"रेसलमेनिया" का संशोधनहरू बिचको अन्तर

सा {{विशेष लेख}}
सुधार
पङ्क्ति १६:
'''रेसलमेनिया''' एक व्यावसायिक कुस्ती कार्यक्रम हो जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ जुन [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को स्ट्याम्पोर्ड स्थित कुस्तीको एक पदोन्नति हो। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो र हालसम्म आउँदा यस कार्यक्रमको ३५औँ संस्करण सम्म पुगेको छ भने यस कार्यक्रम हालसालै न्यु जर्सीको पूर्वी रदरफोर्डमा ७ अप्रिल २०१९ का दिन आयोजना गरिएको थियो। यो कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रूपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रूपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरूद्वारा योगदान गर्दै आएको छ। यस कार्यक्रमलाई पहिलोपटक डब्ल्युडब्ल्युईका संस्थापक [[भिन्स म्याकमेन]] र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका खेलाडी हवोर्ड फिङ्केलले सन् १९८४ मा निर्माण गरेका थिए।
 
रेसलमेनियाले विश्वव्यापी सफलता पाएका कारण यसले डब्ल्युडब्ल्युईमा कुस्ती खेलाडीहरूलाई पदोन्नति गर्न सहयोग गर्छ। यस कार्यक्रममा चर्चित व्यक्तिवहरूव्यक्तित्वहरू जस्तै [[मोहम्मद अली]], मिस्टर टी, एलिस कोपर, लरेन्स टेलर, माइक टाइसन, पामेला एन्डरसन, [[डोनाल्ड ट्रम्प]], फ्योल्ड मेवेदर, पिटी रोज, स्नुप डग, किड रक, [[रोन्डा राउजी]], रब ग्रोन्सकी, सिन्डी लुपर, सकिल ओ'निल आदिले यस कार्यक्रममा विषेश सहभागीता जनाउँदै आएका छन्।
 
पहिलो रेसलमेनिया न्युयोर्क स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो भने यस कार्यक्रमको १०औँ र २०औँ संस्करण पनि त्यहीँ आयोजना गरिएको थियो। रेसलमेनिया ३ मा खुला आयोजना गरिएको मध्ये ९३,१७३ प्रत्यक्षदर्शी कार्यक्रम हेर्न पुगेका थिए जुन रङ्गशाला बाहिर आयोजना हुने कार्यक्रममा सबैभन्दा उच्च र त्यसले एक नयाँ कीर्तिमान पनि राखेको थियो। उक्त कीर्तिमानलाई सन् २०१० मा ''एनबिए''ले तोडेको थियो भने उक्त खेल हेर्न १,०८,७१३ मानिसहरू पुगेका थिए।<ref name="AP recap">{{cite web|url=http://espn.go.com/nba/recap?gameId=300214032|title=रेसलमेनिया |publisher=इएसपीएन|date=February 14, 2010|accessdate=February 15, 2010}}</ref> सन् २०१६ म एटी एन्ड टी रङ्गशालामा आयोजना गरिएको रेसलमेनिया ३२ ले रेसलमेनियम ३ ले राखेको कीर्तिमान तोडेको थियो भने उक्त कार्यक्रममा १,११,७६३ जना मानिसहरूको सहभागी रहेको थियो। यस कार्यक्रमको सबै संस्करणहरू उत्तर अमेरिकी सहरहरूमा अयोजना भएको थियो जहाँ क्यानडामा २ र अमेरिकामा ३३ कार्यक्रमहरू भएको थियो।
पङ्क्ति १५१:
}}
}}
विश्व रेस्लिङ फेडेरेसनलेले सन् १९८५ मार्च ३१ कनका दिन रेसलमेनियाको पहिलो संस्करण [[न्यु योर्क सहर|न्युयोर्क सहर]] स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरेको थियो। पहिलो रेसलमेनियाको अन्तिम खेलमा ट्याग टिम खेल आयोजना गरिएको थियो जहाँ तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता हल्क होगन र उनका साथी मिष्टर टिको सामना पल ओर्नडोर्फ र रोडि पिपरको बीच खेल भएको थियो जहाँ होगन र टिले पिपर र ओर्नडोर्फलाई हराउन सफल भएका थिए। यस कार्यक्रमले [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा कुस्ती अन्तर्गत विश्वव्यापी सफलता र कुस्तीमा खेलाडीको पदोन्नतिका लागि सहयोग गरेको थियो। यस कार्यक्रम हेर्नका लागि १९,१२१ प्रत्यक्ष अवलोकनकर्ताहरू समावेश भएका थिए। उक्त खेलको एक वर्ष पश्चात् रेसलमेनिया २ को आयोजना अमेरिकाको ३ फरकफरक स्थानहरूमा आयोजना गरिएको थियो जसमा न्यु योर्क स्थित नासुवा भेट्रान्स मेमोरियल रङ्गशाला, द रोजमोण्ट होरिजन रङ्गशाला र [[क्यालिफोर्निया]]को [[इलिनोइ]] स्थित लस एञ्जल्स मेमोरियल स्पोर्ट्स रङ्गशाला समावेश छन्। यस कार्यक्रम तीन विभिन्न स्थानहरूमा विभिन्न खेलहरू आयोजना गरिएको थियो भने कार्यक्रमको अन्तिम खेलमा तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता हल्क होगनको किङ कङ बण्डिसँग खेल आयोजना गरिएको थियो भने उक्त खेलमा होगनले बण्डिलाई हराएका थिए।
 
