"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रशारण +प्रसारण)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८०:
रङ्पुरको नाम रङ्गोपुरबाट आएको हो भने पछि यसको नाम रङ्पुर राखिएको थियो। रङ्गोपुर दुई शब्दले बनेको छ जसमा पहिलो शब्दको ''रङ्गो''को अर्थ आकर्षक र आनन्द हुन्छ भने ''पुर''को अर्थ स्थान वा क्षेत्र हुन्छ त्यसैले रङ्गोपुरको अर्थ आनन्द र आकर्षक सहर हुन आउँछ। यस क्षेत्रमा प्राचीनकालमा कामरुप शासकका राजाले राज गरेका थिए जसको नाम बागादत्ता थियो। कामरुपका राजाले यस घघाट नदिको किनारमा रङ्गामहलको स्थापना गरेका थिए। रङ्गामहलमा प्राचीनकालमा बङ्गालका।राजाले समय बिताएका थिए। जसका लागि यो क्षेत्र रङ्गापुरको नामले परिचित थियो।
=== मुगल राज्य ===
मुगल कालका शासकहरूले यस क्षेत्रमा सन् १५७५ मा कब्जा जमाएका थिए। तात्कालिक समयमा मुगल शासकहरूले यस क्षेत्रमा तीन विभागमा विभाजन गरिगरी छुट्टाछुट्टै स्थाहरूमा राज गर्दै आएका थिए। रङ्पुर क्षेत्रमा शासकहरूले कारागारको सदरमुकामको स्थापना गरेका थिए।
 
===ब्रिटिस शासनकाल ===
पङ्क्ति ८६:
 
=== बङ्गलादेश स्वतन्त्रता युद्ध ===
सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो। तात्कालिक समयमा पाकिस्तानी सेनाले रङ्पुर सदरका अब्दुल कलम अजिज, साङ्खु समादर, मोकाबुल हुसेल र अोमारओमार अलिको हत्या गरेका थिए। २८ मार्च १९७१ मिथा पुकार उपजिल्लाका मानिसहरूले रङ्पुर सैनिक अड्डा घेराउ गरेका थिए। तात्कालिक समयमा २९ घोडामा सवार सैनिकहरूले मेसिन गोली द्वारा थुप्रै मानिसहरूको हत्या गरेका थिए। पाकिस्तानी सेनाले उक्त उपजिल्लाका पिरादाबाद सङ्घका मानिसहरूको हत्या गरेका थिए। १ अप्रिल १९७१ मा बङ्गलादेशको मुक्ति युद्धमा लडिरहेका लडाकुहरूले कुनिया उपजिल्लामा प्रहरी जवानका हत्या गरेका थिए। १३ अप्रिलमा पाकिस्तानी सेनाले ११ जना मानिसहरूको पिरगञ्ज र नन्दीगञ्जमा बिभत्स हत्या गरेका थिए। १७ अप्रिलमा पाकिस्तानी सेनाले बदारगञ्ज उपजिल्लाका थुप्रै मानिसहरूको हत्या गरेका थिए। पाकिस्तानी सेनाले बङ्गाली विभागका प्रवक्ता चित्त राजन रोय, बोयम कृष्ण अधिकारी, सुनिल चन्द्र चक्रवर्तीको हत्या गरेका थिए भने प्रवक्ताहरू सोही दिन रङ्पुरको कार्मिचेल कलेजमा बसेका थिए र हत्या पश्चात् पाकिस्तानी सेनाले ३० अप्रिका दिन सबै शवहरूलाई एउटै चिहानमा गाडिदिएका थिए भने पाकिस्तानी सेनाले केही विद्यार्थी र शिक्षकहरूको पनि हत्या गरेका थिए भने सोही दिन देखि सेनाले स्थानीय मानिसहरूलाई समेत यातना दिन शुरू गरेका थिए। २ जुनमा दुई पाकिस्तानी सेना कुनियाँ उपजिल्लाको टिष्टा पुल नजिक रहेको एक गाउँमा गई महिला माथी दुर्ववहार गरेका थिए भने गाउँलेहरूले उक्त दुई पाकिस्तानी सेनाको हत्या गरिदिएका थिए। उक्त घटनाको फल स्वरुप पाकिस्तानी सेनाले उक्त गाउँमा पुन आक्रमण गरिगरी ३० जुन १९७१ मा २०० भन्दा बढी स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। अगस्ट महिनामा पाकिस्तानी सेनाले तारागञ्ज उपजिल्लाका सएर भन्ने ठाउँमा थुप्रै मानिसलाई घेरा हालेका थिए र पछि सबैलाई गोली हानि हत्या गरेका थिए। अक्टोबर महिनामा पिरगाचा उपजिल्लाको शङ्करदह गाउँमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सैनिक र पाकिस्तानी सेना बीच गोली हानाहान भएको थियो भने उक्त घटनामा ५ लडाकु सहित २ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। पाकिस्तानी सेनाले उक्त घटनाको केही दिन पश्चात् १७ मुसलमानहरूको टल्टला मस्जिदमा हत्या गरेका थिए। डिसेम्बर २ का दिन पिरगाचा उपजिल्लामा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सैनिक र पाकिस्तानी सेना बीच गोली हानाहान भएको थियो भने उक्त घटनामा १ लडाकु सहित २ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। ३ डिसेम्बरका दिन पाकिस्तानी सेनाले बारती पुलमा थुप्रै मानिसहरूको सामूहिक हत्या गरेका थिए। १७ डिसेम्बरका दिन पाकिस्तानी सेनाले आत्मासमर्पण गरेपछि रङ्पुर जिल्ला स्वतन्त्र भएको थियो।
 
