"वसंत पञ्चमी" का संशोधनहरू बिचको अन्तर

वसन्त पञ्चमी मा Redirect गर्दै
पङ्क्ति १:
#redirect[[वसन्त पञ्चमी]]
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पंचमीमा पूजाकोनिम्ति तयार एउटा सरस्वती प्रतिमा]]'''वसंत पंचमी''' एक [[भारत| भारतीय]] पर्व हो, यस दिन विद्याकी देवी [[सरस्वती]]लाई पूजा गरिन्छ। यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उल्लाससित मनाइन्छ। यस दिन महिलाहरु पहेंलो वस्त्र धारण गर्दछन्।
 
प्राचीन भारतमा साललाई जुन छ ॠतुहरुमा बाँड़िन्थ्यो तिनमा [[वसंत]] मानिसहरुको मनपर्दो ॠतु थियो। जब फूलहरुमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरु लहलहाउँथे, आँपहरुका रुखहरुबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरु उड़नथाल्थे। वसंत ऋतुको स्वागत गर्न [[माघ]] महिनाको पाँचौं दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]] र [[कामदेव]]लाई पूजा गरिन्थ्यो, यसैलाई वसंत पंचमीको पर्व भनिन्थ्यो। शास्त्रहरुमा वसंत पंचमीलाई ऋषि पंचमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरु तथा अनेक काव्यग्रंथाहरुमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ।
 
==बसन्त पंचमी कथा==
सृष्टिको प्रारंभिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको, विशेष गरि मनुष्य योनिको रचना गरे। आफ्नो सृष्टिसित उनी खुशी थिएनन्। उनलाई केहि कमी भएको भान हुन्थ्यो। जसको कारण चारतिर मौनता छाएकोथियो। विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो। यसपछि वृक्षहरुका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो। यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो। अरु दुइ हातहरुमा पुस्तक र माला थिए। ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे। जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरुलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी सहित अनेक नामहरुले पूजा गरिन्छ। यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन्। संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ। वसन्त पंचमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ। ऋग्वेदमा भगवती सरस्वतीको वर्णन गर्दै भनिएकोछ-
प्रणो देवी सरस्वती वाजेभिर्वजिनीवती धीनामणित्रयवतु।
अर्थात यिनी परम चेतना हुन्। सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरुकी संरक्षिका हुन्। हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन्। यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ। [[पुराण|पुराणहरु]] अनुसार [[कृष्ण|श्रीकृष्ण]]ले सरस्वतीसित ख़ुशी भएर उनलाई वरदान दिएका थिए कि वसंत पंचमीको दिन तिम्रो पनि आराधना गरिनेछ [[भारत]] र [[नेपाल]]का धेरै भागहरुमा वसंत पंचमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ।
 
===पौराणिक महत्व===
यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरुको स्मरण गराउँछ। सर्वप्रथम ता यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढ़ेकाथिए। यसमा जुन स्थानहरुमा उनी गए, तिनमा दंडकारण्य पनि थियो। यहीं शबरी नामक भीलनी रहन्थी। जब राम उसको कुटीमा पुगे, उसले सुध-बुध हराई र चाखेर मीठा बेलका फल रामलाई खुवाउन लागी। प्रेममा जुठा बेलहरु खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरुले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन्।
दंडकारण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ। गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो। वसंत पंचमीको दिन नैं राम त्यहाँ पुगेका थिए। त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरुको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए। त्यहाँ शबरी माताको मंदिर पनि छ।
===ऐतिहासिक महत्व===
वसंत पंचमीको दिन भारतमा [[पृथ्वीराज चौहान]]को पनि स्मरण गरिन्छ। उनले विदेशी हमलावर मोहम्मद घोरीलाई १६ पल्ट पराजित गरे र उदारता देखाउँदै प्रत्येकपल्ट जीवित छोड़िदिए, तर जब सत्रौं पल्टमा उनी पराजित भए, त्यसबेला मोहम्मद घोरीले उनलाई छोड़ेन। उसले उनलाई आफुसित [[अफगानिस्तान]] लिएर गयो र उनका आँखा फुटाइदियो। पछि गएर उनको हत्या गर्‍यो, सो घटना वसंत पंचमीको दिन नैं घटेको थियो।
 
== बाहिरी कड़िहरु ==
 
[[Category:उत्सव]]
[[Category:पर्व]]
[[Category:भारतीय संस्कृति]]
[[Category:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/वसंत_पञ्चमी" बाट अनुप्रेषित