संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्सअपभ्रंस भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ । तामाले बनेको यो वाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ ।