"विकिपिडिया:चिया घर" का संशोधनहरू बिचको अन्तर

सा +अभिलेख
कुनै सम्पादन सारांश छैन
चिनो: फर्काई दियो
पङ्क्ति ५:
 
[[श्रेणी:विकिपिडिया]]
 
चामुण्डा मन्दिर र यसको महत्व
पृष्ठभुमि
धर्म रक्षती रक्षत , अर्थात , भन्छन् धर्मको रक्षा हामीले गर्यो भने धर्मले पनी हाम्रो रक्षा गर्छ । त्यसैले हाम्रा मठ मन्दिर हरुको समरक्षण हामी आफैले गर्न पर्छ । कसले के गर्यो भन्दा पनी मैले के गर्न पर्छ भन्ने महत्व पुणर् जस्तो लाग्छ । सधै अधिकार का लागी लड्ने तर आपनो कतब्र्य के हो भनेर कहिलै नबुझनु गलत मानसिकता को उपच हो । हाम्रा घर वरपर कति त्यस्ता धार्मीक मठ मन्दिर हरु छन् जसको बारेमा कसैलाइ केहि थाहा नै छैन् । त्यसको बारेमा जानकारी नराख्ने हो भने भोलीका दिन मा त्यो हराएर या नष्ट भएर जान्छ । आउने पुस्ताले त्यसको बारेमा केहि पनि जान्दैनन् । त्यसैले यस्ता मठ मन्दिर को बारेमा खोज अनुसन्धान गर्न आबस्यक छ । जोरपाटि देखी ३०० मिटर उत्तर पटि एउटा ठुलो देबी को मन्दिर छ त्यसका बारेमा स्थानीय बहेक अरु कसैलाइ केहि थाहा छैन् । मिडिया सम्म उसको पहुच छैन् । मन्दिरको बारेमा चर्चा परीचर्चा गरेको पाइदैन । त्यस मन्दिरको बारेमा मा जस जसलाइ थाहा छ उनीहरु लाइ पनि त्यसको बिशेषता थाहा छैन् । थाहा पाउने कतिपय ब्यक्तिहरु दिबग्गत भइसके । अहिले नगरे कहिले गर्न हामीले नगरे कसले गर्छ भनेर यस मन्दिर को बारेमा केहि खोजखबर गर्न जमरर्को गदै छु । बिभिन्न ब्यक्ति हरु सग सोधखोज गरेर केहि तथ्य फेला पारेर प्रकास पार्न जमर्को गदै छु । कतिपय कुराहरु लेख्न छुटे होलान त्यसका लागी माफी पनि चाहान्छु ।
सारंश
चामुण्डा को मन्दिर र यसको महत्व बारेमा प्रकाश पार्न खोजीएको छ यस लेख मा । जोरपाटि मा चामुण्डा देबी कहिले स्थापित भइन भन्ने कुनै प्रमाण छैन् । २००३ सालमा बनाइएको पार्टि नै अन्तिम प्रमाण का रुपमा छ । त्यो पार्टि बन्नु अगी पनि देबि को मन्दिर थियो । त्यसैले त पार्टि बन्यो । पहिला पहिला स्थानिय ले पुजा गर्न बाहेक मन्दिर मा नित्य पुजा हुदैन थियो । अहिले नित्य पुजा गरीन्छ । कसले नित्य पुजा चलायो । चामुण्डा देबी को मन्दिरमा नित्य पुजा आजा कहिले देखी गर्न थालीयो । चामुण्डा को रथ यात्रा पनि मनाइन्छ त्यो कहिले देखी र क कसको सहयोग मा चलाइयो । पहिला पहिला पन्चबली दिने चलन थिएन । अहिले आएर बर्ष को एक पटक चैत्र अस्टमिका दिन पन्चबली दिने गरीन्छ । पहिला पहिला नि बली चाहि दिने गरीन्थियो । स्थानिय बासीन्दा ले भेडाको बली दिने गर्थे ।
चामुण्डा भनेकि निल बणर् को अबतार भएकि देबी का रुपमा चिनिन्छ । यस बारेमा चण्डि माहात्मय मा बणर् गरीएको पनि छ । पार्बती को कौशिकी अबतार का रुपमा चामुण्डा भगबती को उत्पती भएको हो भनेर शिब पुराण मा भनीएको छ । जब कौशिकि ले चण्ड र मुण्ड भन्ने दैत्य को अन्त्य गरेर सकल लोक को काल्याण गरीन तब उनको नाउ चामुण्डा रहन गयो भन्ने तथ्य पनि छ ।
चामुण्डा को उत्पती
किमदन्ती अनुसार सत्य युग मा दक्ष प्रजापती कि पुत्री सती देबी ले आपनो पिता द्धारा आपनो पति को निन्दा सुन्न नसकेर अग्नी कुण्डमा फालहालेर आपनो प्राण त्यगेको कथा हामिले स्वथानी लगाएत धर्मीक पुस्तक मा पढन र सुन्न सक्छौ । माया अदभुत हुन्छ माया को कुनै सिमा हुदैन । जब सतीदेबी ले अग्नी कुण्डमा फालहालेर आपनो प्राण त्यगीन । त्यो कुरा माहादेब ले थाहा पाए । उनलाइ बिश्वास भएन सतीदेबी प्राण त्याग्न सक्छिन् भन्ने मा । तब माहादेश त्यस यज्ञ भुमीमा पुगे तब उनेले देखे † जे नसोचेको त्यहि भयो । अग्नि कुण्डमा निष्प्राण लडि रहेकि सतीदेबी लाइ देखे । त्यसपछि माहादेब सतीको बियोग मा पागल जस्ता भए । कहिले हास्न थाले । कहिले रुन थाले । कहिले कराउन थाले । कहिले चिच्चउन थाले । हा सती मलाइ छाडेर काहा गयौ तिमी बिना यो प्राण कसरी राखौ । तिमी बिना म बाच्ने कल्पना समेत गर्न सक्दिन । यसो भन्दै आसुको बलीन्द्र धारा बगाएर रुन थालेको देख्दा याबद प्रणि सोकाकुल भए । भन्ने हामीले स्वथानी कथा मा पढेका छौ । प्रेम मा भगवान त बौलाउदा रहेछन् भने मान्छे बौलाउनु भनेको सामान्य हो । त्यती गर्दा पनि आपनो मन शान्त नभएपछि । माहादेबले सतीदेबी को मुत्त शरिर आपनो पिढियुमा बोकेर बौला जसरी हिडे । मुत्त शरीर बोकेर हिड्दा । जाहा जाहा सतीदेबीको अङ्ग पतन भयो त्याहा त्याहा एउटा एउटा शक्ति पिढ उत्पन्न भयो । त्यसै क्रममा नेपालको चुमुण्डा चल ( हाल जोरपाटि चोक बाट ३०० मिटर उत्तर पटि ) मा पुग्दा हातको न¨ पतन भयो । त्यसैले यो स्थान को नाउ चामुण्डा रहन गायो भन्ने भनाइ हाम्रा धार्मीक ग्रन्थहरु ले भनि रहेका छन् । चामुण्डा को मुर्ति अमोख छ । त्यसलाइ कसैले पनि हेर्न सक्दैन । त्यसैले माथी बाट अर्का दर्शन ढु¨ा ले छोपिएको छ । चामुण्डा देबी पनी शक्ति पिठहरु मध्य एउटा पिठ हो । यहा कहिले देखी पुजा गर्न थालीयो भन्ने एकिन कसैसित पनि छैन् । सबैको आ आपनो भनाइ छ । हेर्दा हातको नङ्ग जस्तो देखीने भगबतीको शिला मा हजारौ बर्ष अगी देखी पुजा आजा गदै आइएको छ । २००३ साल बैशाष वदि अष्टमिको दिन कं. चेत शमशेरकि माहारानीले बनाएको पार्टी यानि धर्मशाला नै आधिकारीक रुपमा मिति लेखिएको पुरानो प्रमाण हो । यसैगरी उनै महारानी ले पौष कुमारी देबीले २००६ साल मा चढाएको घण्टा नै पुरानो धातु हो । त्यतीबेला कुनै पनि दाताहरु ले चढाएको दान दक्षीणा देखाउन हुदैन भन्ने मान्यता थियो । त्यसकारण यहा भएका वा चढाएका बस्तु हरु कहिले कसले चढायो भन्ने प्रमाण फेला पर्न गारो भएको हो ।
