"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८०:
शाके १२८९ (बि.स.१४२४)(डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) ,
*१५) अभय मल्ल
शाके १२९८ (बि.स.१४३३)(डोटी पाल राज्य बिजेता जुम्ली राजा )जुम्लाको राज्य आफ्ना धर्मपुत्र बलिराज लाई दिएर डोटी आएका हुन्। ( प्रा ,डा सुर्यमणि अधिकारी बाइसे राज्यको इतिहास प्रस्ट ३० ) <ref name="प्रा ,डा सुर्यमणि अधिकारी"> बाइसे राज्यको इतिहास प्रस्ट ३० </ref>
*१६ ) नाग मल्ल
शाके १३०६ -१३१५ (बि.स.१४४१-१४५०)( डोटी कत्युरी पाल राज्य बिजय गरेर राजधिराज बनेका रैका राजा ) (यिनका ताम्रपत्रमा पनि "राईका आदेश" उल्लेख छ । बि.स. १४४१ पछि जारी भएका डोटी रैका राजा नागी मल्लका ताम्रपत्रमा जुम्ला तिर भेटिने जातिहहरू बुढा, थापा , रोकाया जस्ता थरका मानिसहरू साँक्षी भेटिन्छन् । नागिमल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा आछ्म तिमल्सेना गाउँकी बिधवा ब्राह्मणीसँग सल्के भन्ने किवदन्ती यिनको इतिहाससँग सम्बन्धित छ । यसैले यी जुम्लाबाट डोटी क्षेत्रमा पाल राज्य कब्जा गरेर बसेको पाईन्छ । यी राजा कत्युरी गणका नभएर जुम्लामा राज्य गर्ने नागराजको वंशजका चल्ल /मल्ल राजाका उत्तराधिकारी राजा हुन् । नागी मल्ल सिंजाली वंशावलीका पुरुष थिए र निरयपाल देवका छोरा थिएनन् । भन्ने आधारहरुमा प्रयाप्त प्रमाण दिन सकिने हुँन आएको छ ।[८] डोटी पाल राज्य बिजय गरेपछि पाल राजाका पुरोहित (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग तँ देवता होइनस् तँलाई म मान्दैन तँ भन्दा म ठुलो हुँ भन्दै भागेश्वर को अवहेलना गर्दै विवाद गरेपछि भागेश्वर ले नागी मल्लको बिथिति मचाउँदा नागिमल्लले भागेश्वरसंग हार स्वीकार गर्दै मानव कलंकको रुपमा रहेको डोटी क्षेत्रमा देउका देउकी प्रथा चलाएका थिए । यस वंशका वृद्दव्यक्तित्वहरूले आफ्ना जिजुबाजेको मुखबाट सुनेअनुसार पनि वहाँहरूको पूर्वज जुम्लाबाट डोटी आएको हो । जुम्लाबाट जारी गरिएका यी राजाहरूका अभिलेखहरूमा यिनले आफूलाई खस राजाधिराज भनेको भेटिन्छ । त्यसैले इतिहासकारहरूले यी राजालाई खस राजा भनेर लेखेका छन् । डोटी बिजय गरे पछि यिनले खस भन्ने शब्द प्रयोग गरेनन् तर रैका(राईका) भन्ने शब्द भने प्रयोग गर्दै रहे, त्यसैले यस खान्दानका राजाका ताम्रपत्रमा रैका भन्ने शब्द भेटिन्छ । यिनै राजाका ताम्रपत्र ,अभिलेख अनुसार नेपालको संविधान २०७२ मा खश आर्य भनेर ठकुरी ब्राहमण सहितकालाई उल्लेख गरेको हो । )
पङ्क्ति १३४:
*क) शाही र शाह लेख्नेहरूको बसोबास स्थल — डोटी जिल्लाको राजपुर, केदारगाउँ, चैकोट, डुमराकोट, मुडेगाउँ, वनलेख, झुण्डा, गुठुरी, गडसेरा चौकी, जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुरा जिल्लाको बोगटाकोट (बोगटा), डिलेली, चोरेला कैलालीको सहजपुर मस्से, भारतको सिहाई, तुर्कौली र गोरखपुरमा रहेकाछन् ।
*ख) रैकामल्ल वंशजका मल्ल लेख्नेहहरू — डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा,.... सहितका क्षेत्रमा रहेकाछन् ।
==सन्दर्भ सामग्रीहरू==
 
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित