"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अश्लिल +अश्लील)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १७:
सन् १९५९को विधान सभाको चुनावमा ५१ सिटमध्ये ४३ सिटमा उनको पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका लीका सामुन्ने बेरोजगारी, दु्रत परिणामको उच्च जनआकाङ्क्षा, विस्तृत भ्रष्टाचार, अधिक हडताल, न्यून लगानी, स्कूल र संघसंस्था तथा सङ्गठनमा देखिएका विकृति, दुःखमय समाजका भारी उपस्थित थिए तर ती समस्या र अप्ठ्याराहरूको समाधानमा निरन्तर गम्भीररूपमा लागेर उनले ती सबैबाट पार पाए। उनी भन्छन् 'समस्या र अप्ठ्याराहरूबाट पार पाउने उपाय भनेको हामी कति स्वभाविक योजना बनाउाछौा र कति कडा परिश्रम गर्छौं भन्नेमा निर्भर थियो।
 
सन् १९६५मा मलेसियाले मलेसियन फेडरेसनबाट अलग पारी सिङ्गापुर स्वतन्त्र राष्ट्र घोषित हुादा टेलिभिजन प्रेस कन्फरेन्समा बेल्दाबोल्दै उनी रोएका थिए तर सक्षम, इमानदार र लगनशील सहयोगीहरूको साथ पाएर उनले छिटै सिङ्गापुरलाई उन्नत बनाउन सके। ३५ वर्षको उमेरमै प्रधानमन्त्रीको पद सम्हाल्दा उनलाई अप्ठेरो महसुस नभएको हैन। त्यतिखेर उनलाई प्रशासनको कुनै अनुभव थिएन। उनले सरकारको संरचनासाग परिचित हुने र मन्त्रीहरूका कार्य क्षेत्र विषयमा जानकारी राख्ने अठोट गरे। आफ्नो देशको राजनीतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्न आफूसाग वरिष्ठ अधिकारी सहयोगी भएको अनुभव गर्न र तिनका कार्य पद्धति, प्रवृत्ति र कार्यशैलीबारे जानकारी राखेर तिनमा कत्तिको परिवर्तन ल्याउन जरुरी छ थाहा पाउन उनले प्रयास गरे। त्यसैगरी हरेक मन्त्रालयको स्रोत आकलन गर्न र महत्वपूर्णमहत्त्वपूर्ण स्रोतको पुनर्परिचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा उनले चिन्तन गरे।
 
सुरुमै अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यूनमूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत् रणनीतिजस्ता कार्यक्रम ल्याएर सन् १९६७मा आर्थिक विकास बोर्ड गठन गरी उनले वैदेशिक लगानी भित्र्याउने प्रयास गरे। वैदेशिक लगानी प्रभावित गर्न उनले आकर्षक कर प्रोत्साहन नियम लागू गर्दै सापेक्षित न्यून वेतनिक दक्ष, अनुशासित श्रमशक्तिलाई ती उद्योगहरूमा आकर्षण गराए। त्यसैगरी भूमि, श्रम तथा पूाजिगत स्रोतहरूमा कसिलो नियन्त्रणका नियम बनाए। देशको अर्थतन्त्रको अर्को मजबुत आधार पर्यटन उद्योगलाई बढावा दिइयो। आधारभूत संरचना निर्माण गर्ने क्रममा हवाइ मैदान, बन्दरगाह, सडक तथा सञ्चार सञ्जाल विकसित गरेर बेरोजगारी घटाउने यस्तो प्रयास भयो कि सन् १९६५मा १४ प्रतिशत बेरोजगारी रहेकोमा सन् १९७३ सम्म आइपुग्दा त्यो घटेर ४.५ प्रतिशतमा झर्‍यो।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित