"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: श्रृङ्खला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ६४:
चितवनको विकासक्रम शुरू भएको धेरै भएको छैन । [[बहादुर शाह]]का छोरा शत्रुभञ्जन शाहले वि.सं. १८८५ चैत्र १ गते उपरदांग गढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्त्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाँउको विकास तिब्र रूपमा बढेको हो ।
 
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवाेधनीहरिवोधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।
 
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न [[राजा महेन्द्र]]ले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा [[महेन्द्र राजमार्ग]]को उद्घाटन गरे पछि यो स्थानको विकासक्रम तिब्र रूपले बढ्न गयो ।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित