम्बन्धित विकिपिडिया पृष्ठमा प्रयोग गर्न सकिएको छैन्। तसर्थ यी तस्वीरहरूलाई नेपालमा बोलिने भाषाका विकिपिडियाहरूका लेखहरूमा राख्नको लागि एक महिना लामो यो प्रतियोगिता प्रस्ताव गरेको छु। साथै यस प्रतियोगिताले योगदान गरिएका तस्वीरहरूको प्रयोग र लेखको स्तर वृद्धिमा सहयोग पुर्याउने आशा लिएको छु। यसो भनिरहँदा केही मापदण्डहरू हामीले तोक्नुपर्ने हुन्छ, ती केही मापदण्डहरू निम्नानुसार प्रस्ताव गरेको छु -
* एउटा लेखमा ४ वटा भन्दा बढी तस्वीर राख्न नपाउने
* पहिल्यै देखि ४ वा सो भन्दा बढी तस्वीर रहेको लेखमा थप तस्वीर राख्ने नपाउने
* तस्वीर राख्दा लेखलाई सुहाउँदो तस्वीर उपयुक्त क्याप्सन सहित राख्नुपर्ने
 
प्रतियोगिता आयोजना हुने प्रस्तावित मिति: '''कार्तिक ०१, २०७७ देखि कार्तिक मसान्त सम्म'''
 
प्रतियोगिताको ढाँचा, मापदण्डहरू, प्रतियोगिता पृष्ठ, निर्णायक मण्डल लगायत विषयहरूमा यहाँहरूको सहयोग र सुझावको अपेक्षा गरेको छु।
 
===छलफल===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/936966" बाट अनुप्रेषित