"विजया एकादशी" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
हिन्दू [[हिन्दू पञ्चाङ्ग|पञ्चाङ्ग]]को एघारौँ [[तिथि]]लाई एकादशी भनिन्छ । यो तिथि [[महिना]]मा दुई पल्ट आउँछ । [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको [[हिन्दू धर्म|हिन्दू]] सनातन संप्रदायमा धेरै महत्त्व छ । [[फागुन|फाल्गुण]] महिनाको कृष्ण पक्षको [[एकादशी तिथि|एकादशी]]लाई '''विजया एकादशी''' भनिन्छ ।
 
== विजया एकादशी ==
 
विजय प्रदान गर्ने भएकाले फाल्गुण कृष्ण पक्ष एकादशीलाई विजया एकादशी भनिन्छ । भयंकर शत्रुहरूबाट घेरिएको अवस्थामा र पराजय सामुन्ने आइपुगेको अवस्थामा विजया नामक एकादशीले हजुरलाई विजय दिलाउने क्षमता राख्दछ । यस एकादशीका सम्बन्धमा [[पद्म पुराण]] र [[स्कन्द पुराण]]मा अति सुन्दर वर्णन प्राप्त हुन्छ । यस एकादशीका बारेमा भगवान [[कृष्ण|श्रीकृष्ण]]ले स्वयं [[अर्जुन]]लाई बताउनु भएको थियो । शास्त्रअनुसार जब भगवान [[श्रीराम अवतार|राम]] माता [[सीता]]को खोजीमा लंका जादै हुनुहुन्थ्यो त्यस बेला मार्गमा समुद्र तर्नु पर्ने भएकाले समस्या उत्पन्न भयो । अनि भगवान राम सहित समस्त सेनाले विजया एकादशीको व्रत लिएको प्रसङ्ग छ । त्यसै व्रतको प्रभावस्वरूप प्रभुले सागरमा पुल हाल्नुभयो र [[रावण]]को वध गर्नुभयो । [[त्रेता युग]]मा जब भगवान [[विष्णु]]ले रामको अवतार ग्रहण गर्नुभयो, त्यसबेला वहाकी पत्नी सीतालाई राक्षसराज रावणले अपहरण गरेर लग्यो । जब रामले थाहा पाउनुभयो कि सीता माता लंकामा हुनुहुन्छ, वहा [[बाँदर]]को सेना साथमा लिई लंका तर्फ प्रस्थान गर्नुभयो । तर बाटोमा समुद्र थियो, त्यसैले रोकिनु पर्‍यो । वहाले समुद्र तर्ने कुनै उपाय नभेट्दा लक्ष्मनसित यस समस्याको हल के छ भनी सोध्नुभयो । [[लक्ष्मण]]ले उत्तर दिनुभयो- यहांबाट आधा योजन टाढा परम ज्ञानी वकदाल्भ्य मुनिको आश्रम छ, हामीले ऋषिसंगै यस समस्याको हल खोज्नुपर्छ । भगवान श्रीराम लक्ष्मण समेत वकदाल्भ्य मुनिको आश्रममा पुग्नुभयो र उनलाई प्रणाम गरेर आफ्नो प्रश्न ऋषिसमक्ष प्रस्तुत गर्नुभयो । मुनिले आज्ञा गर्नुभयो- हे राम ! हजुर आफ्नो सेना समेत भएर फाल्गुण महिनाको कृष्णपक्षको एकादशीको व्रत लिनुहोस । यस एकादशीको व्रतको प्रभावले हजुरले निश्चितरूपमा समुद्र तरेर रावणलाई पराजित गर्नु हुनेछ । श्रीरामले मुनिको निर्देशनबमोजिम आफ्ना सेनासमेत एकादशीको व्रत लिनुभयो र सागरमा पुलको निर्माण गरी लंकामा आक्रमण गर्नुभयो । राम र रावणको अद्वितीय युद्ध भयो जसमा रावण मारियो ।
==यो पनि हेर्नुहोस्==
 
"https://ne.wikipedia.org/wiki/विजया_एकादशी" बाट अनुप्रेषित