"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९८:
 
==माडीको हालको अवस्था==
झन्डै पचास वर्षअघिको माडी र अहिलेको माडीमा भौतिक विकासका दृष्टिले धेरै नै फरक देखिन्छ । हुलाकी सडकमा कालोपत्रे कार्य सम्पन्न भैसकेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगिसकेको छ । माडी क्षेत्रमा पूर्व– दक्षिण र पश्चिम–उत्तर हुनेगरी फैलिएको हुलाकी सडकको दायाँ– बायाँ टम्म मिलेका उत्तर–दक्षिण मोहडाका घरहरु रहेका छन् । सडक क्षेत्रका घरहरुमध्येमा प्रशस्तै घरहरुमाघरहरूमा पसल रहेका छन् । सडकछेउका प्रायः घरहरु सिमेन्ट र इँट प्रयोग गरी बनाइएका छन् । माडीका आदिबासी [[थारु जाति|थारु]] जाति भए पनि बस्तीमा बाहुन र क्षेत्रीको बाहुल्यता रहेको पाइन्छ । माडीका बस्तीहरुमाबस्तीहरूमा घरवरिपरि [[आँगन]] बनाउने र आँगन वा पिँढीको डिलमा [[मकै]]को सुली, परालको टौवा, गाईवस्तु बाँध्ने गोठ वा खोर आदि बनाउने चलन छ।माडीका चार गाविस बेग्लाबेग्लै चार वस्तुहरुका लागि प्रख्यात मानिन्छन् ।गर्दी गाविस तरकारी तथा फलफुल र तोरी खेतीका लागि । बघौडा गाविस रेशम खेतीका लागि ।कल्याणपुर गाविस माछापालन र रेशम खेतीका लागि । अयोध्यापुरी गाविस धान र मकै खेतीका लागि । धान, तोरी, रेशम र माछाका लागि माडी प्रख्यात छ ।माडीमा उत्पादित सम्पूर्ण किसिमका कृषिजन्य वस्तुहरु किसानहरुलेकिसानहरूले स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् भने स्थानीय व्यापारीले सदरमुकाम [[भरतपुर महानगरपालिका|भरतपुर]]सम्म ल्याई बेच्ने गर्दछन् । माडीमा उत्पादन गरिने अन्नबाली एवं [[आँप]], [[कटहर]], लिची, नासपती, [[केरा]], [[कागती]], आरू आदि फलफूलका बगैँचाहरु दक्ष जनशक्तिको पहुँचभन्दा परै हुँदा अलपत्र अवस्थामै हुर्किरहेका छन् ।
 
==माडीमा विकासको सम्भावना==
पङ्क्ति १०४:
 
===माडी पर्यटक स्थलका रूपमा===
प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहँदारहँदै पनि पर्यटकीय विकास भने ज्यादै न्यून छ । माडी क्षेत्रको हावापानी, वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक स्थल, धार्मिक स्थल, थारु बस्ती र उनीहरुकोउनीहरूको [[संस्कृति]], तरकारी तथा फलफूल [[कृषि|खेती]], माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकषर्णका केन्द्र बन्न सक्छन् । चारैतिर पहाड, जंगल र बीचमा उपत्यकाको रूपमा रहेको माडी आन्तरिक पर्यटकका लागि पनि उत्तिकै महत्त्वपूर्ण स्थान छ । माडी कल्याणपुरको लक्ष्मीनिवासमा रहेको सहिद स्मारकमा निर्माण गरिएको टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भाग सजिलै अवलोकन गर्न सकिन्छ । रातको समयमा त्यस टावरबाट बस्तीहरुमाबस्तीहरूमा बलेका बत्तीहरु हेर्दाको आनन्द झनै रमाइलो हुन्छ ।माडी क्षेत्रभित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरूङ्गी तथा जीवजनावार सजिलैसँग देख्न पाइन्छ । माडीभित्र रहेका पर्यटकीय क्षेत्रहरुमाक्षेत्रहरूमा गोद्धकधाम, [[पाण्डवनगर]] गाउँ, वाल्मीकि आश्रम, सोमेश्वरगढी, [[गर्दी]] र [[बघौडा]]का थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, [[गोपालनगर, माडी|गोपालनगर]]को माछापालन, लक्ष्मीनिवास गाउँ आदि मुख्य हुन् भने सम्पूर्ण माडी नै एउटा सानो [[सङ्ग्रहालय|सङ्ग्रहालयजस्तो]] लाग्दछ । [[अयोध्यापुरी]]को जंगली क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट [[मेघौली]] र आसपासका केही क्षेत्र प्रस्ट रूपमा देख्न सकिन्छ । कल्याणपुर गाविसको [[गोपालनगर, माडी|गोपालनगर]]मा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि पर्यटकीय स्थलका रूपमा रहेको छ ।
 
===माडी ऐतिहासिक स्थलका रूपमा===
माडीभित्र रहेका ऐतिहासिक महत्त्वका वस्तु वा स्थानहरुलेस्थानहरूले पनि माडीलाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाएका छन् । समग्र [[नेपाल]]मा नै ऐतिहासिक महत्त्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ । यो सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको भए पनि पुरातात्विक विभागले यसतर्फ चासो देखाएको छैन । यो गढी कसले बनायो र कहिले बनायो, अझैसम्म तथ्य थाहा छैन । सामान्यतया [[नेपाल]] र अंगे्रजबीच लडाइँ चल्दा अङ्ग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी १४ जना [[नेपाली (स्पष्टता)|नेपाली]] सेना तैनाथ गरिएको, तर पछि पानीको समस्याले गर्दा तिनलाई त्यहाँबाट हटाई उपरदाङगढी सारिएको भन्ने कुरा कहीँकहीँ उल्लेख गरिएको पाइन्छ । अझ कहीँकहीँ त पाल्पाका [[राजा]] मुकुन्द सेनले निर्माण गर्न लगाएको र पछि अंग्रेजहरुलेअंग्रेजहरूले पनि त्यही पहाडको [[भारत]]तर्फ फेदमा किल्ला निर्माण गर्न लगाएको भन्ने पनि पाइन्छ । तर, यसमा मेरो आपनै अलग विचार छ । लिच्छवि शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका हुन सक्छन् । कसैलाई लाग्दैमा इतिहास मोडिँदैन, तर कुनैकुनै इतिहास विचारकै आधारमा पनि लेखिएका हुन सक्छन् । लिच्छविकालीन राजा अंशुवर्माको समयमा नेपाल र भारतबीच दक्षिणी नेपालको नाकाबाट वाणिज्य व्यापार हुने गथ्र्यो, जुन कुरा इतिहासले स्वीकार गरिसकेको छ । यसरी भारतबाट बोकेर ल्याएको सामान बिसाउने तथा त्यही सामानको कर उठाउन त्यहाँ खटाइएका कर्मचारी बस्नका लागि त्यो गढीको निर्माण अंशुवर्माले नै गराएका हुन सक्छन् । यो मेरो निजी विचार हो ।त्यस्तैगरी,[[गर्दी]] गाविसको पाण्डवनगर क्षेत्रमा रहेका प्राचीन मूर्ति तथा इनारको पनि धार्मिक साथै [[इतिहास|ऐतिहासिक]] महत्त्व रहेको छ ।
 
===माडी धार्मिक स्थलका रूपमा===
माडीको वाल्मीकि आश्रम [[नेपाल]]कै एक मुख्य धार्मिक स्थल हो । माडीभित्र वाल्मीकि आश्रमलगायत गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक महत्त्वका स्थान, ताल, नदी, [[मूर्ति]] वा [[मन्दिर]] छन् । [[गर्दी]]मा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिक स्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदीकिनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता रहिआएको छ । यहाँ अझै पनि अर्जुनले वाणले खोपेर बनाएको भनिने इनार र उनीहरुकाउनीहरूका मूर्तीहरु देख्न सकिन्छ ।[[अयोध्यापुरी]] गाविसमा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिक स्थल मानिन्छ । वैशाख शुक्ल पूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुई पटक मेला लाग्ने यहाँ भगवान् गौतम बुद्धले पनि एक रात बिसाएका थिए भन्ने किम्वदन्ती सुनिँइदै आइएको छ । वैकुण्ठ ताललाई पनि धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा लिन सकिन्छ ।
 
===माडी आधुनिक कृषि फारमका रूपमा===
पङ्क्ति ११६:
 
==चुनौतीहरु==
माडी क्षेत्र पर्यटकीय, ऐतिहासिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र हुँदाहुँदै पनि प्रचारप्रसारको कमीले गर्दा भौतिक विकासमा अझै पनि पछि परेको छ । माडीभित्र रहेका महत्त्वपूर्ण स्थान वा वस्तुको सामान्य प्रचारसम्म पनि हुन सकिरहेको छैन । माडीको भौतिक विकासलाई प्रत्यक्ष असर पारेका केही कुराहरुलाईकुराहरूलाई बुँदागत रूपमा तल प्रस्तुत गरिएको छ ।
:१. सदरमुकाम भरतपुर र माडीका बीचमा चितवन राष्ट्रिय निकुञ्ज पर्नु।
:२. [[चितवन राष्ट्रिय निकुञ्ज]]का नीति–नियमहरु।