== भूगोल ==
रङ्पुर विभागमा (बङ्गलादेशको सात विभाग मध्ये एक विभाग) पर्ने यो जिल्ला बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्छ। यो जिल्ला २५°१८' देखि २५°५७' उत्तर अक्षांश र ८८°५६' देखि ८९°३२' पुर्वी देशान्तरणमा अवस्थित छ। रङ्पुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३७०.४५ वर्ग किलोमिटर अोगटेकोओगटेको छ। यस जिल्लालाई [[लालमनिरहाट जिल्ला]] र [[नीलफामारी जिल्ला]] उत्तर, [[गाईबान्धा जिल्ला]]ले दक्षिण, [[कुडिग्राम जिल्ला]]ले पूर्व र [[दिनाजपुर जिल्ला]]ले पश्चिमबाट घेरेको छ। [[रङ्पुर सहर|रङ्पुर]] सहर यस जिल्लाको सदरमुकाम हो। यस जिल्लाको तापक्रम ३२ डिग्री देखि ११ डिग्री सम्म पुग्छ भने यस जिल्लामा २९३१ मिलिमिटर वर्षा हुन्छ।<ref>{{cite web|url=http://bn.banglapedia.org/index.php?title=%E0%A6%9A%E0%A6%BF%E0%A6%A4%E0%A7%8D%E0%A6%B0:RangpurDistrict.jpg|title= বাংলাপিডিয়া মানচিত্র}}</ref>
 
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५४२४४१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३०७३९६ छ भने महिलाको जनसङ्ख्या १२३५०४५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२९६७९० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २२९९६३ छ। त्यस्तै गरिगरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ५७८१, इसाई धर्मको २०६९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७८४७ रहेको छ। यस जिल्लामा मुण्डा र सन्तल जनजातिहरू बसोबास गर्छन्। टिष्टा, जमुनेश्वरी, घघाट, अखिरा, चकाली आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्।
 
== भाषा ==
पङ्क्ति १२८:
[[File:Tajhat Rajbari.JPG|thumb|रङ्पुरमा रहेको ताजहट दरबार]]
 
* रङ्पुर सहरको दक्षिणमा ताजहट दरबार अवस्थित छ जसलाई पहिले जमिन्दार दरवार वा राजवरी दरवार पनि भन्ने गरिन्थ्यो। ब्रिटिस शासन कालको समाप्ति पश्चात् यो दरवार राम्रोसँग हेरचाह नगरेका कारण कमजोर बनेको थियो तर त्यसको बाबजुद पनि यो सन् १९८० को दशकमा एक न्याय लयको रूपमा परिचित थियो। सन् २००४ मा यस दरवारलाई पूर्ण रूपमा प्राचीन सामग्रीहरू र शैलीको प्रयोग गरी फेरबदल गरिगरी एक सङ्ग्राहलय बनाइएको थियो। रङ्पुर सहरमा यसको अलावा विभिन्न अतिथी बस्नका लागि घर र अन्य थुप्रै सङ्ग्राहलयहरू रहेका छन्।
* पिरबोधामा बेगम रोकायाको जन्म स्थलमा एक सङ्ग्राहल र महिला शिक्षण केन्द्रको स्थापना गरिएको छ। यो स्थलमा रङ्पुर सहरबाट आधा घण्टाको सवारी साधनमा यात्रा गरिसके पछि पुग्न सकिन्छ। ताजबरी सङ्ग्राहलयबाट केही दुरीमा रङ्पुर सहरमा एक सङ्ग्राहलय अवस्थित छ।
[[File:Rangpur town hall 01.JPG|thumb|220px|রংপুর টাউন হল]]