खुल्ला चौर दुइ चार वटा रुखहरु बाहेक केहि थिएन । त्यस चौरमा टुर्नसिह भण्डारीका जेठा बाबु सुबेदार भैरव बाहादुरले कल्कीको बोट सारे । इन्द्र बाहादुर सुबेदिले काइयोको बोट सारे । त्यसपछि कालु गिरी भन्ने जोगी बाबा ले पिपलको बोट सारे । यसैगरी योग प्रशाद गौतम ले बर र पिपल को बोट सारेर बिबाह समेत गरीदिएको स्थानीय स्व ज्योतीस हरी प्रशाद घिमिरे ले भन्नु भएको थियो । मन्दिरको वरीपरी स्थानिय हरु को गाइ , बाख्रा चराउने केटा केटिहरु खेल्न ठाउ थियो । स्थानीय पाका स्व गणेश बाहादुर कि धर्म पत्नी सधै भन्ने गर्नु हुन्थियो यहा देबी स्वाय घोडा चढेर आउने गर्छिन् । यहा वरपर दिसा पिसाब फोहोर गर्न हुदैन यो देबिको बासस्थान हो । उनले कतिपटक यो दृष्य देखेको कुरा हामीलाइ सुनाउनु भएको थियो । स्व गणेश बाहादुर रायमाझी ले कतिपट भनेको छन् — पहिला पहिला गाउ घरमा बिबाह ब्रतमन्न कुनै उत्सब गर्न लाग्यो भने देबी माता सग गएर भाडा मागेर ल्याउने चलन थियो रे । कायक्रम हुनु भन्दा एक दिन अगी सफा सग नुवाइ धुवाइ चोखो लुगा लगाएर माता मेरो घर मा भोली यो कार्यक्रम छ । मलाइ यो यो सामान चाहियो भने पछि भोली पल्ट आफुले मागेको सब सामान आउथियो रे । काम सकिएपछि त्यो सामान सफा गरेर राखीदिए पछि फेरी त्यहि बाट अलप हुन्थीयो रे । लामो समय सम्म यो प्रकृया चलीरह््यो पछि एकजना लोभी ले ढाडु लुकाइ दिएपछि भाडा दिने कार्य बन्ध भयो भनीन्छ । त्यसैले यी देबी लाइ भाडा दिने देबी को नाउ ले पनि चिनीन्छ । खुल्ला चौर थियो चारैतिर बाट अतिक्रमण भइरहेको थियो । कसले यसको संमरक्षण गर्न ? सबैलाइ आपनै चिन्ता । त्यहाको रेखदेख गदै आएका कालु गिरी बाबा २०४१ सालमा बिते
मन्दिरमा परीबर्तन को शुरुवात
पुराना गिरी बाबा २०४१ सालमा बिते । त्यसपछि कसलाइ बाबा बनाएर मन्दिरको रेखदेख गर्न राख्ने भन्ने समस्या पर्यो । त्यसैबखल मन्दिर मा पाठ गर्न भनेर एकजना सन्यासी आएका रहेछन् । उनैलाइ मन्दिर मा बाबा जी बनाएर राख्न पर्यो भनेर स्थानिय स्व केदार सापकोटा , स्व गणेश बाहादुर रायमाझी लगाएत ब्यक्तिहरु ले सल्लाह गरेछन् । बाबा त्यहा बस्छन् बस्दैनन् त्यो पहिला बुझन पर्यो । उनीहरुले बाबा जी सग सोधेछन् । बाबा जीले सरासर इन्कार गरेछन् म मन्दिरमा एक महिना का लागी पाठ गर्न आएको म यहा बस्न सक्दिन । फेरी अनरोध गरेपछि उनले स्विकार गरेछन् । सात बर्षको उमेर देखी घर छाडेर हिडेका बाबा जी ले चामुण्डा को सेवा गरेर अन्त्यमा चामुण्डा कै मन्दिर मा आपनो प्राण त्याग गरे । उनी अबिबाहित थिए । भारत को बिभिन्न मठ मन्दिर हरु मा भ्रमण गरेका बाबा जी सग राम्रो अध्यन र ज्ञान थियो । हिरा चीन्न जोहोरी नै चाहिन्छ भने जस्तो बाबा जी लाइ चीन्न कसैले सकेन । स्वरुपानन्द बाबाको नाउ ले चिनिएका उनी कति बर्ष का भए भन्ने उनलाइ पनि थाहा छैन् भन्थे । जब देखी उनी मन्दिर मा बस्न थाले । मन्दिरको बाताबरण नै उलट पुलट भयो । भारत को बिभिन्न मठ मन्दिर मा घुमेका बाबा जी ले यो मन्दिर लाइ पनि बिकास , परीबर्तन गर्न पर्छ भनेर अहोरात्र लागी परे । उनलाइ साथ थिए स्थानिय बासीन्दा ले । वरीपरी ना¨ो ढाडो थियो स्थानिय स्व देबी बाहादुर थापा को पहल मा पहिलो पटक बृक्ष रोपण भयो ( २०४२ साल मा ) । बृक्ष रोपण त भयो यसलाइ हुकाउन बढाउन त्यति कै समस्या थियो खुल्ल चौर थियो गाइ बाख्रा हरु चरन का लागी आउथिए । बिरुवा को लागी पानी चाहिन्थियो धारा थिएन । जोरपाटि देखी पानी बोकेर बिरुवा मा हाल्ने काम भयो पानि हाल्ने काम स्थानिय केशब , मुरारी ले गरे उनीहरु को ठुलो योगदान छ रुख बचाउन । रोपेर मात्र भएन त्यसलाइ बचाउन पनि पर्यो भनेर वरीपरी काडेतार लगाउने काम भयो । त्यसपछि बाख्रा गाइ आउन पाएनन् । बिस्तार बिस्तार रुख हुकिदै गयो । हरीयाली भरीदै गयो । स्व सचित सम्सेर जवरालाइ ( नेपाली सेनाका सेनापति ) भनेर वरीपरी ३६५ बर्गमिटरको पर्खाल लगाउने काम बाबा जी कै पहल मा भयो । त्यसपछि ज¨ा अधिक्रमण हुने कार्य सदाका लागी रोकियो । मन्दिर को वरीपरी ढु¨ छाप्ने काम भयो । स्थानिय बिभिन्न ब्यक्तिहरु को सहयोग मा मन्दिर मा ठुलो घण्टा राखियो । मन्दिर को भवन बनाइयो । मन्दिरको माथी पट्टि नाग राखीयो । देबि मन्दिर मा भक्त जन ले बाहेक नित्य पुजा हुदैन थियो । बाबा जीको पहल मा स्थानिय ले हरेक घर बाट महिना को एक पटक पुजा सामाग्री लिएर जाने भन्ने नियम बस्यो । त्यसपछि बाबा जी ले देबी को स्परुप बनाएर पुजा गर्न थाले । त्यो भन्दा अगी कसैलाइ थाहा थिएन देबी को स्वरुप बनाएर पुजा गर्न पर्छ भन्ने । त्यसपछि नित्य पुजा हुन थाल्यो । एक छाक मात्र भात खाने बाबा जी , ६ महिना मौन बर्त समेत बसे । २०५३ साल मा स्थानीय बासीहरु को सल्लाह अनुसार एउटा कोष स्थापना गरीयो चामुण्डा क्षेत्र बिकास तथा संरक्षण कोष । त्यस कोष का संस्थापक अध्यक्ष भए अर्जुन बाहादुर सुबेदि । उनको कार्यकालमा धेरै सुधार का काम हरु भए । कोष