"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
 
पङ्क्ति ५:
 
== परिचय ==
Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इकृतिहरूलाई रोमान्स भानिन्थियो । यस्ता कृतिहरू हल्का, घटिया, असत्य र काल्पनिक हुन्थे । त्यसपछि प्रचीन फ्रान्सेली भाषामा romanz शब्दको प्रयोग पल्पित, असम्भव, वीरतापूर्ण, प्रेमविषयक [[उपन्यास]] वा कलाका लागि गर्न थालिएको देखिन्छ । [[सत्रौ]] शताब्दीको [[बेलायत]]मा पनि यसको प्रयोग कल्पनाप्रधान, हीन तथा असत्यकै सन्दर्भमा भएको पाइन्छ । [[अठारौ]] [[शताब्दी]]मा प्रथम पटक यसको अर्थ भावुकता, चारुत्व, रमणीयता, रोचकता तथा कल्पनाले युक्त रचनाहरूका लागि गरिएको देखिन्छ । स्वच्छन्दतावादका अनेक परिभाषा पाइन्छन् । तिनमध्ये केही परिभाषा यसप्रकार छन् :
 
# अङ्ग्रेजी साहित्यका आधुनिक इतिहासकार एमिल लेगुर्इ तथा कजामिया - ''परम्परावादी कलाका विरुद्ध नवान्मेषकारी सौन्दर्य शास्त्रीय सिद्धान्त नै स्वच्छन्दतावाद हो'' ।
पङ्क्ति १२:
 
== प्रवर्तन र विकास ==
स्वच्छदतावादमा जर्मन आत्मवादि तथा भाववादी दर्शनको गहिरा प्रभाव परेको देखिन्छ । यस दर्शनका प्रवर्तक हिगेल र सिलर मानिन्छन् । हिगेलका अनुसार साहित्य सिर्जनाको प्रक्रिया जडबाट चेतनतिरको यात्रा हो र चेतन वा बुद्धि अमूर्त, सार्वभौम, विशुद्ध र परम चैतन्यमय हुन्छ । हेगेलले स्वछन्दतालार्इस्वछन्दतालाई [[भौतिकवाद]]माथि आत्मवादको विजय मानेका छन् ।
 
स्वच्छन्दतावादमा फ्रान्सेली क्रान्ति (१७८९) को पनि उत्तिकै गहिरो प्रभाव परेको छ । ज्याँ ज्याक रुसोका विचारधाराले एकातिर क्रान्तिका लागि सहयोगी वातावरण तयार पार्न सक्रिय भूमिका निर्वाह गरेको पाइन्छ भने अर्कातिर स्वच्छन्दतावादी सर्जकहरूलार्इसर्जकहरूलाई बौद्धिक, सैद्धान्तिक र भावनात्मक रूपमा प्रभाव पारेको देखिन्छ । अमेरिका र बेलायतमा यसको विकास तीव्र रूपमा भएको छ । बेलायतमा स्वच्छन्दतावादी कविहरूको दुर्इ पुस्ताले यस विचार धाराको संवर्द्धन गरेको देखिन्छ । पहिलो पुस्ताका [[विलियम ब्लेक]], [[विलियम वर्डस्वर्थ]], कलरिज, समालोचक चार्ल्स ल्याम्ब उपन्यासकार [[जेन अस्टिन]], [[वाल्टर स्कट]] आदि र दोस्रो पुस्ताका लर्ड वाइन, जर्ज गर्डन, [[म्यारी सेली|सेली]], [[जोन किट्स]] तथा गद्य लेखक विलियम ह्याज्लिट आदिको महत्त्वपूर्ण भूमिका रहेको छ ।
 
== विकासका चरणहरू ==
स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेको देखिन्छ । लगभग तिन दशकको यसको समयावधिलार्इसमयावधिलाई निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
=== पहिलो चरण ===
यस चरणलार्इचरणलाई पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठारौँ शताब्दीको मध्यतिर अङ्ग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको मानिन्छ ।
यस अवधिका वर्न्स, पर्सी, वार्टन आदिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको छ ।
 
=== दोस्रो चरण ===
साहित्यमा स्वच्छन्दतावादको खास प्रवर्तन '''Lyrical Ballads''' (१७९८)बाट सुरु भएको देखिन्छ । सन् १८०० मा प्रकाशित यसको भूमिकालार्इभूमिकालाई स्वच्छन्दतावादको घोषणा पत्र मानिन्छ । यस धाराको प्रतिनिधित्व बेलायतमा विलियम ब्लेक, वर्डस्वर्थ, कलरिज आदिले गरेको देखिन्छ भने अमेरिकामा राल्फ वाल्डो, इमरसन, एडगर एलेन पो आदिले गरेको पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादको प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा पश्चिमी साहित्यमा स्वच्छन्दतावादको अधिक प्रभाव कवितामा परेको देखिन्छ ।
 
== प्रमुख मान्यता ==
स्वच्छन्दतावादका प्रमुख मान्यतालार्इमान्यतालाई मोटामोटी रूपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ ः
 
# वैयक्तिकता : (स्वको अभिव्यञ्जना, व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुको अभिव्यक्ति) ।
पङ्क्ति ३८:
 
== नेपाली साहित्यमा स्वच्छन्दतावादको प्रयोग ==
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको प्रवेश वि.सं.१९९१ मा भएको हो । [[परिष्कारवाद]]को विपरित रूपमा आएको यो प्रवृत्ति [[नेपाली साहित्य]]मा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेको देखिन्छ । यसको प्रथम प्रयोग नेपाली कविताबाट भएको पाइन्छ । यसका प्रथम प्रयोक्ता [[लक्ष्मीप्रसाद देवकोटा|लक्ष्मीप्रसाद]] देवकोटा हुन्, त्यसैले उनलार्इउनलाई नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको प्रवर्तक मानिन्छ ।
 
यस प्रवृत्तिलार्इप्रवृत्तिलाई अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकोटा, [[सिद्धिचरण श्रेष्ठ]], [[युद्धप्रसाद मिश्र]], [[गोपाल प्रसाद रिमाल|गोपालप्रसाद रिमाल]], [[केदारमान व्यथित]], [[हरिभक्त कटुवाल]], अमरसिंह गिरी आदी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।
 
साहित्यको गद्य विधातर्फ विशेष गरी आख्यानमा स्वच्छन्दतावादले स्थान पाएको देखिन्छ । रूपनारायण सिंहको भ्रमर उपन्यास (१९९३) को प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेको हो । यस प्रवृत्तिलार्इप्रवृत्तिलाई अंगाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इराई रसिक, शिवकुमार रार्इराई, कृष्णसिंह मोक्तान, रवीन्द्र मोक्तान, [[भवानी भिक्षु]] आदि प्रमुख रूपमा रहेका खेखिन्छन् ।
 
परिष्कारवादी नियमको कठोर बन्धनलार्इबन्धनलाई पन्छाएर अघि बढेको स्वच्छन्दतावादी अवधिलार्इअवधिलाई नेपाली साहित्यको स्वर्णयुग मानिन्छ । <ref>जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाण्डौ : साझा प्रकाशन</ref>
 
==सन्दर्भ सामग्रीहरू==