"हरिवंश पर्व" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६:
विष्णु पर्व (९१ २६-३५)मा वसुदेवका अश्वमेघ यज्ञका अवसरमा भद्र नामक नटको आफ्नो अभिनयद्वारा ऋषिहरूलाई तुष्ट गर्नु वर्णित छ। यसै नटका साथ प्रद्युम्न, सांब आदि वज्रनाभपुरमा गएर आफ्नो कुशल अभिनयद्वारा वहाँ दैत्यहरूको मनोरंजन गर्दछन्। यहाँमा "रामायण" नामक उद्देश्य र "कौबेर रम्भाभिसार" नामक प्रकरणका अभिनयको विशद वर्णन भएको छ।
 
हापकिंसले हरिवंशलाई महाभारतको अर्वाचीनतम पर्व मानेको छ। हाजराले रासका आधारमा हरिवंशलाई चतुर्थ शताब्दीको पुराण बताएकाछन्। विष्णु र भागवतको काल हाजराले क्रमश: पाँचौं शताब्दी तथा छैटौंछैटौँ शताब्दी निश्चित गरेकोछ। श्री दीक्षितका अनुसार मत्स्यपुराणको काल तृतीय शताब्दी हो। कृष्णचरित्र, रजिको वृत्तान्त तथा अन्य वृत्तान्तहरूसित तुलना गर्दा हरिवंश यी पुराणहरू भन्दा पूर्ववर्ती निश्चित हुन्छ। अतएव हरिवंशका विष्णुपर्व र भविष्यपर्वलाई तृतीय शताब्दीको मान्न सकिन्छ।
 
हरिवंशका अन्तर्गत हरिवंशपर्व शैली र वृत्तान्तहरूको दृष्टिले विष्णुपर्व र भविष्यपर्व भन्दा प्राचीन ज्ञात हुन्छ। अश्वघोषकृत वज्रसूचीमा हरिवंशसित अक्षरश: समानता राख्ने केही श्लोक मिल्दछन्। पाश्चात्य विद्वान् वैबरले वज्रसूचीलाई हरिवंशको ऋणी मानेको छ र रे चौधरीले तिनको मतको समर्थन गरेका छन्। अश्वघोषको काल लगभग द्वितीय शताब्दी निश्चित छ। यदि अश्वघोषको काल द्वितीय शताब्दी हो भनें हरिवंशपर्वको काल प्रक्षिप्त स्थलहरूलाई छोडेर द्वितीय शताब्दी भन्दा केही पहिला बुझ्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/हरिवंश_पर्व" बाट अनुप्रेषित