स्थापना भएपछि कोषका सदस्य हरुले सल्लाह गरेछन् । मन्दिर सन्चालन का लागी पैशा काहा बाट ल्याउने । त्यसका लागी आजीबन सदस्य बनाउ । सबै सहमत भएछन् र आजीबन सदस्य बनाउने काम थालनी भयो । आजीबन सदस्य बाट उढेको पैशा सहकारी मा राख्ने त्यसको ब्याज ले मन्दिर को खर्च चलाउने । भन्ने निणर्य गरेछन् । त्यसै अनरुप १००१ रुपैया तिर्न ले आजीबन सदस्य पाउने भएछन् । अहिले सम्म आजीबन सदस्य १००० को हाराहरी पुगे होलान । मन्दिर को आम्दानी मनग्य भएर होला । हरेक ३ बर्षमा कोष निर्बाचन गरीने गरीन्छ । अहिले सम्म प्रत्येक बर्ष साधारण सभा गरेर हिसाब किताब बुझाउने गरीएको छ । अहिले सम्म अध्यक्ष हरु मा अजुन बाहादुर सुबेदि , दामोदर प्रशाद अर्याल , पशुपति बराल र बिमल मान श्रेष्ट भएका छन् । अहिले आएर मन्दिरको आम्दानी मासीक ६० , ६५ हजार छ जस्तो लाग्छ ।
देबी , गणेश को रथ बनाउने र रथ यात्रा कसरी शुरु भयो ?
काठमाडौ का हरेक मठ मन्दिर मा रथ बनाएर घुमाउने गरेको देख्दा यहा का स्थानिय बासिन्दा लाइ पनि चामुण्डा भगवती गणेश को रथ घुमाउन पाए हुन्थियो भन्ने लागेछ । रथ त्यसै घुम्दैन त्यसको लागी रथ चाहियो , पैशा पनि चाहियो त्यो सब काहा बाट जुटाउने । यो समस्याको जड थियो । ( चण्डीमा भनिएको छ एंम एंम चीन्ते एते काममं त्मत्म प्राप्नोती निस्सीत्म ) सबै गाउले मिलेर सल्लाह गरेछन् । सबै मिले के हुदैन , सबै गाउले मिलेर अगी बढेपछि तब रथ नबन्ने कुरौ भएन । त्यतिबेला का जनप्रतिनिधि भनेको गाउ पच्चायत का प्रधान पन्च हुन्थे । सबै गाउले मिलेर प्रधान पन्चका गएछन् । त्यतीबेला का प्रधान पन्च शम्भु सुबेदि थिए । गाउले हरु ले प्रधान पन्च सग गएर भनेछन् । गणेश , देबि को रथ बनाउन पर्यो र गाउ घुमाउने पर्यो भन्ने प्रस्ताब राखेछन् । कुरा ठिक हो , उनले पनि हुन्छ भने तर रथ चाहि काहा बाट ल्याउने समस्या को जड थियो । प्रधान पन्चको पहलमा रथ बनाउन का लागी स्थानिय दोए श्रीकृष्ण रायमाझि र कृष्ण प्रशाद घिमिरे लाइ जीम्मा दिइयो । उनीहरु जोरपाटिमा काठ कारखान चलाएर बसी रहेका थिए । उनीहरु सग आइडिया पनि थियो । २०३८ साल मा बगमती को पुल भाचिएको थियो । रथ बनाउन काठ काहा बाट ल्याउने भन्ने समस्या परी रहेका बेला । त्यही बागमती को पुल बाट काठ ल्याएर रथ बनाउने सहमती भयो । काठ पनि ल्याइयो अनि रथ बनाउने काम अगाडि भड्यो । २०३९ सालको अन्तिम तिर रथ तयार भयो । रथ त तयार भयो अब त्यसमा राख्ने मुर्ति चाहि काहा बाट कसरी ल्याउने फेरी समस्या पर्यो । त्यतिबेला का स्थानिय बिकास मन्त्रालय का उपसभापति थिए भैरब मान श्रेष्ठ अनि