"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २८:
दक्षिण एसियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाको पहिलो अध्यक्ष भारतदत्त कोइराला, पहिलो स्टेसन प्रमुख मुरारी शिवाकोटी, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिलो प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रसारक/प्रस्तोता घमराज लुइँटेल हुनुहुन्छ । यसले घमराज लुइँटेलको आवाजमा पहिलोपल्ट, "नमस्कार ! एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एसियाकै पहिलो नाफा तथा विज्ञापन रहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो" भनी आफ्नो प्रसारण सुरु गरेको थियो । सुरुमा दिनको २ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारण गर्दै आएको छ । <ref>नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>
 
रेडियो सगरमाथाले बितेका करीब ५० बर्षसम्मवर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरिदियो । त्यसपछिका केही बर्षसम्मवर्षसम्म निर्वाध आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिरहेको यस रेडियोमा [[शाही शासन]] कालमा सरकारका तर्फबाट छापा मार्ने र उपकरणहरू नियन्त्रणमा लिई प्रसारणमा अवरोध पुर‍याइएको थियो।
 
प्रारम्भमा काठमाडौँको ठमेल-कालधाराबाट प्रसारण सुरु गरेको रेडियो सगरमाथाले ललितपुरको पाटनढोका र बखुण्डोल हुँदै हाल ललितपुरकै भनीमण्डल स्थित आफ्नो प्रसारण स्टेशनबाट प्रसारण गर्दछ । सुरुमा रेडियो सगरमाथा नेपाल वातावरण पत्रकार समूह, हिमाल एशाेसिएसन, वर्ल्ड भ्यू नेपाल र नेपाल प्रेस इन्टिच्यूटको संयुक्त पहलमा सुरु भएको भए पनि २०५७ देखि नेपाल वातावरण पत्रकार समूहको स्वामित्वमा यो रेडियो चल्दै आएको छ ।