"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १३:
 
==व्रतबन्धको पद्धति==
व्रतबन्ध विशेष [[तिथि]]को दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ। प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन। प्रक्रिया त अझै अघिल्लो दिन बेलुका नै शुरू भइसकेको हुन्छ, जब केटाको शिरमा दुम्सीको काँडा जडित गेरू व्रस्त्र बेरिन्छ र व्रतबन्धको दिनको बिहानीमा मात्र त्यसलाई निकालीन्छ। अरू पूजामा झै अग्नि कुण्ड अगाडि, अग्निलार्इ साक्षी राखी ब्रह्मचार्यका कर्म विधिहरूको प्रतीकात्मक क्रियाहरू गरिन्छ, जस्तै एकसरो गेरू लगाउने, अष्ठ बक्र (८ ठाउँमा बांगिएको लैारो), कमण्डलु, पोटली, मृगचर्म आदि बोक्ने, भिक्षा माग्ने (मिक्षा माग्ने विधिमा बालकको मामाको साथलार्इ अनिवार्य मानिन्छ)। पारम्परिक विधि अनुरूप बालक अनि गुरूको आश्रम गएर वेदको अध्ययन गर्दछन्। तर अहिले यो विधि प्रतीकात्मक रूपमा मात्रै जिवित छ। मामाको भूमिका यहाँ महत्वपूर्णमहत्त्वपूर्ण मानिन्छ। ब्रह्मचार्यबाट बालकलार्इ गृहस्थ जीवन निर्वाहगर्न प्रोत्साहन गर्ने जिम्मा मामाको हुन्छ। प्रतीकात्मक रूपमा भएपनि आजपनि बालकले सांसारिक माया, मोह त्यागेर आश्रम जाने चेष्टा गर्ने अनि मामाले द्रव्य अनि विलासको मोह देखाएर गृहस्थ जीवनतर्फ फर्काउने अभिनय गरिन्छ।
 
व्रतबन्धको प्रतीक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवान्को जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडि अपसानी अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ।
"https://ne.wikipedia.org/wiki/व्रतबन्ध" बाट अनुप्रेषित