"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: श्रृंखला → शृङ्खला (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
 
{{wikify}}
{{Infobox political party
Line ३४ ⟶ ३३:
 
== पाँचौं महाधिवेशन : (२०४१ मंसिर १ देखि १६ सम्म) : ==
२०४१ मंसिर १–१६ सम्म पाँचौं महाधिवेशन भयो ।{{cn}} महाधिवेशनले मोहन बिक्रमको सारसंग्रहवादी कार्यदिशा पास गर्‍यो । तर यौन काण्डका कारण महाधिवेशनमा व्यापक बहस भई उनलाई हलबाट कार्वाही गरी बाहिर निकालियो । महाधिवेशनमा क. प्रचण्डद्घारा मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित गर्‍यो । २०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहन बिक्रमले ने.क.पा. (मसाल) गठन गरे २०४३ सालमा यसको सम्मेलन गरे । २०४३ सालमा ने.क.पा.(मशाल) को तर्फबाट काठमाण्डौंका प्रहरी विटमा आक्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । जुन घटनालाई [[सेक्टर काण्ड]] भनिन्छ ।
 
सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा ने.क.पा.(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्‍यो र माओवाद पास गर्‍यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास गर्‍यो । २०४६ सालको जनआन्दोलनमा ने.क.पा.(मशाल), ने.क.पा.(मसाल), सर्वहारा श्रमिक सङ्गठन, ने.क.पा.(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बन्यो ।
 
== २०४७ देखि हालसम्म (ध्रुवीकरणको अवधि) : ==
२०४६ सालको जनआन्दोलनपछि एकथरी ने.क.पा.(एमाले) मा ध्रुविकरण भए, अर्काथरी केही शक्ति स–साना समूहमा विभाजित छन । भने कम्युनिष्ट क्रान्तिकारीहरूको मुल प्रवाह एकीकृत ने.क.पा.(माओवादी) बनिरहेको छ ।
 
== एकीकृत ने.क.पा. (माओवादी) : ==
Line ५० ⟶ ४९:
 
== जनयुद्ध ==
समग्र प्रारम्भिक तयारी पुरा गरी २०५२ फागुन १ (सन् १९९४ फेव्रुअरी १३) मा महान जनयुद्धको घोषणा गरियो । जनयुद्धको मुलनारा :- प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं, थियो । २०५३ जेठमा केन्द्रीय समितिको बैठक बसी १ वर्षको समिक्षा, थप योजना निर्माण गर्‍यो। २०५५ भाद्रमा चौथो विस्तारित बैठक सम्पन्न भयो । यसको मुलनारा : -आधार इलाका निर्माणको महान दिशामा अघि बढौं, थियो । २०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ५ वर्षका जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचारश्रृंखलाविचारशृङ्खला सहित प्रचण्डपथ शंश्लेषण गर्‍यो । २०५८ जेठ १९ मा दरवार हत्याकाण्ड मार्फत राजा बिरेन्द्रको बंशनास गरिएपश्चात तत्काल बसेको केन्द्रीय समितिको बैठकले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकास गरौं भन्ने नारा अगाडि सार्‍यो । २०५८ श्रावण ८ गते युद्धविराम भई वार्ताको प्रक्रियामा पार्टी प्रवेश गर्‍यो। तर, पुरानो सत्ताले कुनै पनि मागलाई सम्बोधन नगरेका कारण वार्ताको औचित्य समाप्त भएकोले २०५८ मंशीर ८ गते युद्धविराम भंङ्ग भएको घोषणासहित माओवादी युद्धमा प्रवेश गर्‍यो । २०५९ माघ १५ गते दोश्रो पटक युद्धविराम भयो । २०६० जेठमा बसेको केन्द्रीय समितीको बैठकले इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज पारित गर्‍यो । २०६१ असोजमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्दै रणनीतिक प्रत्याक्रमणको पहिलो योजना निर्माण गर्‍यो ।
 
२०६२ असोजमा चुनवाङ्गमा भएको केन्द्रीय समितिको बैठकले पार्टीमा व्यापक शुद्धिकरणको निर्णय गर्‍यो । साथै ढाडमा टेकेर टाउकोमा हान्ने प्रत्याक्रमणको दोश्रो योजना पास गर्‍यो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समेत पास गर्‍यो । चुनवाङ्ग बैठकको जगमा टेकेर २०६२ मंशीर ७ गते निरङ्कुश राजतन्त्र विरुद्ध ७ संसदवादी दलहरूसँग १२ बुदे समझदारी कायम भयो । सोही समझदारीका बलमा २०६२ चैत्र २४ गतेबाट शशक्त जनआन्दोलन श्रृष्टि भयो । १९ दिनको लगातारको आन्दोलनपछि २०६३ बैशाख ११ गते संसद पुनस्र्थापनाको शर्तमा संसदवादी दलले दरवारसँग सम्झौता गरे। १९ दिने जनआन्दोलन उत्कर्षमा त पुग्यो । तर, निष्कर्षमा पुगेन । २०६३ बैशाखमा १३ गते पार्टीले र बैसाख २१ गते सरकारले युद्धविराम गर्‍यो । २०६३ बैसाखमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले शहरलाई जोड गाउँलाई ध्यान दिने रणनीतिक स्थानान्तरणको कार्यदिशा पारित गर्‍यो। २०६३ भाद्रमा सम्पन्न के.स.को बैठकले क्रान्तिको पुनरावृत्ति होइन, विकास हुन्छ भन्ने निष्कर्षसहित नयाँ कार्यदिशाको खोजी गर्न थाल्यो । नेपाली जनक्रान्तिको सफलताको लागि शशस्त्र जनयुद्ध, शशक्त जनआन्दोलन, शान्तिवार्ता र कुटनीतिक पहलको संयोजनमार्फत नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने मान्यता अघि सार्‍यो । साथै उचित वातावरण बनाएर विद्रोहमा जाने निर्णय गर्‍यो । २०६४ भाद्रमा करिव ३००० प्रतिनिधिहरु सहित काठमाडौँको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । यसले काभ्रेको कामीडाँडा बैठकका निर्णयहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता गर्‍यो । साथै अन्तरिम सरकारबाट हटेर आन्दोलनमा जाने निर्णय गर्‍यो ।
 
