"मल्ल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''मल्ल''' [[नेपाल]], [[भारत]] तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्द भनिन्थ्यो | मल्ल युद्द गरेर राज्य जित्नेहरु मल्ल राजा बने | मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर ,ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजाहरू आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । यी मल्लले काठमाडौँ उपत्यका दोहन गरेको इतिहास छ । जुम्ला सिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरुलेखान्दानकाहरूले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।
==देखिएका र जानिएका फरक-फरक कुल खान्दानका मल्ल==
*१) [[शौनक]] गोत्रीय मल्ल [[डोटी जिल्ला|डोटी]] डडेल्धुरा र बझांगमा क्षेत्रमा बस्छन |
पङ्क्ति ५:
*३) [[कश्यप]] गोत्रीय मल्लहरु गण्डकी गुल्मी क्षेत्रमा बस्छन |
*४) नेवार मल्ल काठमाडौँ , भक्तपुर ,ललितपुर ,किर्तिपुरमा बस्छन |
*५) वैश्य जातिबाट मल्ल लेख्नेहरू देशका विभिन्न स्थानहरुमास्थानहरूमा बस्छन |
खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा
{| class="wikitable"
पङ्क्ति ३४:
=== शौनक गोत्रीय मल्ल पनि दुई कुल/खान्दानका ===
*;शैव सम्प्रदायका केदार गण कुलदेवता भएका [[कत्युरी राजवंश]] को शाखाका सनातनी मल्ल
डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरूको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ ।<ref name="सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली "> जोरायलबाट गएको भन्नेकुरा सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९/२९०मा हेर्दा र पढदा पनि स्पष्ट हुन्छ । </ref> हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली अनुसार सूर्यवंशी सवनय गोत्री डोटी बोगटान घाँगलका मल्लहरूको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् ।<ref name="हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय,"> हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार </ref> घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । बर्तमानमा पनि जोरायलमा शौनक गोत्रका मल्ल धेरै छन् । जोरायलमा बसोबास गर्ने सबै मल्लहरुका कुलदेवता समैजी छन् । डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी , खैगाड़को [[समैजी]] ,भेटा समैजी छन् | डडेल्धुराको चम्साल, कोटकाँडे, पिल्कोट , गुनपालक्षेत्रमा बसोबास गर्ने मल्लका कुलदेवता पनि समैजी छन् । यी जोरायलका मल्लहरु आफू नागी मल्ल वंशज भएको र डोटी पचनालीबाट आएको दावी गर्दछन् । यिनले जे भने पनि जोरायलका समैजी कुलदेवता भएका शौनक गोत्रीय , सूर्यवंशी मल्ल कत्युरी राजाका वंशज हुन् | यिनलाई कोर / रावलका मल्ल भने पनि जुम्लाका बलिराज लाई पनि रावल पद दिएको<ref name="डा.सूर्यमणि अधिकार">डा.सूर्यमणि अधिकारीद्वारा लेखिएको (भुँडीपुराण प्रकाशनबाट प्रकाशित, वि.स.२०६०) बाइसे राज्यको इतिहास, पृष्ठ २९ र ३० मा लेखिए अनुसार वलिराजलाई पनि रावल पद दिइएको पाईन्छ । खश राज्यको पछिल्लो अवधिमा यो पद राजपरिवारका सम्बन्धित र सामन्त रजौटाहरुलेरजौटाहरूले ग्रह्णगर्ने गरेको देखिन्छ । </ref> इतिहास छ । बलि राजका वंशजका कल्याल शाही ठकुरी मानिन्छन । रावल राज्पुत्रको प्रयाबाची शब्द हो | डडेल्धुरा कोर गाउँ र गुनपालको धामी गाउँ का मल्ल कैलपाल र जगन्नाथ देवतासँग सम्बन्धित छन् । डडेल्धुरा को लम्कंडे भन्ने स्थानमा रहेका मल्ल पनि कैलपाल देवतासँग सम्बन्धित छन् । शौनक गोत्रीय समैजी कुलदेवता भएका घाङलीमल्ल निमुवावोझी, मुडामा बस्छन् । चवालाका मल्ल दोधारा, वरहडिया, मुडा, वौनिया, हरिनगरमा बस्छन् । विठाडावाला मल्ल वौनिया, सरैया, देउकलिया क्षेत्रमा बस्छन् । कार्तिकेय (मोहन्याल)देवतासँग सम्बन्धित शौनक गोत्रीय मल्लको वंशज पण्डौनका मल्लहरु कैलालीको भजनी, निम्दी, मुनुवा क्षेत्रमा छन् । यी पण्डौन का मल्ल [[कार्तिकेय (मोहन्याल)]] लाई कुलदेवता मान्दछन । पण्डौन मल्ल खान्दानका [[मोहनराज मल्ल]] ७ न प्रदेशका प्रमुख छन् । यस परिवारमा चिनिएका मोहनराज मल्ल पंचायत कालमा पनि चर्चित व्यक्तित्व हुन् । सुर्खेतको मल्लकाँडामा भेटिएको अक्षदेव मल्लको वि.स.१३७२को स्तम्भ लेख निकै खण्डित रहेको छ । तापनि यसको सम्वत शाके १२३७ र राजाको नाम अक्षदेव मल्ल लेखिएको हुँदा हालसम्म देखापरेका मल्लहरुमध्ये सबैभन्दा जेठो मल्ल जक्षदेव मल्ल (अक्षदेवमल्ल) ठहरिएकाले मानदेवको अभिलेखमा बर्णित मल्लपुर सुर्खेतलाई मान्न सकिन्छ ।
*;अभिलेखको पाठ
*ॐ स्वस्ति श्री शाके १२३७ (वि.स.१३७२) वैशा
पङ्क्ति ४७:
 
=== मल्ल को वैवाहिक सम्बन्ध===
नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरीसँग हुने गर्दछ । [[बोगटान राज्य|डोटी बोगटान]] का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका [[कार्तिकेय (मोहन्याल)]] कुलदेवता मान्ने बम [[रजवार]] हरूको बोगटान क्षेत्रका मल्लसँग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका [[बम]] [[ठकुरी]]हरूको वैवाहिक सम्बन्ध डोटीका [[शाही]]/[[शाह वंश|शाह]] र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । डोटी [[रैका राजवंश]] नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्लसँग डोटी बोगटान का ठकुरी रजवार हरूको र देउवा हरूको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्लसँग [[देउवा]] हरूको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा रावल मल्ललाई आफू भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास [[देउवा]]हरूको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने [[बोगटान राज्य|डोटी बोगटान]]का मल्लको सम्बन्धमा इतिहास र देवता जे जस्तो भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु बोगटान क्षेत्रका अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् । वर्तमानमा माथि उल्लेखित सबै मल्लको बिबाह डोटी बोगटानका बम, बोगटानका बोगटी रजवार, अछामी शाह, बझांगी सिंह, बैतडी चन्द डाँगका शाह , रासकोटी शाही ,कल्याल शाही ,शाह, राठौर , देउवा, दार्चुलाका पाल ,नेपालका राणाहरुसँगराणाहरूसँग भएको भेटिन्छ । तर नेवार मल्ल र वैश्य मल्लहरू भने आफ्नै जात मिल्ने तिनकै स्तरकाहरुसँगस्तरकाहरूसँग बिबाह गर्दछन ।
 
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थरसँग सम्बन्धितअभिलेख ===
पङ्क्ति ५६:
*;राजायक्षमल्ल (वि.स.१४८५ मार्ग १८)
*१— “श्रीभक्तग्रामपटुटने राजाधिराजपरमेश्वरपरमभट्टारक रघुवंशावतारा श्रीश्रीजययक्षमल्ल देवस्य विजयराज्य“ पंक्ति लेखिएको । राष्ट्रिय अभिलेखालयमा सुरक्षित ”शुक्लयजुर्वेदसंहिता” काठमाण्डौ ठिमी महादेव मन्दिरको यक्षमल्ल र जीव मल्लको पालाको अभिलेख वि.स.१४८५ अनुसार<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६२बाट </ref>
*२—पशुपति मन्दिरको दिक्षिण तर्फको शिलालेखमा राजा यक्षमल्ललाई नेपाल मण्डलको राजाधिराज भनिएको छ । “श्रीसूर्यवंशनृपतिर्जययक्षमल्ल : प्रौढप्रतापभुवनैकमहाप्रवीण : । नेपालमण्डलविभुषितराजराजो भूयादिपक्षमथनो भूवि सुप्रसिद्ध : ।<ref name="प्रो.ढुण्डिराज"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६३बाट </ref>“
राजानान्यदेव
*१— राजाप्रताप मल्लको कृष्णमन्दिर शिलालेखमा — सूर्यवंशी नान्यदेव र उनका वंशज गाँगदेव, नरसिहदेव र रामसिहदेव नाम क्रमश अंकितछन् ।<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज– १५४ </ref> प्रतापमल्लको नेपाली संम्बत ७६९ (१६६९ ई.) को नारायणहिटी अभिलेखमा निम्न लिखित वंशावली भेटिन्छ । यस वंशावलीमा राजा नान्यदेवले नामको पछाडि रघुवंशी भनेर लेखेका छन् । जो यस प्रकार छ ।
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित