"एकसिङ्गे गैँडा" का संशोधनहरू बिचको अन्तर

सा सामग्री थप
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १३:
| range_map_caption = एकसिङ्गे गैँडाको वासस्थान दायरा
}}
'''एकसिङ्गे गैँडा''' ([[द्विपदीय नामकरण पद्धति|वैज्ञानिक नाम]]: ''Rhinoceros unicornis'')<ref name = "col728">Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing</ref><ref name = "col734"> (1998) , website, Mammal Species of the World</ref><ref name = "col738">Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World</ref><ref name = "col3253"> (2001) , website, U. S. Fish and Wildlife Service Endangered Species Program-05/01</ref> [[नेपाल]] र [[भारत]]मा मात्र पाइने [[गैँडा]]को असुरक्षित प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार [[अफ्रिका]] महादेशमा पाइने [[सेतो गैँडा]]को जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ। प्राचीन समयमा एकसिङ्गे गैँडा [[पाकिस्तान]], [[चीन]], [[नेपाल]] र [[भारत]] लगायत [[म्यानमार]]को केही भूभागमा समेत पाइने गर्थ्यो। हाल यो नेपाल र भारतका केही भागमा मात्र पाउने गर्दछ। यो विश्वको चौथौ सबैभन्दा ठूलो जलीय जीव हो। वर्तमान समयमा यो जीव आफ्नो आवासीय क्षेत्र फडानी, चोरी सिकारीको कारण सङ्कटग्रस्त स्थितिमा रहेको छ। नेपालको भित्री मधेश भनेर चिनिने [[चितवन जिल्ला]]मा रहेको [[चितवन राष्ट्रिय निकुञ्ज]] एकसिङ्गे गैँडाको लागि प्रसिद्ध छ। चितवन लगायत यो जीव [[भारत]]को पूर्वी राज्य [[आसाम|असम]] र नेपालको तराईका केही संरक्षित क्षेत्रहरूमा पाइन्छ। यस जीवको सङ्ख्या हिमालयको तल्लो क्षेत्रदेखि नदी भएको वन्यक्षेत्रहरूसम्म सीमित रहेको छ।
 
==वर्गीकरण==
पङ्क्ति २०:
 
==विकास क्रम==
प्राचीन समयमा एकसिङ्गे गैँडा [[भारतीय उपमहाद्वीप]]को सम्पूर्ण उत्तरी क्षेत्रमा पाइने गरिन्थ्यो जसलाई त्यससमयमा [[सिन्धु-गङ्गा-ब्रह्मपुत्रको मैदान]] भन्ने गरिएको थियो। यो जीव सिन्धु, गङ्गा तथा ब्रह्मपुत्र नदी बग्ने मैदानी क्षेत्रहरू, [[पाकिस्तान]], [[भारत]], [[नेपाल]], [[बङ्गलादेश]], [[भुटान]] लगायत [[म्यानमार]]को सीमा क्षेत्रसम्म पाइने गरिन्थ्यो। यो प्रजाति दक्षिणी [[चीन]] तथा भारतीय चीन सीमासँग जोडिएको केही क्षेत्रमा समेत हुनसक्ने अनुमान गरिएको छ जुन हालसम्म प्रमाणित हुन सकेको छैन। एकसिङ्गे गैँडालाई सन् १६०० ताका उत्तर-पश्चिमी भारत र पाकिस्तानमा सजिलै हेर्न सकिन्थ्यो तर सन् १६०० देखि सन् १९०० सम्म यसको वासस्थान दायरालाई मासिने क्रम द्रुत गतिले बढेको कारण यसको सङ्ख्या असमान रूपले घटेको थियो। वर्तमान समयमा [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची|आइयुसिएनको रातो सूची]]मा यो प्रजातिलाई असुरक्षित श्रेणीमा राखिएको छ।<ref name="iucn"/>
 
एउटा विश्वव्यापी सर्वेक्षणको अनुमान अनुसार आज जङ्गली अवस्थामा मात्रै ३००० भन्दा केही बढी सङ्ख्यामा एकसिङ्गे गैँडा रहेको छ। भारतको [[आसाम|असम]]मा रहेको [[काजिरङ्गा राष्ट्रिय निकुञ्ज]]मा १,८५५<ref>Medhi, A., Saha, A. K. (2014). Land Cover Change and Rhino Habitat Mapping of Kaziranga National Park, Assam. In: Singh, M. Singh, R. B., Hassan, M. I. (eds.) Climate Change and Biodiversity. Proceedings of IGU Rohtak Conference, Vol. 1, Part II. Springer Japan.Pp. 125–138.</ref> र नेपालको [[चितवन राष्ट्रिय निकुञ्ज]]मा ६०५ वटा एकसिङ्गे गैँडा रहेको तथ्यांङ्क छ।<ref>{{Cite web |url=https://www.bbc.com/nepali/news-45205476 |title=एक वर्षमै के कारण मरे २६ गैँडा |date=2018-08-16 |website=बिबिसी समाचार नेपाली |language=नेपाली |accessdate=2020-09-18}}</ref>
 
==तस्विर सङ्ग्रह==