रेसलमेनिया ३ मा खुला आयोजना गरिएको मध्ये ९३,१७३ प्रत्यक्षदर्सी कार्यक्रम हेर्न पुगेका थिए जुन रङ्गशाला बाहिर आयोजना हुने कार्यक्रममा सबैभन्दा उच्च थियो भने त्यसले तात्कालिक समयमा एक नयाँ कीर्तिमान पनि राखेको थियो। यो कार्यक्रम १९८० को दशकको सबैभन्दा बढी प्रत्यक्षदर्शी स्थित भएको कार्यक्रम पनि बनेको थियो। यस कार्यक्रमको अन्तिम खेलमा हल्क होगनले आफ्नो डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप अण्ड्रे द जाएन्टको विरुद्धमा खेलेका थिए भने उनले त्यस खेलमा जाएन्टलाई हराउन सफल भएका थिए।<ref name="A Hot Ticket">{{cite web|url= http://www.wwe.com/shows/wrestlemania/exclusives/wmiiirememberedp1|title=रेसलमेनिया ३ सम्झना गरिँदै|accessdate=2007-03-08|archiveurl= https://web.archive.org/web/20070310162445/http://www.wwe.com/shows/wrestlemania/exclusives/wmiiirememberedp1|archivedate=2007-03-10}}</ref> यस कार्यक्रममै "माचो म्यान" रेण्डि स्याभेज र "द ड्रागन" स्टिमबोटको पनि खेल सञ्चालन गरिएको थियो जुन रेसलमेनियाको इतिहासमै एक उत्कृष्ट खेलको रूपमा परिचित छ।
पङ्क्ति ३२५:
सन् १९९७ मार्च २७ का दिन आयोजना रेसलमेनिया १३ मा ब्रेट हर्टले स्टोन कोल्ड स्टिफ अष्टिनलाई हराएका थिए भने सोही कार्यक्रमको अन्तिम खेलमा द अण्डरटेकरले डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि साइको सिडलाई हराउन सफल भएका थिए।<ref>https://www.ign.com/articles/2007/03/23/top-20-matches-in-wrestlemania-history?page=20</ref> अष्टिन र हर्ट विरुद्धको खेल रेसलमेनियाको इतिहासमै एक उत्कृष्ट खेल र दर्शक माझ लोकप्रिय बनेको थियो भने यस खेललाई व्यवसायीक कुस्तीको उत्कृष्ट खेल पनि मानिएको थियो। यस कार्यक्रमलाई प्रत्यक्ष हेर्नका लागि १८,१९७ दर्शकहरू रङ्गशाला पुगेका थिए।<ref>https://www.pastemagazine.com/articles/2017/03/the-10-best-wrestlemania-matches-in-history.html</ref>
 
९ मार्च १९९८ का दिन आयोजना रेसलमेनिया १४ मा स्टोन कोल्ड स्टिभ अष्टिनले सन माइकल्सलाई हराउँदै नयाँ डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता बन्न सफल भएका थिए भने यस कार्यक्रममा प्रख्यात मुक्केबाज माइक टाइसन पनि एक आधिकारिको रूपमा काम गरेका थिए। यस रेसलमेनियामा द अण्डरटेकर र केनको पनि पहिलोपटक रेसलमेनियामा खेल आयोजना गरिएको थियो जहाँ द अण्डरटेकरले केनलाई हराउन सफल भएका थिए। त्यस रेसलमेनिया पछि अर्कअर्को वर्ष आयोजित रेसलमेनिया १५ मा अष्टिन र [[ड्वेन जोनसन|द रक]]को बीच खेल आयोजना गरिएको थियो जहाँ द रकले अष्टिनलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ उपाधि आफुसँगै कायम राखेका थिए। यस रेसलमेनिया हेर्नका लागि १९,०२८ प्रत्यक्ष दर्शहरूदर्शकहरू रङ्गशाला पुगेका थिए।
 
=== २००० को दशक===
पङ्क्ति ४९२:
रेसलमेनिया १७ मा स्टिभ अष्टिनले द रकलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ विजेता कायम बनेका थिए भने यस कार्यक्रममा भिन्स म्याकमेन र सेन म्याकमेनको पनि खेल जारी गरिएको थियो। ट्याग टिम उपाधिका लागि खेलमा एज र क्रिस्चियनले हार्डि ब्वाइज र डड्ली ब्वाइजलाई कुर्सी, सिढी र टेबुल खेलमा हराउँदै नयाँ डब्ल्यूडब्ल्यूएफ ट्याग टिम विजेता बन्न सफल भएका थिए। यो रेसलमेनिया डब्ल्यूडब्ल्यूएफले डब्ल्यूसिडब्ल्यूलाई खरिद गरेपछि पहिलोपटक आयोजना भएको थियो।
 
रेसलमेनिया १८ डब्ल्यूडब्ल्यूएफले उत्पादन गरेको अन्तिम रेसलमेनिया थियो भने यस रेसलमेनियाको अन्तिम खेलमा [[ट्रिपल एच]]ले [[क्रिस जेरिको]]लाई अण्डिष्प्युडेड च्याम्पियनसिपका लागि हराउन सफल भएका थिए। यस कार्यक्रमको अर्को खेलमा स्टिभ अष्टिन, द रक र द अण्डरटेकरले स्कट हल, हल्क होगन र रिक फ्लेयर ६ पुरुष ट्याग टिम खेलमा हराएका थिए। यस रेसलमेनिया मार्फत रब भेन डमले डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए भने उनले यशयस रेसलमेनियामा अन्तरमहादेशीय उपाधि पनि जित्न सफसफल भएका थिए।
 
रेसलमेनिया १९ मा स्टिभ अष्टिनले उनको अन्तिम खेल द रकको विरुद्धमा रेसलमेनियामा तेस्रोपटक खेलेका थिए भने उक्त खेलमा उनले द रकको विरुद्धमा हार बेहोरेका थिए। यस कार्यक्रमको अर्को खेलमा हल्क ह‍ोगनले भिन्स म्याकमेनलाई हराएका थिए भने सन माइकल्सले पाँच वर्ष पछि रेसलमेनियामा खेल खेलेका थिए जहाँ उनले [[क्रिस जेरिको]]लाई हराए। डब्ल्यूडब्ल्युईको सुरुवातबाट यस रेसलमेनियामा पहिलोपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि खेल जारी गरिएको थियो जहाँ उक्त उपाधिका लागि ट्रिपल एचको खेल बुकर टिसँग भएको थियो। ट्रिपल एचले बुकर टिलाई हराउँदै उपाधि हात पार्न सफल भएका थिए भने ब्रक लेज्नरले कर्ट एङ्गललाई डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि हराए।
"https://ne.wikipedia.org/wiki/रेसलमेनिया" बाट अनुप्रेषित