"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एशिया]]मा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरु समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन ।
 
यसका प्राय सबै प्रजातिहरुलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ । हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरु फेला परेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।
 
 
== स्वरुप ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, मुख र कान कालो रंगको हुन्छ । साथै केहि प्रजातिको हात तथा खुट्टाहरु पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुको आकार उत्तरी क्षेत्रका लंगुरहरुको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठुलो लंगुर मानिएको छ ।
 
== वासस्थान ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/92551" बाट अनुप्रेषित