"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ३५:
बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये [[छन्द]], रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :
====छन्दविधान====
छन्द ग्रिक शब्द metronबाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।<ref>लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), '''[[कविता]] सिद्धान्त र नेपाली कविताको इतिहास''', काठमाडौँ : [[नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान]]</ref> यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इरूपविधानलाई भाषिक ढाँचा भजिन्छ भने उस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इनियमसमूहलाई काव्यशास्त्रले '''छन्द'''को संज्ञा दिएको छ (शर्मा ...पूर्ववत्)।<ref>शर्मा, ----- (२०५५:१९), '''समकालीन समालोचना सिद्धान्त र प्रयोग''', काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान </ref> यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।
=====भानुभक्तीय रामायणमा छन्द=====
नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºनाआफ्ना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् ।
भानुभक्त आचार्यले अध्यात्म रामायणमा अत्यधिक प्रयोग भएको अनुष्टुप् छन्दको प्रयोग नगरी उनका पूर्ववर्ती वसन्त जैसीले प्रयोग गरेको '''शार्दूलविक्रीडित''' छन्द र उनी स्वयंले बालक कालमा प्रयोग गरेको शिखरिणी छन्दलाई अधिकतम प्रयोगमा ल्याएका छन् । यी दुईमा पनि सबैभन्दा धेरै ठाउँमा र सबैभन्दा धेरै श्लोकहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ । यो छन्द नेपालीहरूको जनजिब्रामा टाँसिएको अत्यन्त लोकप्रिय छन्दका रूपमा परिचित छ । रामायणलाई मुखाग्र गरेर मेला–पात, भात–भान्सा, ढिकी–जाँतो, बिहा–बटुलो, पूजा–आजाका अवसरमा यत्रतत्र सर्वत्र गाइएको र गाइने यस छन्दलाई छन्दको राजा मान्न सकिन्छ । गणका रूपमा म स ज स त त गुरु हुने उन्नाइस अक्षरे यस छन्दका प्रत्येक पाउको सातौँ र बाह्रौँ अक्षरमा विश्राम हुन्छ । रामायण महात्म्य, राम–वशिष्ठ सम्बाद, बालकाण्ड र अयोध्याकाण्डका विभिन्न प्रसङ्ग, तथा अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड एवं उत्तरकाण्डका विविध प्रसङ्गमा समेत यस छन्दको प्रयोग भएको पाइन्छ । यसरी हेर्दा भानुभक्तीय रामायणमा शार्दूलविक्रीडित छन्दको प्रयोग अधिकतम रूपमा भएको देखिन्छ ।
यस रामायणमा प्रयोग भएको दोस्रो छन्द '''शिखरिणी''' हो । यो कुरा माथि पनि भनिएको छ । सत्र अक्षरको एक पाउ हुने, गणमा य म न स भ लघु–गुरु हुने र छैटौँ र एघारौँ अक्षरमा विश्राम हुने यो छन्द बालकाण्डको राम–कौशल्या संवादमा र अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, युद्धकाण्ड जस्ता काण्डहरूमा आंशिक रूपमा प्रयोग भएको पाइन्छ । यस छन्दले काव्यलाई अति रुचिकर बनाउँनाका साथै सरसता पनि प्रदान गर्दछ । धेरैजसो करुणरसप्रधान घटनाहरूमा यसको प्रयोग भएको छ । यसको एउटा उदाहरण यसप्रकार छ—
पङ्क्ति ९२:
:रांरांरां यति मात्र बोलि रहँदी देख्या र साना भई ।
:पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ।।<ref>आचार्य, भानुभक्त {सं.बाबु सोमनाथजी (२०४६)} '''भानुभक्तीय रामायण''', वाराणसी(भारत) : जय नेपाल प्रकाशन</ref>
