"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व))
सा (रोबोट : हिज्जे मिलाउँदै)
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम सम्बत २०५६ को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य [[महाभारत पर्वत श्रृङ्खला]]देखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।
 
विसं १८३६ देखि विसं २०४६ सम्म कहिले गौडा, गोश्वारा कहिले बडा हाकिमको अड्डा, कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय, कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रूपमा २१० बर्षकोवर्षको इतिहास वोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखि विधिवत रूपमा मन्थलीमा रहँदै आएको छ।
 
== जिल्लाको नामाकरण ==
रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको बिचारमाविचारमा यस वारेमा विवधता पाइन्छ।
* हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ। तामाङ् भाषामा 'रा' भनेको भेडा बाख्रा, 'मे' भनेको गाई गोरु र 'छाप' भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ। तामाङहरूले रामेछाप डाँडाको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउँको नाम रामेछाप रहन गएको मान्न सकिन्छ।
* यसै गरी स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा रामेछापको मुख्य स्थान हालको रामेछाप डाँडाँको वरिपरि [[तामाङ जाति]]को वस्ती रहेको (हालसम्मरहेको) र त्यहाँ राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रूपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत चल्दथ्यो। राम भन्ने त्यसै व्यक्तिको छाप चल्ने भएको कारण अन्यत्रबाट त्यहाँ आई वसोवास गर्ने मानिसहरूले राम भन्ने व्यक्तिबाट छाप (जग्गा जमीन भोग चलन गर्ने अधिकार) प्राप्त गरी वसोवास गर्ने गरेको र दुवै शव्द राम छाप संयुक्त रूपमा प्रयोग गर्दा अपभ्रंश भई कालान्तरमा रामेछाप नाम हुन गएको भनि मान्न सकिन्छ।
 
== जनसङ्ख्या, जातजाति, भाषाभाषी र धर्म ==
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसंख्या २,१२,४०८ रहेको छ। जसमा महिला १,११,५५५ र पुरुष १,००,८५३ यसमा ५ बर्षमुनीकोवर्षमुनीको जनसङ्ख्या २६,४०९ भने ७५ वर्ष र सो भन्दा माथिको जनसङ्ख्या ४,०३६ रहेको छ। यस जिल्लामा घरपरिवार संख्या ४०,३८६, औसत परिवार सदस्य संख्या : ५.२६ , जनघनत्व -प्रति वर्ग कि.मि.) १३७ जना, बाषिर्क जनसङ्ख्या बृद्धिदर १.२२ प्रतिशत, शहरी जनसङ्ख्या -प्रतिशत), पुरुष माहिला अनुपात ९०.४१ छ।
नेपालको जनसङ्ख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसङ्ख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ वर्ष) : ८५.१६ र बृद्धबृद्धा -उमेर ६० वर्ष भन्दा माथि) १७.१८ रहेको छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसङ्ख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३, र [[सुनुवार]] ३.७३ रहेका छन्।
त्यस्तै अर्को वर्ग हो, मध्यम वर्ग। रामेछापमा यो वर्ग १५ प्रतिशत मात्र रहेको मानिन्छ। जिल्लाभित्र र तराईमा समेत जग्गा जमित जोडिसकेको यो समूह स्थायी रूपमा राजधानीमा बसोबास गर्दछन्। जिल्लाको राजनीति र अन्य प्रक्रियामा चासो राख्ने यो समूह जिल्लाले प्राप्त गरेको उपयुक्त अवसर हात पार्ने मौकामा रहेको देखिन्छ। जिल्लाको विकासमा यो वर्गले खासै महत्त्व नदिएको भन्ने कुरा रामेछापको विकास गतिले पनि स्पष्ट पार्दछ।
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो। रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरूको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ। सामाजिक रूपमा अपहेलित र आर्थिक रूपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ। राष्ट्रिय तहको उच्च तहसम्म रामेछापेलीहरू पुगेका छन्। तर, जिल्लाका लागि उनीहरूबाट खासै योगदान भएको पाइँदैन। यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैंककैबैङ्ककै रूपमा मात्र प्रयोग गर्ने उनीहरू भने राजधानीबासी भन्न रुचाउँछन्।
सरकारको २०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन्। जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो। यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन्। यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ। तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन। यो पनि गरीबीको कारण हो भन्न सकिन्छ। रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन।
 
== सूचना प्रविधि र सञ्चार माध्यम ==
रामेछापमा पहिलो रेडियो हजुरको रेडियो १०२ थोप्लो १ हाे भने पछिल्लाे समयमा रेडियाे तीनलाल एफएम, रेडियाे तिफदी, रेडयाे रामेछाप, रेडियाे तामाकाेशी, रेडियाे कैरन र लिखु गरी ७ अाेटा रेडियाेहरू यस जिल्लामा प्रशारणाप्रसारणा भइरहेका छन्।
 
== सडक र उपयोग ==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/904261" बाट अनुप्रेषित