"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २०:
यिनीहरूको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरू cetaceans (व्हेल, सोंस आदि) सँग जोडिएका छन, जसबाट यिनीहरू लगभग ५५ करोड वर्ष पहिले छुट्टिएका थिए। व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरूबाट लगभग ६० करोड वर्ष पहिले विभाजित भएका थिए।
 
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ। जलगैंडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखि ९ टन) र सेतो [[गैँडा|गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो। यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ। जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ। जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरू मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रूपमा चिनिन्छ। [[जाम्बिया]] (४०,००)तथा [[तान्जनिया|तान्जानिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रिका]]को [[:en:Sub-Saharan Africa|सब-साहारन]] क्षेत्रमा १२५,०० देखि १५०,००को संख्यामा जलगैंडाहरू रहेको अनुमान गरीएको छ। तापनि [[वासस्थान]]को अभाव र [[मासु]] तथा बहुमुल्य [[दाँत]]को लागि जलगैंडाको शिकारका कारण यिनीहरू खतरामा परेका छन।
 
== स्वरूप ==
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित