"आलु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २०:
संस्कृतको बटाटाले '''आलु''' जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो। आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो। हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट'ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ। गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ।
 
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु। [[अफ्रिका]]देखि [[एसिया|एसिया]] अनि [[युरोप]]देखि [[संयुक्त राज्य अमेरिका|अमेरिका]]सम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौंसत्रौँ शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ। युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी [[इतिहास]]मा पाइन्छ। तर [[हिन्दू धर्म|हिन्दू]]को प्राचीन ग्रन्थ [[वेद]]मा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ।
 
आलु बहूउपयोगि [[कन्दमूल]] मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु [[विश्व]]भरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार [[तरकारी]]मै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।
"https://ne.wikipedia.org/wiki/आलु" बाट अनुप्रेषित