नानीमैया दाहाल दिएन माननीय । स्थानीय बासी र वाहा हरुको सहयोग मा देबी र गणेशको मुर्ती किन्ने अनि रथ यात्रा चलाउने भन्ने भयो । बिधिबद रुपले २०४० साल चैत्र अष्टमिको दिन देखी चामुण्डा भगबती र गणेशको रथ यात्रा चलाउने काम भयो । पछि गएर अरुबारी बाट भैरब को रथ बनाएर ल्याउने एकै पट चलाउने भन्ने कुरो आयो सबै ले हुन्छ भन्ने कुरा भयो । त्यसपछि २ वटा बाट ३ वटा रथ भए । गणेश , देबी र भैरब । भयो । स्थानिय बासी मधु श्रेष्ठ ले आपनो लागत मा भैरब को रथ निर्माण गरे । भैरब को रथ तयार भएपछि चैत्र अष्टमि कै दिन रथ घुमाउने कार्य भयो । बिभिन्न समय मा उतार चढाब आयो तर रथ यात्रा भने रोकिएन यथाबत रुपले आज सम्म पनि चल्दै आएको सहर्ष जानकारी गराउछु । आम्दानी को स्रोत केहि नभएका कारण पहिला पहिला रथ यात्रा चलाउन सारै गारो भएको थियो अहिले भने त्यो अबस्था छैन् । रथयात्रा का लागी मनग्य पैशा उपलब्ध हुन्छ ।
पन्च बली को शुरुवात
आज भन्दा १० हजार बर्ष अगी देखी बली प्रथा चल्दै आएको तथ्य हामी सग छ । पहिला पहिला त नर बली दिने चलन थियो । आज आएर नर बलीको ठाउ मा पशुबली दिने गरीन्छ । पहिला पहिला राजा माहाराजा हरु ले युद्ध जीतेर आएपछि अशुमेध यग्य गर्न चलन थियो अहिले आएर त्यो पनि हटि सकेको छ । मान्छेको चेतनामा बृदि आउदै छ । यति लामो समय देखी चलेको समस्कार लाइ तत्काल रोकौ भनेर सम्भब हुदैन । बली भन्ने बितिक्कै मान्छे ले गलत सोच्न थालेका छन् । बली को अर्थ भोग दिनु मात्र होइन । बली को अर्थ त्याग हो । कुनै मन्दिर मा लगेर परेवा , बोका अन्य पशु पन्छि हरु सक्लप गरेर छोड्ने गरेका हामी ले देखेका छौ । त्यो नै हो असली बली । बली धेरै प्रकार का हुन्छन् अहिले चल्दै आएको बली चाहि पन्च बली र अष्टबली हो । अष्टबली त्यति चलन मा छैन् अहिले चलेको भनेको पन्चबली नै हो । कुनै पनि देबी को मन्दिर भाकल का रुपमा ५ वटा प्रणिलाइ बध गरेर दिइने बली लाइ पन्च बली भनिन्छ । यस बिषय मा अहिले निकै चर्चा परीचर्चा चल्न थालेको छ । कोहि भन्दै छन् । पशुबली दिनु पाप हो । अबोध प्राणीको हत्या गरेर भगवान खुशि हुदैनन् । मान्छे ले आपनो अभिष्ट पुरा गर्न का लागी यो पर्था चलाएका हुन् । अर्का थरी भनि रहेका छन् पशु बली भनेको आज देखी होइन बर्षो बर्ष देखी चल्र्दै आएको परम्परा हो यसलाइ मास्न पाइदैन । दुबै भनाइ आपनो ठाउ मा ठिकै होलान । हाम्रा पुर्खा हरु ले पनि बलीको बारेमा केहि सोच बिचार नगरी त्यसै चलाएका होइनन् होला । त्यसैले यसको थप अनुसन्धान नगरी सस्तो लोकप्रीयता को लागी मिडिया बाजी नगरौ।
पन्चबली भनेको के हो ?
