"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७६६:
===छलफल===
* लेख सुधाराथन प्रतियोगिता नेपाली विकिपिडियामा अत्यन्तै आवश्यक परियोजना भएकोले मेरो पूर्ण '''समर्थन''' रहनेछ। विगतका दिनहरूमा विभिन्न नयाँ पृष्ठ लेखन प्रतियोगिता भैरहेको थियो तर यस्तो प्रतियोगिता भएको थिएन र यसलाई सबै प्रयोगकर्ता सामु ल्याउनुभएकोमा सर्वप्रथम तपाईंलाई धन्यवाद दिन चाहन्छु। पुराना लेखहरूलाई कसैले सुधार नगरेकोमा यसलाई सुधार गर्नु हाम्रो दायित्व हो। प्रतियोगिता आयोजना गरेपछि प्रयोगकर्तालाई लेख सुधारमा हौसला मिल्नेछ। मेरो तर्फबाट प्रतियोगितामा सक्दो सहयोग रहनेछ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:१३, १ सेप्टेम्बर २०२० (नेपाली समय)
 
*नेपाली विकिपिडियामा अत्यन्तै आवश्यक परियोजनाका रूपमा लेख सुधाराथन प्रतियोगिता सञ्चालन गर्न मेरो पुर्ण {{समर्थन}} रहनेछ । तर नेपाली विकिपिडियामा लेख सम्बन्धि प्रतियोगिताहरूमा सम्पादकहरूको सहभागी भने न्यून रहने गरेको छ । पछिल्लो १/२ वर्ष यताका विकिकथन, महिला एडिटाथन, एसियाली महिना, मातृभाषा एडिटाथन आदि जस्ता नेपाली विकिपिडियाका लेख प्रतियोगिताहरू हेर्दा मात्र [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] र [[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]मा (अत्याधिक सक्रिय) मात्रै निर्भर रहेको देखिन्छ । हुन त नेपाली लेख प्रतियोगितामा विकि कमन्सका प्रतियोगितामा जस्तो पुरस्कार राशिको व्यवस्था नरहेर हो या अरू कुनै कारण रहेर हो, कमन्सका प्रतियोगिताहरूमा अत्याधिक सक्रियता जनाउने नेपाली प्रयोगकर्ताहरूको समेत लेख प्रतियोगिताहरूमा अत्याधिक न्यून अझ भनौ शुन्य स्तरकै सहभागीता रहने गरेको छ । यस्तो अवस्था रहदै गर्दा नेपाली विकिपिडियाका निम्ति '''सुधाराथन प्रतियोगिता''' सञ्चालनमा पनि निकै चुनौती रहनेछ सम्भावना व्यापक रहेको छ ।([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०७:३०, ५ सेप्टेम्बर २०२० (नेपाली समय))