== संविधानसभाको निर्वाचन ==
२०६४ साल चैत्र २८ गते नेपालको इतिहासमा ६० वर्षदेखी थाती संविधानसभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा ने.क.पा.(माओवादी) ले प्रत्यक्षतर्फ स्पष्ट बहुमत र समानुपातिकतर्फ अत्याधिक अन्तरले अग्रता कायम गर्न सफल रह्यो । जसको परिणाममा ६०१ स्थानमध्ये ने.क.पा.(माओवादी) २२९, कांग्रेस ११४, एमाले १०९, फोरम ५१ र अन्य २५ साना दलहरु विजयी बने । २०६५ जेठ १५ गते सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलूकमा राजतन्त्रको विधिवत अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । २०६६ असार ६ गते संविधानसभाले डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित गर्‍यो । २०६५ श्रावण ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले क. प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित गर्‍यो र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त बाममोर्चा लगायतका दलहरूको सहभागितामा संयुक्त सरकार निर्माण भयो । यसै सन्दर्भमा विगत जनयुद्ध पूर्व टुक्रिएर गएको ने.क.पा. (एकताकेन्द्र–मसाल) र ने.क.पा. (माओवादी को बीचमा २०६५ पौष २९ गते पार्टी एकता हुन पुग्यो । एकता पश्चात पार्टीको नाम एकीकृत ने.क.पा. (माओवादी) नामाकरण गरियो, साथै पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद विचारधारा बनाउने निर्णय गरियो र प्रचण्डपथलाई आन्तरिक बहसको विषय बनाउने निर्णय पनि गरियो । सरकारले काम प्रभावकारी बनाउदै जाँदा प्रतिगामीहरूले सरकारविरुद्ध घेराबन्दी गर्न थाले । प्रधानसेनापतिलाई सरकारले दिएको अवकाशलाई लिएर राष्ट्रपति यादवले असंवैधानिक कदम चालेपछि २०६५ चैत्र २२ गते माओवादी नेतृत्वको सरकारले राजीनामा दियो
 
एकीकृत माओवादीको २०६६ असार–श्रावणमा बसेको केन्द्रीय समितिको बैठकले निर्णायक जनविद्रोहको तयारीको निर्णय गर्‍यो, साथै पार्टी बहुपदीय निर्णयमा जाने निर्णय पनि गर्‍यो । बहुपदीय निर्णयअनुसार अध्यक्ष क.प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण), उपाध्यक्षद्घय क.डा. बावुराम भट्टराई, क.नारायणकाजी श्रेष्ठ (प्रकाश), महासचिव क.रामबहादुर थापा (बादल), सचिवद्घय क.सि.पी. गजुरेल (गौरव) र पोष्टबहादुर बोगटी (दिवाकर) बने ।
 
संविधान निर्माण नगरी २०६९ जेठ १४ गते पहिलो संविधान सभा भंग भयो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो। २०६९ असारमा एकीकृत (माओवादी)बाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो। एकीकृत ने.क.पा. (माओवादी) ले २०६९ माघमा सातौँ महाधिवेशन सम्पन्न गर्‍यो । महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वाचित गर्‍यो ।
Line ६४ ⟶ ६३:
२०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो।प्रत्यक्षतर्फ २६ र समानुपातिकमा ५४ सिट गरी कुल ८० सिट जितेको माओवादीले प्रत्यक्षमा १७.७९ र समानुपातिकमा १५.२१ प्रतिशत मत ल्याएको थियो । माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो। विभिन्न आरोह, अवरोहका बीच २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो। संविधान निर्माणमा एमाओवादीको निर्णायक र सकारात्मक भूमिका खेल्यो।
 
संविधान घोषणासँगै माओवादीको फुटको श्रृंखलाशृङ्खला जारी रह्यो । ०७२ सालमै उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गर्नुभयो । तेस्रो पार्टी माओवादी सुशील कोइराला, केपी ओली शर्मा नेतृत्वको सरकारमा सहभागी बन्यो । आफ्नै समर्थनमा बनेको ओली नेतृत्वको सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव लगेर माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । स्थानीय तहको चुनावको घोषणा र पहिलो चरण चुनाव सम्पन्न गराउनु प्रचण्ड नेतृत्व सरकारको मुख्य उपलब्धी मान्न सकिन्छ ।१० महिना प्रधानमन्त्रीको पद सम्हाल्दा दाहाल नेतृत्वको सरकारले उज्यालो अभियान सुरु गरेर लोडसेडिङ मुक्त बनायो । यस अघि यो समयमा करिब १८ घण्टा विद्युत कटौति हुँदै आएको थियो । लामो समय देखि अघि बढ्न नसकेको द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, ओवरमा हस्ताक्षर गर्नु पनि सरकारका उपलब्धी हुन् । तीन चरणमा भएको स्थानीय तह चुनावमा पनि माओवादी केन्द्र तेस्रो स्थानमा नै रह्यो । माओवादीले १ सय ६ स्थानीय तहमा जित्यो । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।
 
==सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ र गठबन्धन==
Line ७४ ⟶ ७३:
 
==बाह्य कडीहरू==
 
 
{{नेपालका राजनीतिक दलहरू}}
 
{{Commonscat|Communist Party of Nepal}}
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालका राजनीतिक दलहरू]]