"स्कटल्यान्ड" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १०७:
==परिचय==
 
== बेलायतबाट स्कटल्याण्डलाई अलग्गै राज्य बनाउने कि नबनाउने भन्नेबारे जनमत संग्रहसङ्ग्रह ==
स्कटल्याण्ड संयुक्त अधिराज्य अन्तर्गत नै रहने भएको छ। बिहीबार भएको ऐतिहासिक जनमत संग्रहमा "स्कटल्याण्ड एक स्वतन्त्र राष्ट्र बन्नु पर्छ कि पर्दैन?" भन्ने प्रश्नमा ५५ प्रतिशत स्कटल्याण्ड नागरिकले "हुन्न" भनि मतदान गरेपछि संयुक्त अधिराज्य टुक्रिने सम्भावना टरेको हो।
 
जनमतसंग्रहमा ८५ प्रतिशत मत खसेको अधिकारीहरूले बताएका छन्। स्कटल्याण्डका ३२ वटै परिषदको नतिजा सार्वजनिक भैसकेको छ। जसअनुसार "हुन्न" भन्ने पक्षमा २० लाखभन्दा बढी मत खसेको छ । जीतका लागि १८ लाख ५२ हजार जतिको मत आवश्यक थियो।
 
स्कटल्याण्डका फर्ष्ट मिनिष्टर एलेक्स सालमण्डको नेतृत्वमा दुई वर्षको प्रयासपछि जनमत संग्रहसङ्ग्रह गरिएको थियो । सालमण्डले हार स्वीकार गरिसककेको बेलायती पत्रिका डेली मेलको अनलाईन संस्करणले लेखेको छ। "स्कटल्याण्डका अधिकांश नागरिकले अहिलेको अवस्थामा स्वतन्त्र नहुने भनि गरेको निर्णय स्वीकार गर्छ," सालमण्डले भन्नुभयो।
 
उहाँले सम्पूर्ण स्कटल्याण्ड नागरिकलाई पनि प्रजातान्त्रिक निर्णय स्वीकार्न अनुरोध गर्नुभयो । स्कटिश संसदलाई बढी अधिकार दिने वचन पालना गर्न उहाँले एकीकृत संयुक्त अधिराज्यका पक्षधर दलहरूलाई अनुरोध पनि गर्नुभएको छ।
"https://ne.wikipedia.org/wiki/स्कटल्यान्ड" बाट अनुप्रेषित