"जीवनी" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार
चिनो: २०१७ स्रोत सम्पादन
Added links
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''जीवनी''' भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई '''जीवन चरित्र''' वा '''जीवन चरित''' पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ ।
 
जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गरेको हुन्छ । जीवनी लेख्ता [[दैनिकी]], [[चिठी]], अभिलेख, उसका साथीहरूको संस्मरण, उसका बारेका पुस्तकहरू, फोटा तथा तस्वीर र अन्तर्वार्ताबाट उससम्बन्धी आफूले प्राप्त गरेको ज्ञान आवश्यक पर्दछन् । यहाँ लेखिने जीवनी भनेको पनि महत्त्वपूर्ण व्यक्तिको जीवनी नै हो, जसका लागि आवश्यक बुँदा टिपोट गरिएको हुन्छ ।
 
जीवनीमा शङ्कास्पद अनुमान र अतिकाल्पनिक उडन्ते कुराहरू तथा तथ्य नै बिग्रने गरी भवनमा बगेर गरिएका अतिशयोक्तिपूर्ण मूल्याङ्कन औचित्य भने रहँदैन । व्यक्तिलाई आकाशमा पुर्याउन प्रयोग गरिने अनावश्यक विशेषणहरूले पनि जीवनीलाई खल्लो बनाउँछन् । यसमा त प्रमाणित सत्य कुरा प्रस्तुत गरी सौन्दर्यपूर्ण भाषामा वस्तुपरक विश्लेषण गर्नुपर्दछ ।
"https://ne.wikipedia.org/wiki/जीवनी" बाट अनुप्रेषित