"खुकुरी" का संशोधनहरू बिचको अन्तर

Correcting
सा added content
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९१:
}}
 
'''खुकुरी''' नेपालमा विभीन्न जात जाती हरुले आफ्नों संस्कार र संस्कृति अनुसार कुल पुजा गर्ने गरेको पाईन्छ तामाङ गरुङ मगर राई लिम्बु खस क्षेत्री आदी नेपाली हरूको खुकुरीमा कुल देवताको बास हुन्छ । यसको पवित्रता रहेसम्म मात्र ती देवताको बास हुन्छ भन्ने पनि किम्बदन्ती छ । त्यसैकारण नेपालीहरू खुकुरीको कहिल्यै पनि दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । नयाँ खुकुरी किनेर चलनमा ल्याउनुभन्दा अगाडि कुलदेवताका नाममा समर्पण गरी पूजा तथा भोग चढाउनुपर्छ भन्ने पनि मान्यता छ । यदी कुनै किरण बस खुकुरीमा लाता लिग्यो भने ढोग्ने गरीन्छ ।
 
त्यसैगरी आफ्नो खुकुरी आफ्नो जातभन्दा बाहिरकालाई छुन दिनु हुन्न भन्ने पनि बूढापाकाहरूको भनाइ छ । छुन दिंदा कुलदेवता रिसाउँछन् भनिन्छ । त्यसैगरी खुकुरीलाई दापबाट विनाकाम झिक्न र झिकेर उज्याउन पनि हुन्न भनिन्छ । यस्तै अनजानमानै खुकुरीले भोग खाएर छाड्छ भन्ने विश्वास समेत नेपाली जनमानसमा छ । केही गरी अनजानबस दापबाट खुकुरी निकालियो भने खुकुरीलाई काठ वा भूँई वा जेमा भए पनि हानेर दोष मेट्नु पर्छ भनी वुढापाकाहरू भन्ने गर्छन् ।
"https://ne.wikipedia.org/wiki/खुकुरी" बाट अनुप्रेषित