"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: श्रृङ्खला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५६:
 
[[चित्र:चितवन.jpg|200px|thumb|left|चितवन जिल्ला]]
'''चितवन जिल्ला''' [[नेपाल]]को ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको [[वाग्मती प्रदेश|प्रदेश नं. ३]]को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा [[महाभारत पर्वत श्रृङ्खलाशृङ्खला]] छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट [[गण्डकी नदी|नारायणी नदी]]को किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।
 
== उत्पत्ति ==
चितवनको उत्पत्तति
-
 
चितवनको विकासक्रम शुरू भएको धेरै भएको छैन । [[बहादुर शाह]]का छोरा शत्रुभञ्जन शाहले वि.सं. १८८५ चैत्र १ गते उपरदांग गढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्त्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाँउको विकास तिब्र रूपमा बढेको हो ।
 
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवाेधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।
 
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न [[राजा महेन्द्र]]ले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा [[महेन्द्र राजमार्ग]]को उद्घाटन गरे पछि यो स्थानको विकासक्रम तिब्र रूपले बढ्न गयो ।
पङ्क्ति ७१:
 
== व्यापार र उत्पादन ==
चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा [[गण्डकी नदी|नारायणी नदी]]ले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।
 
देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ। नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका विभिन्न नयाँ चिजको सुरूवात भ्एको छ।
पङ्क्ति १००:
==बाह्य सूत्रहरू==
{{incubator|kip/चितवन जिल्ला| http://incubator.wikimedia.org/wiki/Wp/kip/जीम_पाल खाम भाषाको विकिपिडिया}}
 
[[श्रेणी:नेपालका जिल्लाहरू]]
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित