"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २९:
पूर्ण सूर्यग्रहण त्यो समयमा हुन्छ जब चन्द्रमा पृथ्वीको निकै नजिक भएर पृथ्वी र सूर्यका बीचमा आउँछ र चन्द्रमाले पूर्ण रूपले पृ्थ्वीलाई आफ्नो छायाँ क्षेत्रमा लिन्छ । यसको फलस्वरूप सूर्यको प्रकाश पृ्थ्वी सम्म पुग्न सक्दैन र पृ्थ्वीमा अन्धकार जस्तो स्थिति उत्पन्न हुन जान्छ । पृथ्वीमा पूरा सूर्य देखिन्न । यस प्रकार बन्ने ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ ।
;२. आंशिक सूर्यग्रहण
आंशिक सूर्यग्रहणमा जब चन्द्रमा सूर्य र पृथ्वीका बीचमा यस प्रकार आउँछ कि सूर्यको केही भाग मात्र पृथ्वीबाट देखिन्न अर्थात चन्द्रमा, सूर्यको केवल केही भागलाई मात्र आफ्नो छायामा लिन सक्छ । यसबाट सूर्यको केही भाग ग्रहण ग्रासमा तथा केही भाग ग्रहण बाटग्रहणबाट अप्रभावित रहन्छ भने पृथ्वीको उस भाग विशेषमा लागेको ग्रहणलाई आंशिक सूर्यग्रहण भनिन्छ ।
;३. वलयाकार सूर्यग्रहण
वलयाकार सूर्यग्रहणमा जब चन्द्रमा पृथ्वीको धेरै टाढा रहेर पृथ्वी र सूर्यको बीचमा आउँछ अर्थात चन्द्रमाले सूर्यलाई यस प्रकारले छेक्दछ कि सूर्यको मध्य भाग मात्र छाया क्षेत्रमा आउँदछ र पृथ्वीबाट हेर्दा चन्द्रमा द्वारा सूर्य पूरा छेकिएको देखिन्न बरु सूर्यको बाहिरको क्षेत्र प्रकाशित हुनाले कन्गन या वलयको रूपमा चम्किने देखिन्छ । कन्गन आकारमा बनेको सूर्यग्रहणलाई नै वलयाकार सूर्यग्रहण भनिन्छ ।
पङ्क्ति ३९:
 
== वैज्ञानिक दृष्टिकोणमा सूर्यग्रहण ==
चाहे ग्रहणको कुनै आध्यात्मिक महत्त्व होस् अथवा न होस् तर विश्व भरीका वैज्ञानिकहरूका लागि यो अवसर कुनै उत्सव भन्दा कम हुँदैन । किन भने ग्रहण नै त्यस्तो समय हुन्छ जब ब्राह्मण्डमा अनेकौँ विलक्षण एवं अद्भुत घटनाहरू घटित हुन्छन् जसबाट वैज्ञानिकहरूलाई नयाँ नयाँ तथ्यहरूमा कार्य गर्ने अवसर मिल्दछ । सन् १९६८ मा लार्कयर नामक वैज्ञानिकले सूर्यग्रहणको अवसरमा गरिएको खोजका सहाराले वायू मण्डलमा [[हिलियम]] ग्याँसको उपस्थितिको पत्ता लगाएका थिए । आईन्स्टीनको यो प्रतिपादन पनि सूर्यग्रहणको अवसरमा नै प्रमाणित हुन सक्यो, जसमा उनले अन्य पिण्डहरूको गुरुत्वकर्षण बाटगुरुत्वकर्षणबाट प्रकाश पर्ने कुरा भनेका थिए । [[चन्द्रग्रहण]] त आफ्नो सम्पूर्ण तत्कालीन प्रकाश क्षेत्रमा हेर्न सकिन्छ तर सूर्यग्रहण अधिकतम १० हजार किलोमीटर लामो र २५० किलोमीटर चाक्लो क्षेत्रमा मात्र हेर्न सकिन्छ । सम्पूर्ण सूर्यग्रहणको वास्तविक अवधि धेरै भन्दा धेरै ११ मिनट मात्र हुन सक्छ त्यो भन्दा धेरै हुन्न । संसारका समस्त पदार्थहरूको संरचना सूर्य रश्मिको माध्यम बाटमाध्यमबाट नै सम्भव छ । यदि सही प्रकारले सूर्य र उसका रश्मिहरूको प्रभावलाई बुझ्ने हो भने समस्त धरामा आश्चर्यजनक परिणाम ल्याउन सकिन्छ । सूर्यका प्रत्येक रश्मिले विशेष अणुको प्रतिनिधित्व गर्दछन् । स्पष्टै छ, प्रत्येक पदार्थ कुनै विशेष परमाणुबाट नै निर्मित हुन्छ । यदि सूर्यका रश्मिहरूलाई संकलन गरेर एक विशेष बिन्दुमा केन्द्रित गर्ने हो भने पदार्थ परिवर्तनको क्रिया पनि सम्भव हुन सक्छ ।
 
