"एकलव्य" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १५:
 
===गुरु दक्षिणा===
एक दिन द्रोणाचार्य र उनका शिष्यहरू वनमा भ्रमण गर्न जाँदा अर्जुनले एक भुक्न नसक्ने कुकुर फेला परे । उक्त कुकुरको मुख वरिपरि तीरको घेरा थियो । उक्त घेरा यस्तो प्रकारले बनाइएको थियो कि त्यो कुकुरलाई कुनै पनि प्रकारको हानि भएको थिएन तर त्यसले भुक्न भने सक्दैनथ्यो । द्रोणाचार्य अचम्मित त परेका थिए यस्तो धनुर्विद्या देखेर तरा अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउने वाचा अपूर्ण रहने उनमा चिन्ता जाग्यो । कुकरको मुख वरिपरि यस्तो बाणको घेरा बनाउने को रहेछन् भन्दै खोज गर्दा द्रोणाचार्य र उनका शिष्यहरूले एकलव्यलाई भेटे । द्रोणाचार्यलाई देखेपछि एकलव्य पनि उनीहरूसमक्ष आए र द्रोणाचार्यको अभिनन्दन गरे ।
 
द्रोणाचार्यले एकलव्यलाई कहाँबाट त्यस्तो कुशल धनुर्विद्या सिकेको भनेर प्रश्न गर्दा एकलव्यले द्रोणाचार्यको नै नाम लिँदै उनले माटोले बनाएका द्रोणाचार्यको मूर्ति देखाए । द्रोणाचार्यले एकलव्यलाई साँच्ची नै उनको शिष्य कहलाउनु छ भने उनलाई [[दक्षिणा|गुरु दक्षिणा]] दिनुपर्छ भनी सम्झाए । आज्ञाकारी एकलव्यले एक पटकमा नै दक्षिणामा जे मागेपनि दिने वाचा गरे । एकलव्य भविष्यमा गएर [[हस्तिनापुर]]को शत्रु महाजनपद [[मगध]]को सेनामा लागी पर्छन् भनेर द्रोणाचार्यलाई थाहा थियो । त्यसैले द्रोणाचार्यले गुरु दक्षिणाको रूपमा एकलव्यलाई उनको दाहिने हातको बुढी औँला मागे जुन एकलव्यले बिना कुनै हिचकिच द्रोणाचार्यलाई दिए ।<ref>{{Cite web|last=|first=|date=२१ फेब्रुअरी २०१९|title=गुरु द्रोणाचार्य र एकलव्य|url=https://timesofindia.indiatimes.com/readersblog/my-voices/guru-dronacharya-ignorant-ekalavya-2075/|url-status=सक्रिय|archive-url=|archive-date=|access-date=१५ सेप्टेम्बर २०२०|website=टाइम्स अफ इन्डिया ब्लग|language=अङ्ग्रेजी}}</ref>
 
===पछिल्लो जीवन===
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित