== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवाःहरूको मातृभाषामात्र होइन यो भाषा उपत्यकाका राज्यहरूमा प्रचलनमा रहेको राष्ट्रिय भाषा हो यसलाई नेपालभाषा पनि भनिन्छ । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवाः बोलीचालीको भाषामा नेवाःभाय् भन्छन् जसको अर्थ नेवाः भाषा हो । तर, नेवारी भन्ने शब्द यो समुदायले मन पराउँदैन । कीनकी नेवाः जात नभएर समुदाय हो । जसरी तामाङ समुदायको भाषालार्इभाषालाई तामाङी, गुरूङ समुदायको भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवाः समुदायको भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायको छ । जातको नाम नेवार, नेवार भाषाको आैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११ झिछ(सान्हछि), १२ झिनि, १३ झिस्व, १४ झिप्य, २० नी, २१ नीछि, ३० स्वी, ३१ स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।
==यो पनि हेर्नुहोस्==
|