"रुकुमकोट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९६:
*''' देउरालि गुफा :''' स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारमा अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने विशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रूपमा बनेका मानिसका विभिन्न दैनिक क्रियाकलाप या विभिन्न देवि देवताका मूर्तिहरू हेर्न सकिन्छ,प्राकृतिक रूपमा बनेका यि मुर्तिहरू कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। यो गुफा भित्र ९ भन्दाबढि तलाहरू भएको र अनुशन्धानको कमिले गर्दा अहिले २ तला सम्म अवलोकन गर्न सकिन्छ। पहिले यो ठाँउमा वर्षको एक पटक ठूलो मेला लग्ने गर्दथ्यो। अहिले पनि चैते दशैको दिनमा ठूलो मेला लाग्ने गर्दछ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्त्वपूर्ण मानिन्छ।
 
* '''कमल दह ब्रहाजिको मन्दिर :''' यो मन्दिर एउटा नेपालका पुराना ऍतिहासिक मन्दिरहरू मध्ये एकको रूपमा लिन सकिन्छ। यो मन्दिरको इतिहासको बारेमा अझैपनि कुनैपनि खोजमूलक कार्य हुन सकिरहेकोछैन। स्थानिय बुद्दिजिविहरूका अनुसार यो मन्दिर १६ औंऔँ शताब्दि भन्दा पनि पुरानो भनेर भन्नेगरिन्छ तर आधिकरिक पुष्टि हुंनभने बांकिनै छ। यो मन्दिरमा गएर पुजा गरी भाकल गरेमा चिताएको कुरा पुग्नेविश्वास गरिन्छ।
 
* '''सानी भेरी नदी :''' धौलागिरि हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ। बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा, जाङ्, नायगाड, रुकुमकोट, पोखरा,माछ्मी, गरायला हुदै ठुली भेरी नदी मिलेको छ। रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रूपमा रहेको छ। जहाँबाट राफ्टिनङ् गर्दै ठुली भेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ।
"https://ne.wikipedia.org/wiki/रुकुमकोट" बाट अनुप्रेषित