"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : इन्कोडिङ मिलाउँदै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
* यदि तपाइँ घरभित्र हुनुहुन्छ भने भित्रै बस्नुहोस् । सजिलै फुट्न सक्ने र चोट लाग्न सक्ने चीज, सिसा, धारिला हतियारदेखि टाढा रहनुहोस् । भुईंचालोबाट बच्नका लागि घुँडा टेकी ,गुडुल्की मार्नुहोस् । टेबुलमुनि वा अन्य बचाउ गर्नसक्ने फर्निचरमुनि जानुहोस् र कम्पन नरोकिएसम्म यथास्थानमा रहनुहोस ।
 
* कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूूलाठूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
 
* यदि घरबाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल,सिसा,बोर्ड जस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनुहोस् । घुडा टेकेर बसी सुरक्षित रहनुहोस् ।
* यदि तपाइँ भित्र हुनुहुनछ भने नआत्तिनुहोस् आफुसँग भएको सिठ्ठीको प्रयोग गर्नुहोस् । सिठ्ठीको प्रयोग गर्नाले तपाइँको शक्ति बचाउन तथा तपाइँलाई सास फेर्न सजिलो गराउँछ । यदि तपाइँसँग सिठ्ठी छैन भने कुनै कडा सतहमा बेस्सरी हिर्काउनुहोस् ।
 
* सरसफाइको कमी वा दूूषितदूषित पानी र खानेकुराको सङ्क्रमणका कारणहरूले गर्दा झाडापखाला र हैजा जस्ता रोगहरू लाग्न सक्छ । झाडापखाला लाग्ने किटाणु दिसामा पाइन्छन् र त्यही खाना खाँदा मानिस बिरामी पर्छ । झाडापखाला लागेमा तारन्तर पातलो दिसा हुने, बान्ता हुने, पेट कटक्क काट्ने, ज्वरो आउने
 
* शरीरमा पानीको मात्रा कम हुने जस्ता लक्षणहरू देखिन्छन् । झाडापखाला ज्यादै कडा भएमा दिसामा रगत देखिन्छ ।
* निम्न लक्षणहरू देखा परेमा तुरुन्त नजीकको स्वास्थ्य संस्था, डाक्टर वा क्लिनिमा सम्पर्क राख्नुहोस्ः
 
** क.कडा झाडापखाला लागेमाः १ घण्टाभित्रमा तारन्तार पातलो दिसा भएमा, दिसामा रगत देखिएमा, बिरामीको आँखा गडेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने, शिशु सुस्त भएमा वा मूूर्छामूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा, ज्वरो आएमा
 
** ख. शिशुलाई २४ घण्टासम्म दिनको ३ पटक भन्दा बढी दिसा लागेमा
 
** ग. ठूूलाठूला मानिसहरूलाई ३ दिनसम्म ३ पटक भन्दा बढी दिसा लागेमा
 
* झाडापखाला लागेका शिशुलाई खाना ख्वाइरहनुपर्छ । बिरामी हुँदा भएको कमजोरीबाट तङ्गरिनकोे लागि र कम हुन गएको पोषणको भरपाइ गर्नका लागि बालबालिकालाई अरु बेला भन्दा बढी खाना र झोल पदार्थ दिनुहोस् । बालबालिकालाई झाडापखाला लागेमा अरु बेला भन्दा बढी आमाको दूध ख्वाइरहनुपर्छ । शिशुलाई साविकभन्दा बढी पटक स्तनपान गराउनुपर्छ ।
 
* जथाभावी खुला ठाउँमा दिसापिसाब गर्नुहुँदैन । चर्पीमा मात्र दिशा पिसाब गर्नुहोस् । दिसा गरेपछि साबुुनसाबुन पानीले राम्ररी हात धुनुहोस् । यसो गर्दा आफूूआफू र अरुलाई पनि रोग लाग्न र सार्नबाट बचाउन सकिन्छ।
 
* यदि चर्पी उपलव्ध नभएमा तोकिएको ठाउँमा खाडल खनेर दिसापिसाबलाई खाडलमा पुरिदिनुपर्छ । यस्तो खाडल घर र पानीको स्रोतबाट टाढा हुनुपर्छ शिशु/बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा हाल्नुहोस् वा खाडल खनेर त्यसमा हाली माटोले पुरिदिनुहोस्। चर्पी संधै सफा राख्नुहोस्।
** ख. बच्चालाई न्यानो पारी आमासँगै टाँसेर राख्ने
 
** ग.बच्चा जन्मिएको एक घण्टाभित्रमै आमाको दूूधदूध खुवाउने र ६ महिनासम्म आमाको दूूधदूध बाहेक अन्य कुनै थप खाना नदिने
 
** घ.शिशुको नाभीमा क्लोराहेक्साडिन बाहेक कृही पनि नलगाउनुने । यदि क्लोराहेक्साडिन नभए नाभी सुख्खा पारी राख्नुे ।
* दादुरा अत्यन्त छिटो सर्ने रोग हो र दादुराको खोप नलगाएका बालबाकिामा दादुरा चाँडै फैलन सक्ने सम्भावना हुन्छ । बालबालिकाहरूलाई दादुरा/रुबेला खोप अभियानमा खोप लगाउनुहोस् । यदि बालबालिकाहरूको शरीरमा बिमिराहरू देखिएमा तथा ज्वरो आएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुहोस् र बिरामीलाई सकेसम्म अरु बालबालिकाको नजिकमा नराख्नुहोस् ।नत्र दादुराको प्रकोप हुनसक्छ।
 
* भूूकम्पपछिभूकम्पपछि बालबालिका, किशोर किशोरी तथा परिवारका अन्य सदस्यहरूलाई, घटनाको बारम्बार झझल्को आइरहने, अत्याधिक तर्सिरहने, रिसाइ रहने, झर्को लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने वा निन्द्रामा तर्सिने, चिन्ता लागिरहने, बोलचाल नगरी चूूपचूप लागेर बसिरहने जस्ता लक्षणहरू देखापरेमा उनीहरूको कुरा सुनिदिने, उनीहरूसँग कुरा गनुपर्र्छ, ढाडस दिनुपर्छ,,बालबालिकालाई खेल्न र अरुसँग घुलमिल हुनदिनुपर्छ।
 
* धेरै मानिसहरूलाई छोटो समयमै आश्रय दिनका लागि पाल प्रभावकारी हुने भएकोले अहिले पालहरूको वितरण भैरहेको छ । यो उत्पादन गर्न ,किन्न ,ढुवानी गर्न तथा वितरण गर्न सजिलो हुन्छ ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/919115" बाट अनुप्रेषित