"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ३९:
यो सन्धी अनुसार [[सुगौली सन्धि|सुगौलि सन्धि]]मा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो । नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाइ भतिजा र राजकुमारहरु, र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्स ले पनि यहाँ सिकार खेल्न आएकोे ईतिहास पाइन्छ ।
 
ईष्ट इण्डिया कम्पनी (ब्रीटिश भारतिय सरकार) सँग [[नेपाल]]को बि.स. १९७७ अथवा (ई.सन् २३ अगस्त १९२०) मा शारदा सिंचाई परियोजना सम्वन्धि सम्झौता भयो । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए । ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन वि.स. १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालिन अंग्रेज सरकारका भारत स्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो । यो नहर बनाउदा तत्कालिन अंग्रेज सरकारका प्रमुख ईन्जिनियर मिष्टर एफ. एफ. बैन र मिष्टर बि.डी.ओ.डारले याहाँ काम गरेकाथिए । नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अंग्रेज सरकारले मो.रु ५००००/– पचाश हजार नेपाललाई क्षतिपुर्ति दिएको थियो । शारदा ब्रीज र नहरको निर्माण सु–सम्पन्नभैसके पछि अंग्रेजहरु लाई भारतमा थप रेलवे लाईन विस्तारका लागि रेलवेपटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भू–भागमा अकुत रूपमा उपलब्ध थियो । नेपालका प्रधानमन्त्रीहरु पनि नयाँमुलुकको जंगललाई फडानि गरी बस्ती अवाद गर्न चाहन्थे । कारण उति बेलाको राज्यकोषको मुख्य आम्दानी भनेकै जग्गाबाट प्राप्तहुने लगान (मालपोत) थियो । जो अहिलेको अनुपातमा निक्कै चर्को हुने गर्दथ्यो । वि.स. १९८५ मा कोइलर भन्ने एक अंगे्रज ठेकेदार लाई [[चन्द्र शमशेर जङ्गबहादुर राणा|श्री ३ चन्द्र शमशेर ज.ब.रा.]]ले नयाँमुलुकको जंगलको फडानि गर्ने अख्तियारी दिए । यो अख्तियारी पाएपछि कोयलरले कञ्चनपुरको झलारीको उत्तरमा पर्नेेपर्ने स्टेसनपुर र कैलालीको गौरीफन्टा नाका हुदै चौमाला सम्म रेल सेवा विस्तार गरी यहाँको धेरै काठ भारत तर्फ लग्यो । नयाँमुलुकमा जंगल फडानी भए संगै रस्ती–बस्ती अवाद हुने क्रम पनि बढ्दै गयो । वस्ति वसाउने काम गर्ने लाई जिमीदार पदवी दिइयो । जिमीदार ले आफ्नो ईलाकाबाट लगान वा मालपोत उठाई निर्धारीत समयमै ९५ प्रतिशत रकम नेपाल सरकारलाई बुझाउनु पर्दथ्यो । नेपाल सरकारबाट निजले उठाएको कुल मालपोतको ५ प्रतिशत निज लाईनै पारीतोसिक उपलब्ध गराइन्थ्योे । १९३० पछि भारमा अंग्रेज विरुद्घको जन अन्दोलन झन–झन तिब्र हुदै गयो ।
 
== भारत स्वतन्त्रता पछि ==
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित