"पृथ्वीको वायुमण्डल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ६१:
समताप मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई मध्य मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ५० देखि ८० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो हुन्छ । यस तहमा उचाइ बढेअनुसार तापक्रम घट्दै जान्छ । यो सबैभन्दा चिसो तह हो । [[उल्का पिण्ड|उल्का]]बाट निस्केका तातो ग्यासका रेखाहरू यस तहमा देखिन्छन् । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई मेसोपज भनिन्छ । यस तहमा कडा बतास बहन्छ । यस्तो बतास हिउदमा पश्चिमबाट पूर्वतर्फ र वर्षायाममा पूर्वबाट पश्चिमतर्फ बहन्छ ।
===तापीय मण्डल===
मध्य मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई तापीय मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ८० देखि ७२० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो र हावा कम हुन्छ । यस तहमा सौर्य विकिरणको प्रभाव बढी पर्ने हुनाले उचाइ बढेअनुसार तापक्रम पनि बढ्दै जान्छ । यस तहको तल्लो भागमा नाइट्रोजन, अक्सिजन आदिका अणुहरू विच्छेदन भई परमाणु बन्छन् भने यसको माथिल्लो तहमा खासगरी [[हिलियम]] र [[हाइड्रोजन]] हुन्छन् । यस तहमा ग्यासका अणुहरू आयोनहरूमा परिणत हुने भएकाले यसलाई आयोनोस्फेयर भनिन्छ । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई थर्माेपजथर्मोपज भनिन्छ ।
[[चित्र:Top_of_Atmosphere.jpg|thumb|Toward the top of Earth's atmosphere]]