"ढुसी" का संशोधनहरू बिचको अन्तर

थप्दै {{बाट गाभ्ने}} चिनो (ट्विङ्कल)
(थप्दै {{मा गाभ्ने}} चिनो (ट्विङ्कल))
(थप्दै {{बाट गाभ्ने}} चिनो (ट्विङ्कल))
{{माबाट गाभ्ने|ढुसीढुुुुसी|discuss=Talk:ढुसी#गाभ्न प्रस्तावित→ ढुुुुसी लाई ढुसी|date=सेप्टेम्बर २०२०}}
[[चित्र:Fungi Diversity.jpg|thumb]]
{{DISPLAYTITLE:ढुसी}}
 
'''ढुसी''' ('''भुवा''', '''झुस''' वा '''ढुँडी''', अङ्ग्रेजी : Fungi) पशु र वन्स्पति वर्गमा नपर्ने, चीसो लागेर चीजबीज सड्दा उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको जीव हो । ढुसी फन्जाइ जगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् ।
'''ढुसी''' ([[अङ्ग्रेजी भाषा|अंग्रेजी भाषा]]: [[Fungi]]) एक प्रकारको कोष भित्ता भएको प्रकाश संम्सलेसण(Photosynthes) गर्न नसक्ने वनस्पति हो। यसमा [[हरितकण]] हुँदैन र यो आँखाले देख्न सकिने ठूलो [[च्याउ|च्याऊ]] देखि शुक्ष्म [[मर्चा]] तथा [[मोल्ड]]हरूको रूपमा पाइन्छ।
{{ठुटो}}
 
== जीवन चक्र==
[[श्रेणी:वनस्पतिहरू]]
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ। यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन्, आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा -हाइफा) भनिन्छ। धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (हाइफेलियम) बन्छ। यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली -स्पोरान्जिया) हुन्। अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन्। अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन्। जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाईहाल्छ।
__INDEX__
 
__NEWSECTIONLINK__
== महत्त्व ==
===मानव जीवन===
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि 'पेन्सिलियम नोटाटम' नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो। किनकि यो अनुसन्धानको परिणाम स्वरूप पेन्सिलिनको जन्म भयो जसलाई ''वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधि'' भन्ने नाम दिइएको छ। यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो। त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधि तयार पारिएका छन्। जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधि।
 
===खाद्य वस्तु ===
विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ-आफ्नै खालको स्वाद हुनुमा 'पेन्सिलियम' नामक ढुसीका विभिन्न प्रजातिको हात छ । कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ। 'बोट्राटिस सिनेरा' नामको ढुसीले अङ्गुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ। छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पुर्‍याउने काम पनि 'क्लाडोस्पोरियम सिल्लार' ढुसीले गर्छ। भात पकाएर १५/२० दिन छिप्पाएर राखेर बनाइने जाँड -छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ।
 
=== मानव स्वास्थ्य ===
 
केही वैगुणी ढुसीले लामो इतिहास बोकेका छन्। ईशापूर्व छैटौं शताब्दीमा अश्शुरीले आफ्ना शत्रुको इनारको पानीलाई विषालु बनाउन 'क्लाभिसेप्स पुर्पुरेआ' नामक ढुसी प्रयोग गर्थे। यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन। सन् ५०० देखि १,५०० सम्मको अवधिमा गहुँको एक प्रजातिमा ढुसीले गर्दा थुप्रै मानिसलाई छारे रोग, शरीर भतभती पोल्ने, शरीरको मासु कुहिने र मानसिक शक्ति गुमाउने रोगले सताएको थियो।
 
क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्त्व एफ्लाटाक्सिन हो तर यसको जननी पनि ढुसी नै हो एक अध्ययनअनुसार एसियाली मुलुकमा एफ्लाटाक्सिनको कारण बर्सेनि ५० हजारको मृत्यु हुने गर्दछ। दम जस्ता फोक्सोसम्बन्धी रोग हुने, एजर्जी भएका, रसायन प्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि एकैचोटि धेरै ढुसीको सम्पर्कमा आउने कृषकलाई भने यसले नराम्रो असर गर्न सक्छ। बालक र बूढाबूढीलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ। अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा छाति घ्यार घ्यार हुने, सास फेर्न गाह्रो देखिने, नाक बन्द हुने र पिनासले सताउने, आँखा पोल्ने, सुख्खा खोकी लाग्ने, नाक र घाँटी पोल्ने, छालामा डाबर देखिने वा चिलाउने आदी लक्षण देखिन सक्ने बताएका छन्।
==सन्दर्भ सामग्री ==
* [http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=1092&cat_id=29]:ढुसी के हो ? कसरी लाग्छ? त्रिचन्द्र प्रतीक्षा, युवामन्च मासिक २०६७ असार
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Commonscat|Fungi}}
[[श्रेणी:वनस्पतिहरूविज्ञान]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/923682" बाट अनुप्रेषित