"साम्यवाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४:
 
== इतिहास ==
[[प्रथम विश्वयुद्ध]] समाजवादी आन्दोलनको लागि एउटा महत्वपूर्णमहत्त्वपूर्ण घटना थियो। एकापट्टि युद्धको शुरुवात सँगै समाजवादी आन्दोलन र यसका अन्तर्राष्ट्रीय सङ्गठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पटि रूसमा रुसी क्रान्ति(अक्टूबर-नंवबर १९१७)मा भयो; अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो।। जसले गर्दा संसारको समाजवादी आन्दोलनमा गहिरो असर पर्यो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी दलहरुकोदलहरूको यो मत थियो कि पूँजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी दलद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनितिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्यो। तर जब युद्ध शुरु भयो, [[रुस|रूस]] र [[इटाली|इटली]]का समाजवादी दललाई छोडेर अरु सबै दलहरूको बहुमतले आ-आफ्नो सरकारहरूको नितिलाई समर्थन गरे। समाजवादीहरूको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे| पछि गएर यिनीहरूमध्ये कतिपय [[भ्लादिमिर लेनिन|लेनिन]] र उनको साम्यवादी अन्तराष्ट्रिय सङ्गठनका समर्थक बने।। परंतु विभिन्न देशका समाजवादी आन्दोलनहरूको परस्पर विरोधी युद्धनितिको कारण उनीहरूको एकता समाप्त भयो।।
 
बोल्शेविक दल रूसका समाजवादी दलहरू मध्येको एउटा दल थियो। १९१७ को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभुमि अन्य युरोपिय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य युरोपको अग्रणी देशहरूभन्दा उद्योगधन्धामा पिछडिएको थियो, यसकारण त्यहाँ मजदूरवर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन्। त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमन नितिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग प्राय अवरुद्ध थियो। यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण समुदायलाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रान्तिकारी मार्गद्वारा जारशाहीको नाश नै लोकतन्त्रवादको सफलताको लागि प्रथम सिढि मानेका थिए। ति विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रान्तितर्फ अग्रसर भए| यसप्रकार नरोदनिक (Narodnik) जनआन्दोलनको सुत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya) सङ्गठन बन्यो। सन् १९०१ मा यसको नाम सामाजिक क्रान्तिकारी दल(Social Revolutionary Party) राखियो। सन् १९१७ को बोल्शेविक क्रान्तिको समयसम्म यो रूसको सबैभन्दा ठुलो समाजवादी दल थियो| तथापी यसको प्रभावक्षेत्रमा अधिकांश ग्रामीण जनता थिए। यसको वामपक्षले बोल्शेविक क्रान्तिको समर्थन गर्यो।
"https://ne.wikipedia.org/wiki/साम्यवाद" बाट अनुप्रेषित