"रोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
रोमन साम्राज्य [[रोमन गणतन्त्र]]को परवर्ती थियो। अक्टेवियन ले [[जूलियस सिजर]] र सबै सन्तानलाई मारे र उसले मार्क एन्टोनीलाई पनि पराजित गरे। त्यसपछि मार्कले आत्महत्या गरे। यसपछि अक्टेवियनलाई रोमन सिनेटले अगस्टस नाम प्रदान गर्यो। उनी अगस्टस सिजरको नाममा सत्तासीन भए। त्यसपछि सिजर नाम एक पारिवारिक उपनाम भन्दा माथी एक पदवी स्वरूपको नाम बन्न पुग्यो। यसैबाट निस्केको शब्द जार (रुस मा) र कैजर (जर्मनी र टर्की) मा अझै पनि विद्यमान छ।
 
[[गृहयुद्ध]]को कारण रोमन प्रान्त (लिजन )हरूको सङ्ख्या ५० बाट घटाएर २८ सम्म मा सिमित गरिएको थियो । जुन जुन प्रान्तको वफादारीमा सन्देह/ शंका थियो उसलाई साम्राज्य बाट सिधै निकालियो। डेन्युब र [[एल्बे नदि]]मा आफ्नो सिमा तय गर्ने को लागि अक्टेवियन (अगस्टस) ले इल्लीरिया, मोएसिया, पैन्नोनिया र जर्मेनिया माथि आक्ररमण गर्ने आदेश दिए । उनको प्रयासले राइन र [[डेन्युब नदिनदी|डेन्युब नदि]] उत्तरमा साम्राज्यको सिमा बन्यो।
 
अगस्टस पछी टाइबेरियस सत्तारूढ भए। उनी जूलियस को तेश्रो पत्नीको पहिलो बिबाहबाट जन्मेका पुत्र थिए । उनको शासन शान्तिपूर्ण रह्यो । उनीपछी कैलिगुला आए जसको सन् ४१ मा हत्या गरियो। परिवारको एक मात्र उत्तराधिकारी क्लाउडियस शासक बने । सन् ४३ मा उनले ब्रिटेन (दक्षिणार्ध)लाई रोमन उपनिवेश बनाए । त्यसपछि निरो सत्तासिन भए जसले सन् ५८-६३ को बीच पर्सियन ([[फारसी साम्राज्य]]) को साथ सफलता पूर्वक शान्ति सम्झौता गरे। निरो रोममा लागेको एक आगो को कारण प्रसिद्ध थिए । भनिन्छ कि सन् ६४ मा जब रोम आगो मा जलिरहेको थियो तब उनी बाँसुरी बजाउन व्यस्त थिए । सन् ६८ मा उनले आत्महत्या को लागि बाध्केय हुन पर्यो। सन् ६८-६९ सम्म रोम मा अराजकता छायो र गृहयुद्ध भयो । सन् ६९-९६ सम्म फ्लाव वंशको शासन आयो । पहिलो शासक वेस्पेसियन ले स्पेन मा कयौं सुधार कार्यक्रम चलाए। उनले [[कोलोसियम]] (एम्फीथियेटरम् फ्लावियन) को निर्माण को आधारशिला पनि राखे ।