"जेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
सा clean up, replaced: बाह्य लिङ्कहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५:
 
*जेष्ठमा पर्ने केही मुख्य पर्वहरू
 
**ज्येष्ठ [[कृष्ण पक्ष|कृष्ण]] [[आमावस्या]]का दिन वटसावित्री व्रत पर्दछ। महिलाहरूले यसको अघिल्लो दिन [[चतुर्दशी]]का दिन देखी उपवास रहेर औंशीको दिन [[सावित्रीदेवी]]को पुजा गर्नाले आजिवन सधवा रहिन्छ र पुत्रवती पनि भइन्छ भन्ने धारणा रहेको छ ।
 
**ज्येष्ठ [[शुक्ल पक्ष|शुक्ल]] [[षष्ठी]]का दिन कुमार षष्ठी पर्दछ । यस दिनमा उपवास रहेर विन्ध्यवासीनी कुमारषष्ठीको पुजा गर्नाले राम्रो र सुखी सन्तान जन्मिन्छन् भन्ने धारणा छ ।
 
**ज्येष्ठ शुक्ल [[दशमी]]का दिन [[गंगा दशहरा]] पर्दछ। यसै पक्षको आमावस्या देखी दशमी सम्म [[गङ्गा नदी|गंगा नदी]]मा स्नान गरेर दशमीको दिन १० प्रकारका वस्तुहरू दान गरेर १० प्रकारका व्यन्जनहरू सेवन गरेमा दश किसिमका पापहरू नष्ट हुन्छन् भन्ने धारणा रहेको छ । यस दिनमा [[हरिद्वार]]मा गंगा स्नान गर्न देश विदेशका हिन्दूहरूको ठुलो घुइंचो लाग्ने गर्दछ। यसै दिन [[रामेश्वर धाम|रामेश्वरम्]]मा गएर भगवान रामेश्वरको दर्शन गरेमा ब्रह्महत्या नासिन्छ भन्ने शास्त्र सम्मत देखिन्छ। यसै तिथिमा नेपालको [[पाल्पा जिल्ला]]को [[रिडी]]मा भगवान हृषिकेशको उत्सव मनाउने पुरानो परम्परा रहेको छ ।
 
**ज्येष्ठ शुक्ल [[एकादशी तिथि|एकादशी]]को दिनमा निर्जला एकादशी पर्व पर्दछ। यस दिन पानि सहित त्यागेर उपवास बस्ने र [[तुलसी]]को विज रोप्ने कार्यको ठुलो महत्त्व छ ।
 
**ज्येष्ठ शुक्ल [[पूर्णिमा]]को दिन पनौती स्नान गरेर तिल, छाता, जुत्ता दान गरेमा ठुलो पुण्य पाईन्छ भन्ने शास्त्रिय वचन रहेको छ। यस दिन नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुर]] तथा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]]मा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवता|नैनेल]], [[मष्टा देवता|मष्टा]], [[अधिकारी देवता|अधिकारी]], [[जगनाथ देवता|जगनाथ]] आदि देवी देवताहरूको पुजा गरिन्छ।
 
==सन्दर्भ सूचीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
 
== यि पनि हेर्नुहोस् ==
{{हिन्दू काल गणना}}
 
 
 
 
[[श्रेणी:महिनाहरू]]
"https://ne.wikipedia.org/wiki/जेष्ठ" बाट अनुप्रेषित