"इस्टर्न इन्स्टिच्युट फर इन्टिग्रेटेड लर्निङ इन म्यानेजमेन्ट युनिभर्सिटी" का संशोधनहरू बिचको अन्तर

सा Nirajan pant द्वारा ई.आइ.आइ.एल.एम विश्वविद्यालय पृष्ठलाई इस्टर्न इन्स्टिच्युट फर इन्टिग्रेटेड लर्निङ इन म्यानेजमेन्ट युनिभर्सिटी मा सारियो: विश्वविद्यालयको नाम शीर्षक मापदण्ड अनुसार नभएको
अङ्ग्रेजी विकिपिडियाबाट अनुवाद (en:Eastern_Institute_for_Integrated_Learning_in_Management_University) गरी सामग्री थप
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{Infobox university
| name = इस्टर्न इन्स्टिच्युट फर इन्टिग्रेटेड लर्निङ इन म्यानेजमेन्ट युनिभर्सिटी
Line ५४ ⟶ ५३:
}}
'''इस्टर्न इन्स्टिच्युट फर इन्टिग्रेटेड लर्निङ इन म्यानेजमेन्ट युनिभर्सिटी''' ('''इआइआइएलएम विश्वविद्यालय''') [[जोरेथाङ]], [[सिक्किम]], भारतमा रहेको एउटा [[निजी विश्वविद्यालय]] थियो जसको अर्को क्याम्पस [[मल्बसेय]] थियो।<ref>{{cite web |title=EIILM University |url=http://www.eiilmuniversity.co.in/about.html |website=www.eiilmuniversity.co.in |accessdate=28 June 2019}}</ref> [[विश्वविद्यालय अनुदान आयोग (भारत)|विश्वविद्यालय अनुदान आयोग]]ले यस विश्वविद्यालयलाई डिसेम्बर २०१४ देखि क्रियाशील नरहने सूचना दिएको थियो भने अप्रिल २०१५ मा [[सिक्किम सरकार]]ले यस विश्वविद्यालयलाई आधिकारिक रूपमा भङ्ग गरेका थियो।
 
==इतिहास==
यस इन्स्टिच्युटको स्थापना सन् १९९५ मा भएको थियो। सन् १९९९ बाट यस इन्स्टिच्युटले [[विश्वभारती विश्वविद्यालय]]को सम्बन्धन मार्फत [[मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेसन]]को पढाइ शुरू गरेको थियो। पछि गएर यो इन्स्टिच्युट {{when|date=January 2018}} विश्वभारती विश्वविद्यालयको [[आङ्गिक क्याम्पस]] बन्यो। सन् २००६ मा सिक्किम राज्य विधान कानून सङ्ख्या ४, २००६ अन्तर्गत
माल्विका फाउन्डेसनको प्रायोजकत्वमा यसको स्थापना एक विश्वविद्यालयको रूपमा भएको थियो। यस कानूनले २४ मार्च २००६ मा राज्यपालको सहमति प्राप्त भएको थियो र सिक्किम राजपत्र अधिसूचना सङ्ख्या २८/एलडी/२००६ को मार्फत ३ अप्रिल २००६ मा प्रकाशित गरिएको थियो। यस विश्वविद्यालयको सञ्चालन राई फाउन्डेसनले गरेको थियो।<ref>{{cite news |last1=Tiwary |first1=Deeptiman |title=ED attaches Rs 500 crore assets of Rai Foundation |url=http://timesofindia.indiatimes.com/india/ED-attaches-Rs-500-crore-assets-of-Rai-Foundation/articleshow/45830739.cms |accessdate=28 June 2019 |work=[[The Times of India]] |date=10 January 2015 |language=en}}</ref>
 
=== विश्वविद्यालय भङ्ग ===
सन् २०१३ मा यस विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, र परीक्षा नियन्त्रकलाई सिक्किम र बङ्गालबाट जालसाजी, ठगी र आपराधिक षडयन्त्रको मुद्दामा गिरफ्तार गरेको थियो।<ref>{{Cite news|url=http://www.indiaeducationreview.com/news/eiilm-univ-vc-chairman-registrar-arrested-forgery-criminal-conspiracy|title=EIILM Univ VC, Chairman, Registrar arrested for forgery, criminal conspiracy|date=2013-05-08|work=India Education Review|access-date=2017-07-20|language=en}}</ref>
 
विश्वविद्यालय अनुदान आयोगद्वारा अप्रिल २०१५ मा गठित सत्यतथ्य छानबीन समितिको अनुसार इआइआइएलएम विश्वविद्यालयलाई आफ्ना मुख्य क्याम्पसहरूमा नियमित सत्रको आधारमा पठनपाठनको लागि मात्र स्वीकृति तथा मान्यता दिइएको थियो तर सिक्किम भित्र वा बाहिर अध्ययन केन्द्रहरू खोल्नको लागि कहिल्यै पनि अनुमति दिइएको थिएन साथै [[दूरशिक्षा परिषद्]]द्वारा पनि कुनै मान्यता वा स्वीकृति प्रदान गरिएको थिएन।<ref name=":0" /> समितिले शैक्षिक वर्ष सन् २००९-१० पछि सिक्किम राज्यको क्षेत्र बाहिर दूरशिक्षा अन्तर्गत गरिएका भर्ना र सबै डिग्रीहरू अमान्य हुने निष्कर्ष निकाल्यो। केवल शैक्षिक वर्ष २००९-१० सम्म सिक्किम भित्रका विद्यार्थीहरूलाई प्रदान गरिएका उपाधिहरू - बी.ए. (हस्पिट्यालिटी एन्ड म्यानेजमेन्ट), बीसीए र एमबीए मात्र मान्य हुने निष्कर्ष समेत निकाल्यो।<ref name=":0" /> यसको अलावा डिसेम्बर २०१४ देखि विश्वविद्यालय सञ्चालनमा नरहेको र २८ अप्रिल २०१५ मा सिक्किम सरकारले विश्वविद्यालयलाई भङ्ग गर्ने प्रस्ताव पारित गरेको जानकारी समेत दिएको थियो।<ref name=":0">{{Cite web|url=http://www.ugc.ac.in/pdfnews/5188368_Eiilm-status-report0001.pdf|title=UGC - EIILM Status Report|website=UGC Official Website|access-date=2017-07-20}}</ref> यही आधारमा विश्वविद्यालय अनुदान आयोगले इआइआइएलएम विश्वविद्यालयमा विद्यार्थी भर्ना नलिन अगस्त २०१५ मा एउटा सूचना जारी गरेको थियो।<ref name=":0"/> २७ अक्टोबर २०१५ मा सिक्किम सरकारको मानव संसाधन विकास विभागद्वारा जारी गरिएको एउटा सूचनाले समेत यही निष्कर्षलाई सदर गरेको थियो।<ref name=HRRD>{{cite web |title=Notice 301/DIR(HE)/HRDD|url=http://sikkimhrdd.org/GeneralSection/UploadedFiles/Notification/10404.pdf |accessdate=28 June 2019 |date=27 October 2015|publisher=Human Resource Development Department of the Government of Sikkim}}</ref> अर्को सूचनामा सिक्किम सरकारद्वारा नियुक्त कायममुकायम रजिष्ट्रारले जोरेथाङ/बुदाङ क्याम्पसबाट विश्वविद्यालय भङ्ग हुनु अघि डिग्री पुरा गरेका नियमित तर्फका विद्यार्थीहरूको उपाधिलाई प्रमाणीकरण गरेका थिए<ref>{{cite web |title=Notice |url=http://sikkimhrdd.org/GeneralSection/UploadedFiles/Notification/10394.pdf |accessdate=28 June 2019 |date=25 August 2015|publisher=Human Resource Development Department of the Government of Sikkim}}</ref> इआइआइएलएम विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको सूचना रद्द गर्नको लागि [[सिक्किम उच्च अदालत]]मा एउटा रीट (२०१५ को WP(C) नं.३३) दायर गरेको थियो तर सो रीट २ नोभेम्बर २०१६ मा अदालतद्वारा खारेज गरिएको थियो।<ref>{{Cite web|title=WP(C) No.33 of 2015|url=http://highcourtofsikkim.nic.in/drupal/hg_orders/201100000332015_12.pdf|access-date=2017-07-20}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
Line ६१ ⟶ ६९:
 
[[श्रेणी:भारतका विश्वविद्यालयहरू]]
[[श्रेणी:सिक्किम]]
[[श्रेणी:सिक्किमका विश्वविद्यालयहरू]]
 
 
{{stub}}