"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा clean up, replaced: श्रृंखला → शृङ्खला (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ४५:
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे। त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो। त्यहाबाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ। तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ। ल्होका क्षेत्रमा चेताङ ठाउ नजिकचन्ताङ गोसी भन्ने डाँडा छ। पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो। गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे। उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए। पछि उनलाई नोचन ह्रोँले चिनियो। उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए। उनका सन्तानहरूलाई कोन्म थर भनियो।
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ। उता चनपो राजपरम्पराको ३३
तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो। त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ। जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ। वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ। मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ। पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्याई पितृसग लीन गराई दिनेहुन्छ।
|