''[[महाभारत]]''मा भने अनुसार एकलव्य वनमा बसोबास गर्ने भील जमातका मुखिया हिरण्यधनुकोहिरण्यधनुका छोरा थिए । उनी [[जरासन्ध|राजा जरासन्ध]]को सेनामा जनरल पनि थिए । ब्राह्मण गुरुले शूद्र र आदिवासी जस्ता तल्लो जातका व्यक्तिलाई प्रशिक्षित गर्न नमिल्ने चलन चल्तीमा भएको हुनाले द्रोणाचार्यले उनलाई धनुर्विद्या सिकाउन नमानेपछि उनी आफैँ नै आफूलाई सिकाउनमा दृढ रहे । द्रोणाचार्यले [[कौरव]] र [[पाण्डव]] दाजुभाइलाई सिकाइरहेको बेला उनी लुकेर सबै सिकिरहन्थे । शिक्षण सकेपछि उनी आश्रममा गई द्रोणाचार्यले टेकेको माटो ल्याई द्रोणाचार्यको माटो जम्मा गर्थे । यसरी माटो लिनुको उद्देश्य द्रोणाचार्यको बाटोमा नै हिँड्ने इच्छा प्रकट गर्नु हो । यसरी सङ्कलन गरेको माटोबाट उनले एक वृक्षमुनि द्रोणाचार्यको मूर्ति बनाई सो मूर्तिलाई नै उनी आफ्नो गुरु मान्थे । सो मूर्तिलाई साक्षी बनाई उनी आफ्नो प्रशिक्षणमा कार्यरत रहन्थे ।