== वैदिक काल र सूर्यग्रहण ==
वैदिक काल भन्दा पहिले पनि खगोलीय संरचनामा आधारित कलैन्डर बनाउनाको आवश्कता अनुभव गरियो । सूर्यग्रहण चन्द्र ग्रहण तथा उनको पुनरावृत्तिको पूर्व सूचना ईसा भन्दा चार हजार वर्ष पहिले नै उपलब्ध थियो । [[ऋग्वेद]]का अनुसार [[अत्रि|अत्रिमुनि]]का परिवारसँग यो ज्ञान उपलब्ध थियो । वेदाङ्ग ज्योतिषको महत्त्व हाम्रा वैदिक पूर्वजहरूको यस महान ज्ञानलाई प्रतिविम्बित गर्दछ ।
 
[[ग्रह]] र नक्षत्रहरूका संसारको यो घटना [[हिन्दू धर्म|हिन्दू]] मनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ । चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए । यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक काल बाटकालबाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।
 
== सूर्यग्रहणको सम्बन्धमा ऋषि-मुनियहरूका कथन ==
पङ्क्ति ५०:
 
 
[[पुराण|पुराणहरू]]को मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ । यि दुवै छायाँका सन्तान हुन् । चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् । चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यसको लागि गर्भवतीको उदर भागमा [[गोबर]] र [[तुलसी]]को लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्दैनन् । ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज [[कैंची]] या [[चक्कु]]ले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउन बाटसिउनबाट पनि रोकिन्छ । किन भने यस्तो गर्नाले शिशुका अङ्गहरू या त काटिन्छन् या सिल एक अर्कोमा जोडिन्छन् भन्ने मान्यता छ ।
 
ग्रहण लाग्नु भन्दा पहिले नदी वा घरमा उपलब्ध जलले स्नान गरेर भगवानको पूजन, यज्ञ, जप गर्नु पर्छ। भजन-कीर्तन गरेर ग्रहणको समयलाई सदुपयोग गर्नुपर्छ । ग्रहणको समयमा कुनै कार्य न गर्नु । ग्रहणको समयमा मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । ग्रहणको अवधिमा तेल लगाउनु, भोजन गर्नु, जल पिउनु, मल-मूत्र त्याग गर्नु, कपाल कोर्नु, रति-क्रीडा गर्नु, दाँत माँझ्नु वर्जित गरिएको छ । केही मान्छेहरू ग्रहणको समयमा पनि स्नान गर्दछन् । ग्रहण समाप्त भए पछि स्नान गरेर [[ब्राह्मण]]लाई दान दिने विधान छ । कतै-कतै वस्त्र, भाँडा आदी धुने नियम पनि छ । पुरानो पानी, पुरानो अन्न नष्ट गरेर नयाँ भोजन पकाउनु पर्छ । ताजा पानी भरेर पिउनु पर्छ । ग्रहण पछि शुद्रलाई दान दिनाको अधिक माहात्म्य बताइएको छ, किनकी शुद्रलाई राहु-केतुको स्वरूप मानिन्छ ।
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित