"खुकुरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
खुकुरीको ईतिहाँस सम्वन्धी थप तथ्य हरु ।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९१:
}}
 
'''खुकुरी''' नेपालमा विभीन्न जात जाती हरुले आफ्नों संस्कार र संस्कृति अनुसार कुल पुजा गर्ने गरेको पाईन्छ तामाङ गरुङ मगर राई लिम्बु खस क्षेत्री आदी नेपाली हरूको खुकुरीमा कुल देवताको बास हुन्छ । यसको पवित्रता रहेसम्म मात्र ती देवताको बास हुन्छ भन्ने पनि किम्बदन्ती छ । त्यसैकारण नेपालीहरू खुकुरीको कहिल्यै पनि दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । नयाँ खुकुरी किनेर चलनमा ल्याउनुभन्दा अगाडि कुलदेवताका नाममा समर्पण गरी पूजा तथा भोग चढाउनुपर्छ भन्ने पनि मान्यता छ । यदी कुनै किरण बस खुकुरीमा लाता लिग्यो भने ढोग्ने गरीन्छ ।
'''खुकुरी''' एउटा नेपाली धारिलो हतियार हो। तरवार भन्दा बाक्लो र छोटो हुने यो हतियारले गौरवमय इतिहास बोकेको छ । [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अंग्रेज युद्ध]]मा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई [[दाप]] भनिन्छ । खुकुरी मुख्यतया दुई प्रकारका बनाइन्छन्।
 
त्यसैगरी आफ्नो खुकुरी आफ्नो जातभन्दा बाहिरकालाई छुन दिनु हुन्न भन्ने पनि बूढापाकाहरूको भनाइ छ । छुन दिंदा कुलदेवता रिसाउँछन् भनिन्छ । त्यसैगरी खुकुरीलाई दापबाट विनाकाम झिक्न र झिकेर उज्याउन पनि हुन्न भनिन्छ । यस्तै अनजानमानै खुकुरीले भोग खाएर छाड्छ भन्ने विश्वास समेत नेपाली जनमानसमा छ । केही गरी अनजानबस दापबाट खुकुरी निकालियो भने खुकुरीलाई काठ वा भूँई वा जेमा भए पनि हानेर दोष मेट्नु पर्छ भनी वुढापाकाहरू भन्ने गर्छन् ।
 
नेपाली समाजमा खुकुरी लाई देवताको रुपमा पुजा गरीने गरीन्छ जाहाँ मूर्तिको स्थापना गर्न असम्भव हुन्छ त्याहाँ खुकुरी लाई राखी पुजा गर्ने गरीन्छ ।
वोन धामी झाँक्री वसेको ठाउँमा अनिवार्य रुपमा खुकुरी लाई गाडने गरिन्छ अझ यसलाई सिरानीमा राखी सुत्नाले भत प्रेत ले छुन सक्दैन भन्ने हाम्रो मान्यता चली आएको छ ।
खाँडो जगाउने मन्त्रमा समेत खुकुरीको प्रसंग पाइन्छ । यो धारणाहरू हिमवत्खण्डका अरु जाति संस्कृतिमा पाइने धारणाहरूसँग कुनै न कुनै रुपले मिल्दा जुल्दा पनि छन् ।
अझ दशैंको टिका थाप्नु भप्दा अघी यही खुकुरीको पुजा हुँन्छ ।
 
खुकुरी मा तीनवटा धर्सोहरू पनि अनिवार्य रुपमा हुनैपर्छ र तलदेखि बिँडको छेउँसम्म ति धर्सोहरू खिचिएको हुनुपर्छ । खुकुरीको टुप्पादेखि कौडीसम्म धार अनिवार्य रुपमा राखिएकै हुनुपर्छ र धार र बिँडको बीचमा तीनचोसे कौडी पनि हुनैपर्छ ।
 
यसले त्रिगुण ब्रम्हा विष्णु महेश्वरको प्रतिनीधि गर्छ ।
परम्परागत मान्यता : नेपालको पूर्वी भागमा बस्ने सुनुवार समुदायमा खुकुरीलाई गोरखनाथको गुफा अगाडि राखिने हतियार मानिन्छ । गोरखनाथको प्रसंगसँग जोडिएर आएको हुनाले यसको इतिहास गोरखाको जस्तै पुरानो भएको मानिन्छ । द्रव्य शाहलाई गोरखाको राजा बनाउन अह्म भूमिका निर्वाह गरेका गणेश पाण्डे नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह, काजी कालु पाँडे, काजी तुलाराम पाँडे, कपरदार भोटुँ पाँडे लगायतको कम्मरमा दापसहितको खुकुरी रहेबाट पनि यसका प्राचीनताको पुष्टि हुन्छ ।
[[File:Kukri, karda & chakmak.jpg|thumb|right|भोजपुरे खुकुरी]]
[[File:Khukri-knife.jpg|thumb|right|सिरूपाते खुकुरी]]
"https://ne.wikipedia.org/wiki/खुकुरी" बाट अनुप्रेषित