"युवावस्था" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति १:
[[File:1970sgirls.jpg|thumbnail|संयुक्त राज्य अमेरिकाको कलेज पढ्ने केटी विद्यार्थीहरूको एक समूह]]
'''युवावस्था''' शारीरिक परिवर्तनहरूको एक प्रक्रिया हो जसद्वारा [[बच्चा]]को शरीर प्रजनन क्षमताले युक्त [[वयस्क]]को शरीरमा परिवर्तन हुन्छ।<ref>[http://www.macmillandictionary.com/dictionary/american/youth "Youth"]. ''Macmillan Dictionary''. Macmillan Publishers Limited. Retrieved 2013-8-15.</ref><ref name="Youth1">{{cite web|title=Youth|website=Merriam-Webster| accessdate=November 6, 2012|url=http://www.merriam-webster.com/dictionary/youth}}</ref> युवावस्था [[मस्तिष्क]]द्वारा यौन अङ्गहरू ([[डिम्बाशय]] तथा [[अण्डकोष]])लाई हार्मोन सङ्केत पठाउने प्रक्रियाबाट सुरु हुने गर्दछ। प्रतिउत्तरमा, यौन अङ्गले विभिन्न किसिमको हार्मोन उत्पन्न गर्दछ जुन [[मस्तिष्क]], हाडहरू, [[मांसपेशी]]हरू, छाला, [[स्तन]] तथा [[प्रजनन क्षमता|प्रजनन अङ्ग]]हरूको विकासको गतिलाई बढाउने गर्दछ। युवावस्थाको पहिलो अर्ध-भागमा [[मानव विकास (जीवविज्ञान)|विकास]] तीव्र गतिले हुने गर्दछ भने युवावस्थाको समाप्ति भएसँगै यो रोकिने गर्दछ। युवावस्थाभन्दा पहिले केटाकेटीहरू बीच शारीरिक भिन्नता मात्रै [[यौनाङ्ग]]सम्म सीमित रहने गर्दछ।<ref name="Youth2">{{cite web|title=Youth| publisher=Dictionary.com|accessdate=November 6, 2012|url=http://dictionary.reference.com/browse/youth}}</ref> युवावस्थाको समयमा शारीरिक संरचना र प्रणालीहरूको आकार, आकृति, रचना र सोसँग सम्बन्धित अङ्गहरूको विकास हुने गर्दछ। यस शारीरिक विकासलाई सबैभन्दा स्पष्ट सहायक लिङ्ग विशेषताहरूसँग जोडेर सन्दर्भित गर्ने गरिएको छ।<ref name=Furlong1>{{cite book|last1=Furlong|first1=Andy|title=Youth Studies: An Introduction|date=2013|publisher=Routledge|location=USA|isbn=978-0-415-56476-2|pages=2–3}}</ref>
 
विशुद्ध अर्थमा, '''युवावस्था''' शब्द (ल्याटिन शब्द '''प्युबरेटम''' (परिपक्वता, तन्नेरी उमेर)) किशोरहरूको मनोसामाजिक र सांस्कृतिक रूपरेखाको विकास नभएर यौन परिपक्वताको शारीरिक परिवर्तनहरूसँग सम्बन्धित छ। किशोरावस्था वाल्यपन र वयस्कताको बीचको मनोसामाजिक र सामजिक परिवर्तनहरूको अवधि हो। किशोरावस्था केही हदसम्म युवावस्थाको अवधिमा व्याप्त रहने गरेको छ, तर यसको सीमालाई ठीक तरिकाले परिभाषित गरिएको छैन र यो युवावस्थामा शारीरिक परिवर्तनहरू नभएर किशोरावस्थाको उमेरमा मनोसामाजिक तथा सांस्कृतिक विशेषताहरूको विकाससँग बढी सम्बन्धित छ।
"https://ne.wikipedia.org/wiki/युवावस्था" बाट अनुप्रेषित