भरतको विलाप र मिलाप, दशरथको मनोदशा; कौशल्या, तारा र मन्दोदरीको मनोभावको प्रसङ्गमा कविले करुण रसमा आºनोआफ्नो अभिव्इक्ति दिएका छन् । भयानक, वीभत्स,अद्भूत र वत्सल रस पनि काव्यमा यत्रतत्र पाउन सकिन्छ । कतैकतै हास्य रसको झलक पनि अनुभव गर्न पाइन्छ । समग्रमा भक्तिरस, करुणरस र वीररस मूल रसका रूपमा र अन्य रसहरू सहायक रसका रूपमा रहेका पाइन्छन् ।
=====रामचरितमानसमा रस=====
अशोक वाटिकामा हनुमान्ले भेटेकी सीताको करुण अवस्थाको वर्णन तुलसीदासले यस प्रकार गरेका छन्—
पङ्क्ति १००:
:उपर्युक्त उदाहरणमा करुण रस र भक्ति रस दुबै समाहित छन् । यस रामायणमा पनि भानुभक्तीय रामायणमा झैँ विभिन्न रसको परिपाक भएको छ । यसमा अङ्गी रस कुन हो ? भन्नेबारे दुई मत हुन सक्छन् । कसैले यसलाई वीरगाथा मानी वीररस नै अङ्गी हो भन्न सक्छ र कसैले भक्तिरसलाई प्रधानता दिन सक्छ । भक्ति रसका निमित्त अपेक्षित मानिने रागात्मक तल्लीनता यहाँ प्रचूर मात्रामा रहेकाले यो रामायण भक्ति रसमा आप्लावित छ भन्दा फरक नपर्ला । किनभने यो रामायण पढेर अन्ततः जाग्रित हुने भाव भनेको रामभक्ति नै हो । नवरसकै समायोजन भएको प्रस्तुत रामायण भक्तिरसमा पूर्णतः आप्लवित छ भन्न सकिनछ ।
====अलङ्कारविधान====
काव्यका सन्दर्भमा '''अलङ्कार''' शब्दको तात्पर्य काव्यको गहना वा आभूषण हो । काव्यमा गहना भनेको भाषागत काव्यसौन्दर्य हो । अर्थात् काव्यको शोभा गराउने धर्मलार्इधर्मलाई अलङ्कार भनिन्छ । <ref> व्याख्याकार मिश्र, रामचन्द्र (सन् १९८४ तृ.सं.), '''काव्यादर्श''', वाराणसी : चौखम्बा विद्या भवन </ref>यो काव्य वा साहित्यको अभिव्यक्ति पक्षसँग सम्बतन्धित शिल्प–सौन्दर्यको चमत्कृति प्रदान गर्ने तत्त्व हो तर कतिपय सन्दर्भमा साहित्यका रसध्वनि जस्ता आन्तरिक तत्त्वसँग पनि अभेद्य रूपमा संश्लिष्ट भएर देखा पर्न सक्ने प्रवृत्ति यसमा हुन्छ ।
=====भानुभक्तीय रामायणमा अलङ्कार=====
अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—
पङ्क्ति ११४:
:कौसल्या दशरथ्जिलाई रिसले वाक्–वाण् बजारिन् तसै <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : अरण्यकाण्ड १६),......पूर्ववत्</ref>।।
=====रामचरितमानसमा अलङ्कार=====
तुलसीदास यस्ता व्यक्ति हुन्, जसले राम–नाम, राम–प्रताप, राम–महिमा, राम–कीर्ति, राम–चरित्र जस्ता कुराको वर्णन गर्नु नै आºनोआफ्नो काव्यलक्ष्य मानेका छन्; तर यसो हुँदाहुँदै पनि रामचरितमानसमा काव्य–कलाका सम्पूर्ण तत्त्वको सहज सन्निवेश रहेको देख्न सकिनछ । शब्दचयन, वाक्यसंघटन, उक्ति तथा मुहावराको सुन्दर प्रयोग, भावानुकूल भाषाको प्रयोग, संवाद–योजना, अलङ्कार–योजना आदि सवै दृष्टिबाट प्रस्तुत काव्य बेजोड देखिन्छ । अलङ्कार प्रयोगमा चाहे उपमा होस् या रूपक, उत्पे्रक्षा होस् या निदर्शना, सहोक्ति होस् या विनोक्ति, उदाहरण होस् या दृष्टान्त, मानस महाकाव्य सबैमा अनुपम रहेको थाहा पाइन्छ । मानसमा प्रयुक्त अलङ्कारमध्ये रूपक अलङ्कारको एउटा सुन्दर दृष्टान्त हेरौँ :
:रामकथा सुन्दर कर तारी । संशय विहग उडाव निहारी ।।
:रामकथा कलि विटप कुठारी । सादर सुनु गिरिराजकुमारी <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : बालकाण्ड ११३/१),......पूर्ववत्</ref>।।