"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६:
लिच्छविहरू अयोध्याका सूर्यवंशी [[दशरथ|राजा दशरथ]]का वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा [[जयदेव द्वितीय]]को वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडिका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवि शासन सुरु भ्तेको मान्नेहरूले सुपुष्पलाई नेपालको प्रथम लिच्छवि राजा मानेका छन्।
 
[[गोपालराजवंशावली]]मा उल्लेख भए अनुसार सुपुष्पले वर्णव्यवस्था, न्याय व्यवस्थाको संरचना गरेको र पशुपतिको मन्दिर बनाएका थिए। इश्वी सन आरम्भतिर मात्र नेपालमा लिच्छवि शासनको आरम्भ भएको मान्नेहरूले [[जयदेव प्रथम]]लाई नेपालको पहिलो लिच्छवि शासक मानेका छन्। जयदेव प्रथमपछि हरिदत्त, वृषदेव, शङ्करदेव, धर्मदेव आदि १६ पुस्ताले नेपालमा शासन गरेपछि धर्मदेवका छोरा [[मानदेव]] राजा भएपछि नेपालको इतिहास तथ्यमा आधारित हुन् पुग्यो। अंशुवर्मा, शिवदेव, जयदेव द्वितीय आदि प्रतापी राजाहरले नेपालको उन्नति र सम्बृद्धिमा योगदान दिए। [[अंशुवर्मा]]को भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छविहरूले [[किराँत]]हरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । [[अंशुवर्मा]]पछि [[नरेन्द्रदेव]]लाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बङ्गालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत [[डोय राज्य]]को स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिनशुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव [[सर्लाही जिल्ला]] हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले [[जयस्थिति मल्ल]]लाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।
==शासन व्यवस्था==
लिच्छविहरूको शासन काललाई नेपालको स्वर्णयुग भनिन्छ।
पङ्क्ति २४:
 
== समाज व्यवस्था ==
लिच्छविकालमा चार वर्ण, अठार जातको प्रथा थियो। वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरूको उल्लेख गरिएको छ। लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरू, शान्तिसुरक्षा जस्ता महत्वपूर्णमहत्त्वपूर्ण जिम्मेवारीहरू यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरूको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरू गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो।
 
==मुद्राहरू==