पन्चबली भनेको पाच वटा पशुको बद गरेर दिइने बली हो । पन्चबली मा बोका , रागा , हास कुखुरा र थुमा पर्छन् । बली दिइने पशु अ¨भ¨ भएको हुन हुदैन यसका नियम हरु धेरै छन् । योग्य पशु को नै बली चडाइन्छ । अब चामुण्डा मन्दिर मा पन्चबली कहिले देखी चल्दै आएको हो । भन्ने बिषय तिर लागौ ।
बली को अर्थ हो त्याग भनेर त माथी नै भनीसकिएको छ । यो भरखर चलाइएको पर्था भने होइन । यसलाइ हामीले अनुसन्धान नै नगरी यो पाप हो यसलाइ रोक्न पर्छ भनेर नारा जुलुस गर्नु को अर्थ छैन् । धर्म गुरु हरुले बेला बेला मा आपनो फाइदा का लागी अनेक प्रोप्रोकाण्ड मचाएका छन् । हामी सत्य तथ्य नखोजी त्यसको पछि लाग्न हुदैन । पशु बली पनि रोक्न सकिन्छ बिस्तार बिस्तार जन चेतना जगाएर । एकै चोटि अरु को अस्था माथी प्रहार गर्न खोज्यो भने त्यसले नकरात्मक स्थिति पैदा गर्न सक्छ । चराचर जगत भगवान ले सृष्टि गरेका हुन् । बिलय पनि उनै मा हुन्छ । भगवान ले सृष्टि गरेका हरेक प्रणि बनस्पिती सबै लाइ बाच्न अधिकार बराबर छ । एउटा बोका मन्दिर मा बली चढाउदा पाप लाग्छ भन्ने हरु बारी मा फलेको साग टिप्दा पाप लाग्छ भनेर किन भन्न सकि रहेका छैनन् । बारी मा फलेको साग टिप्दा पाप नलाग्ने । मन्दिर मा बली का लागी चढाइएको बोका काट्दा चाहि पाप लाग्ने । यो त निति सगत भएन । बाच्ने अधिकार जति बोका लाइ छ त्यति साग लाइ पनि छ । सग पनि जीबित बनस्पती नै हो । त्यसको चाहि हत्या गर्न पाइन्छ ? आफु अनकुल को ब्याख्य गरेर हुदैन ।
चामुण्डा मन्दिर मा चैत्र अष्टमिका दिन पन्चबली दिइन्छ । यो प्रथा पुरानो भने होइन केहि समय अगी देखी मात्र चलाइएको हो । मन्दिर मा बली त पहिला देखि नै दिइदै आएको थियो तर पन्चबली भने भरखर मात्र शुरु भएको हो । चैत्र अष्टमिको दिन यहा ठुलो मेला नै लाग्छ । त्यस दिन पन्चबली दिइन्छ । पन्चबली दिएपछि चामुण्डा भगबती गणेश र भैरब को रथ वरपर का गाउ घुमाउने गरीन्छ । पन्चबली त पहिला देखी नै दिइने गरेको थियो तर काटमार गरेर भने होइन सात्विक बली दिने प्रचलन थियो । ( उखु , मेवा , नरिवल , कुमिण्डो , लौका ) पछि एका एक पशु बली दिने थालीयो । ( रागो , बोको थुमा हास र कुकुरा ) मन्दिर मा होम होमादि गरेर । बाजा बजाएर धुमधाम सग हजारौ को सख्या मा भक्तजनहरु जम्मा भएर पन्च बली अपणर् गरीन्छ । यहि पन्च बलीको मासु बेलुका रथ राखेपछि भक्तजन हरु लाइ प्रशादको रुपमा खुवाइन्छ । पन्चबली दिएपछि रथ लाइ जोरपाटि वरपर आरुबारी बेसीगाउ नयाबस्ति तथा बौद्ध पिपल को बोट सम्म पुराएर फेरी यथास्थन मा ल्याइन्छ । यो प्रथा अहिले सम्म पनि निरन्तर चल्दै आएको छ । जसले मासु खादैनन् उनीहरु का लागी हलुवा र पुरि प्रशाद का रुपमा बाडिने गरेको छ । बाहुन क्षेत्री हरु को बहुल्यता रहेको यस क्षेत्र मा अन्य जाति हरु को पनि उल्लेखिनिय बसोबास छ । घिमिरे , सुबेदि , बराल परीवार सबभन्दा पहिला जोरपाटि मा बसोबास गरेका हुन् भन्ने भनाइ गोकणर्श्वर को मन्दिरमा राखिएको शिला लेख बाट प्रष्ट हुन आउछ । जोरपाटि मा सबभन्दा पहिला बराल समुदाय आएका हुन् उनीहरुलाइ लाइ श्री ३ जग बाहादुर राणा ले एैलानि का रुपमा त्यहा को वरपर को जग्गा दिएका भन्ने गोकणर्श्वर मन्दिरको शिला लेखमा उल्लेख भएको पाइन्छ । मल्लका मा नै गोकणर् मा बराल समुदाय ले बसोबास गरेका थिए । पछि राणा ले त्यो ठाउ मा उनीहरु लाइ हटाएर हाल को जोरपाटि मा बसोबास गर्न प्रपन्च मिलाएको भन्ने भनाइ छ । चार जात छतिस बणर्को फुलबारी यस क्षेत्र मा सबै जना एक आपस मा मरदा को मलामि जिउदा को जन्ती भएर भाइचारको सम्बन्ध बनाएर बसेका छन् । कुनै पनि राजनेती अस्त्रले यहाको भाइचार फुटाउन सफल भएको छैन् ।
चामुण्डा को मन्दिर मा बर्षको २ पटक बडा दशै र चैते दशै को दिन ठुलो मेला लाग्छ । टाढा टाढा देखी भक्त जन हरु दर्शन र पुजा गर्न आउने गर्छन् । बडा दशै को बेला नबरात्री भरी नै ठुलो भिड लाग्छ । अगीपछि पनि शनिबार मगलबार र बिहिबार भक्तहरु ब्ढि आउने गर्छन् । मन ले चिताएको कामना पुरा हुन्छ भन्ने जनबिश्वास का कारण मन्दिरमा आउने भक्तहरु को क्रम बढेको छ ।
अन्त्यमा
चामुण्डा मन्दिर भित्र बिभिन्न अरु देबी देबता को मुर्तीहरु पनि राखिएको छ । महादेब , भैरब , राम लक्ष्मण सिता , बुद्ध , हनुमान त्यसैगरी नबदुर्गा , बगलामुखी , मनकामना । पछिल्लो समय मन्दिर थाप्ने होडबाजी चलेको छ । यसले गर्दा कतै चामुणड को मन्दिर वरपर मन्दिर नै मन्दिर हुने त होइन ? समस्या को रुपमा देखीएको छ ।
पुरुषोत्तम घिमिरे जोरपाटि काठमाडौ नजष्mष्चभउगचग२नmबष्।िअयm