"शान्ता थपलिया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-चौंथो +चौँथो)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६:
== शिक्षा र कानुनी सेवा ==
थपलियाले [[क्यालिफोर्निया विश्वविद्यालय]]बाट एलएलएम र [[दिल्ली विश्वविद्यालय]]बाट विद्यावारिधि गरेकी थिइन्। उनले नेपाल ल क्याम्पसमा साढे तीन दशक अध्यापन पनि गरेकी थिइन्। मानव अधिकार संरक्षणमा गहिरो अभिरुचि भएकी थपलियाले नेपाल न्यायिक प्रतिष्ठान, प्रहरी सुधार तथा सुझाव आयोग, [[त्रिभुवन विश्वविद्यालय]]को प्राज्ञिक परिषद्लगायत संघसंस्थाको सदस्य भएर पनि काम गरेकी थिइन्। थपलिया सार्क क्षेत्रीय महिला अधिकार समितिमा पनि सदस्य थिइन्।
उनले नेपालको पारिवारिक कानुन, महिलाको सम्पत्तिमाथिको अधिकार, महिला अधिकारलगायत क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएकी छन्। मुलुकी ऐन ११ औंऔँ संशोधनको मस्यौदा उनैले तयार पारेकी थिइन्। छोरीले पनि अंश पाउने कानुन बनाउन उनले सरकारलाई निकै ठूलो दबाब दिएकी थिइन्।
मानव अधिकारको संरक्षण र विपतमा परेका महिलाको कानुनी सहायतामा सक्रिय रूपले लागेकी थपलिया उनले २०४३मा [[कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक)]]को स्थापना गरेकी थिइन्।
सयौं असहाय महिलालाई कानुनी सहायता प्रदान गरेकी थपलियाले आफू काम गर्न नसक्ने हालतमा पुगेको भन्दै आफ्नी छात्रा [[शशी अधिकारी]]लाई २०६७ भदौमा संस्थाको जिम्मेवारी सुम्पेकी थिइन्।