"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५७:
 
===पश्चिम नेपाल===
[[दैलेख जिल्ला|दैलेख]] लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर संक्रान्तिलाई '''चेलीत्यार''' भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा [[तरुल]] खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर ([[सेल रोटी|सेलरोटी]]), पकाएर पहिले [[काग]]को लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ । राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ । गाउँका बुढा बुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रात भर कसैले [[देउडाडेउडा गीत|देउडा]] लगायत विभिन्न नाचगान गर्छन् भने कसैले [[गाउँ खाने कथा]], दन्तेकथा गरेर रात काट्छन् । बिहान भएपछी नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । कागलाई बोलाउँदा केटाकेटीहरू "कौवा का का, बाबर खा खा" भनेर बोलाउछन् । त्यस पछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँडेने चलन छ । माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ । यदी मकर संक्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिना भित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुगाउने चलन छ । चेलीहरू पनि माघको महिना माइतीहरू आउने बाटो हेर्दछन् । यस्तै भारतको [[कुमाउँ]]मा यस पर्वला '''घुघुती को त्यार''' भनिन्छ । घुघुती भनेको एक प्रकारको परिकार हो । गहुँको पिठोलाई गुडको पानिमा मुछेर घुघुती बनाएर घाममा सुकाइन्छ । राति घुघुतीलाई तेलमा तलेर पकाइन्छ । यहाँ पनि पश्चिम नेपाल जस्तै बिहान कागलाई बोलाएर घुघुती खान दिने चलन छ ।
 
====रिडी====