"दुर्गा सप्तशती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति १५:
दुर्गा सप्तशतीको प्रथम अध्यायमा मेघाऋषिले राजा सुरथ र समाधिको प्रसङ्गमा भगवतीको महिमा बताइ मधु-कैटभ दानवको बध गरेको सुनाइएको प्रसङ्ग छ। दोस्रो अध्यायमा देवताहरूको तेजसमेतले देवीको प्रादुर्भाव र महिषासुरका सेनाका बधको कुरा उल्लेख छ। अध्याय तीनमा देवीबाट महिषासुर सेनापति र स्वयं महिषासुरको बधको सविस्तार वर्णन छ। अध्याय चारमा इन्द्र आदि देवताहरूद्वारा देवीको स्तुति गरिएको छ। अध्याय पाँचमा देवताहरूद्वारा चामुण्डाद्वारा देवी अम्बिकाको रूपको प्रशंसा सुनेर बिहेको प्रस्ताव साथ दूत पठाएको प्रसङ्ग छ। अध्याय छैठौँमा देवीद्वारा धुम्रलोचन बधको उल्लेख्य छ। अध्याय सातौँमा चण्ड र मुण्डको बध र अध्याय आठौँमा रक्तबीजको बध र सविस्तार उल्लेख छ। अध्याय नवौँमा निशुम्भको बध अध्याय दशौँमा शुम्भ बधको कुरा वणिर्त छ। एघारौँ अध्यायमा देवताहरूद्वारा देवीको स्तुति र देवीद्वारा देवताहरूलाई वरदान दिएको कुरा उल्लिखित छ। अध्याय बाह्रमा देवी चरित्रको पाठ -स्तुति) महात्म्य, अध्याय तेह्रमा राजा सुरथ र व्यापारी वैश्यलाई देवीबाट प्राप्त बरदानका बारेमा उल्लेख गरिएको छ।
 
दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा ४२, पाँचौँमा १२९, छैठौँमा २४, सातौँमा २७, आठौँमा ६२, नवौँमा ५६, दशौँमा ३२, एघारौँमा ५५, बाह्रौंँमाबाह्रौँँमा ७२, तेह्रांँमा २८ श्लोक रहेका छन्। यी श्लोकमध्ये मार्कण्डेयऋषिले भने, वैश्यले भने, राजाले भने ब्रहृमाले भने, भगवान्ले भने, देवीले भनिन्, देवताले भने, दूतले भन्यो ५४ श्लोकका विभिन्न अध्यायमा छन्। अर्द्धश्लोक विभिन्न अध्यायमा ४२ रहेका छन्।
 
दुर्गा सप्तशती उवाच-६, अर्द्धश्लोक-११, श्लोक-१२, एवं २९, श्लोक ५३२ अवरानादि ६६ गरी ७०१ श्लोक रहेका छन्। यसमा १ हरफे श्लोक पनि रहेका छन्।