"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८३:
 
====रसविधान====
'''....रसो वै सः । रसो ह्येवायं लब्ध्वाऽऽनन्दी भवति''' । <ref>कल्याण उपनिषद् अङ्क ११ औंऔँ पुनर्मुद्रण (सं. २०६८ : ३४९), '''तैत्तिरीयोपनिषद् सप्तम अनुवाक्''', गोरखपुर,भारत : गीताप्रेस</ref>अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ) पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गर्ने अर्का विद्वान् हुन् । केही आचार्यहरूले भक्तिरसलाई शान्तरसभित्रै अन्तर्भाव गरेका छन् । <ref>नेपाली साहित्यकोश (२०५५ : ५४४/४५), '''भक्ति रस''', काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान</ref> अभिनवगुप्तले शान्तरसभित्र भक्तिरसलाई राखेर धृति, मति, स्मृति तथा उत्साहभित्र यसको अन्तर्भाव गरेका छन् भने आचार्य जगन्नाथले भक्तिरसको स्थायिभाव अनुराग र शान्तरसको स्थायिभाव वैराग्य वा निर्वेद भएकाले शान्तरसभित्र भक्तिरस अन्तर्भूत हुन सक्तैन भन्ने तर्क राखेका छन् । त्यसैले भक्तिरस र शान्तरस भिन्नभिन्न स्थयीभावको परिपाकमय अवस्था हुन् भन्न सकिन्छ।
<br />
निर्गुणोपासक र सगुणोपासक दुबै प्रकारका भक्तहरूले आआफ्ना हृदयको भावना आआफ्ना उपास्यप्रति व्यक्त गर्दै गरिएको रचनालाई भक्ति साहित्य भनिन्छ । यस्ता साहित्य पद्यात्मक र गद्यात्मक दुबै किसिमका हुन सक्छन् । यस्ता रचनाहरू साहित्यको उत्कर्षका लागि भन्दा पनि कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा सञ्चार गर्न प्रस्तुत गरिएका हन्छन् । मूलतः मानिसले किन र कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा नै भानुभक्तीय रामायण र रामचरितमानसको प्रमुख सन्देश रहेको पाइन्छ ।